हङकङको आदिवासी जनजाति महासंघले २८ औं विश्व आदिवासी दिवस मनायो

  टोपबहादुर याक्खा

१४ अगष्ट, हङकङ– २८ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाली आदिवासी जनजाति महासंघ हङकङले आइतबार शुभकामना आदप्रदानको आयोजना गर्यो ।
शुभकामना आदनप्रदान कार्यक्रमका सभापति महासंघका कार्यबाहक अध्यक्ष कृष्णराज लावती र प्रमुख अतिथि नेपाली महावाणिज्यदुत उदयबहादुर राना मगरद्धारा पानसमा बत्ती बालेर उद्धघाटन गरिएको उक्त कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष एवं वर्तमान सल्लाहकार भूपेन्द्र चेम्जोङले श्वागत मन्तव्य राख्ने क्रममा आजको २१ औं शताब्दिमा समेत नेपाल सरकारले आदिवासी जनजातीहरुलाई सम्बिधानमा उल्लेखित हक अधिकारहरुबाट समेत वञ्चित गरिरहेकोमा आक्रोश व्यक्त गरेका थिए ।
केहि महिना पहिले नेपाल यात्राका क्रममा संकास्पद तरिकाले असामयीक निधन भएका महासंघका अध्यक्ष किसन राईको मृत आत्मा प्रति चीर शान्तिको कामना सहित एक मिनट मौनधारण समेत गरिएको उक्त कार्यक्रममा आदिवासी जनजातीहरुको हकहितका लागि वहाँले खेल्नु भएको महत्वपूर्ण भुमिकाको उच्च कदर गर्दै वहाँको परिवारले पाउँने गरी मृतक राईका आफन्त एवं किरात राई यायोक्खा हङकङकी अध्यक्ष माया थुलुङराईलाई महासंघको तर्फबाट मरोणापरान्त सम्मान–पत्र समेत हस्तान्तरण गरिएको थियो ।
महासंघका महासचिव टोपराज तामाङद्धारा संचालन गरिएको उक्त कार्यक्रममा हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, किरात राई यायोक्खाकी अध्यक्ष माया थुलुङ राई, एन.आर.एन.ए.का अध्यक्ष गोकर्ण ढकाल, च्याम्बरका प्रतिनिधी प्रदिप कन्दङवा, थकाली समाजका हर्क नारायण तुलाचन लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
शुभकामना मन्तव्यकै क्रममा प्रमुख अतिथि नेपाली महावाणिज्यदुत उदयबहादुर राना मगरले नेपाल सरकार प्रति महासंघको माग र गुनासाहरु माथि आफ्नो एक्यवद्धता रहेको बताउँदै नेपाल सरकारसंगै हङकङबासी नेपालीहरुले अल्पसंख्यकको हिसाबले महासंघ, जनजाती महासंघ, एन.आर.एन.एन. लगायतका संघसंस्थाहरु मिलेर हङकङ सरकारसंग समेत आफ्नो हक र अधिकारका लागि अगाडी बढ्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका सभापती कृष्णराज लावतीले कोभिड र केही पहिले असामयीक निधन भएका महासंघका अध्यक्ष किसन राईको वार्षिकी समेत पुरा नभएका कारण २८ औं विश्व आदिवासी दिवस जातीय झाँकी सहित भव्य रुपमा मनाउँन असमर्थ रहेता पनि आगामी दिनहरुमा विगतमा झै भव्य रुपमा मनाइने बताउँदै कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्ण जातीय संघसंस्था तथा अतिथिहरु प्रति हार्दिक आभार व्यक्त गरेका थिए ।
जोर्डनस्थित चुम्लुङहिमको हलमा आयोजित उक्त कार्यक्रममा महासंघमा आवद्ध ११ वटै जातिय संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु, महासंघका सल्लाहकार, हङकङस्थित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार