६ अगष्ट, हङकङ– नेपाल चेम्बर अफ कमर्स हङकङले ५ औं पदस्थापन कार्यक्रम शनिबार सम्पन्न गर्यो ।
नेपाली राष्ट्रिय गानसंगै ५ औं अधिवेशनबाट नवनियुक्त चेम्बरका
अध्यक्ष लव कुमार गुरुङ र प्रमुख आतिथी हङकङका नेपाली महावाणिज्यदुत उदय बहादुर राना मगरद्धारा पानसमा बत्ती बालेर कार्यक्रमको उद्धघाटन गरिएको थियो ।
चेम्बरका उपाध्यक्ष धिरज कुमार राईद्धारा श्वागत मन्तव्य राखेसंगै चेम्बरका संरक्षक बेदबहादुर खड्का, प्रमुख अतिथि महावाणिज्यदुत उदयबहादुर राना मगर लगायतका अतिथिहरुले शुभकामना मन्तब्य राखेका थिए ।
चेम्बरका महासचिवमा सशी मदन राईद्धारा संचालित
कार्यक्रममा चेम्बरका निवर्तमान र नवनियुक्त कार्य समितिका पदाधिकारी, प्रमुख सल्लाहकार तथा सल्लाहकारहरुले एक आपसमा हात मिलाएर पदभार हस्तान्तरण तथा ग्रहण गरेका थिए भने नवनिर्वाचित कार्य समितिद्धारा मनोनित कार्य समितिका पदाधिकारीहरुलाई अध्यक्ष लव कुमार गुरुङद्धारा सफत समेत खुवाईएको थियो ।
उम्मेद्धारी घोषणाको क्रममा सार्वजनिक गरेको घोषणा पत्र अनुसार नै आफू र आफ्नो टिमले काम गर्ने बताउदै अध्यक्ष लव कुमार गुरुङले सम्भवतः अर्को महिना भित्रमै
आवश्यक प्रदर्शनी हलको व्यावस्था गरी विशेष गरी स्थानिय चाइनिजहरुलाई लक्षित गरी नेपाली खाद्य वस्तु देखी हस्तकला लगायत सम्पूर्ण नेपाली सामानहरुलाई एकै ठाउँ प्रदर्शनीमा राखिने बताए ।
जोर्डनस्थित याक एण्ड यती रेष्टुरेण्टमा आयोजित उक्त कार्यक्रमा हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, आदिवासी जनजाती महासंघका कार्यवाहक अध्यक्ष कृष्णराज लावती, एन.आर.एन.ए. हङकङका अध्यक्ष गोकर्ण ढकाल लगायत चेम्बरका विभिन्न पदाधिकारी तथा व्यापारीहरुको उपस्थिति रहेको थियो ।













