हङकङ नेपाली महासंघले ‘कार्निभल ईन्स्पाइरिङ हङकङ’ को आयोजना गर्यो

  टोपबहादुर याक्खा

२१ अगष्ट, हङकङ– हङकङ स्थापनाको २५ औं वार्षिकोत्सवको अवसरमा आइतबार हङकङ नेपाली महासंघद्धारा विभिन्न कार्यक्रमहरुको साथमा ‘कार्निभल ईन्स्पाइरिङ हङकङ’ रमाइलो मेला कार्यक्रमको आयोजना सम्पन्न गर्यो ।
नेपाली महावाणिज्यदुत उदय बहादुर राना मगर प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विभिन्न समयमा भइ परि आउँदा नेपाली समुदायलाई विशेष सहयोग गर्दै आइरहेका हङकङ प्रहरी, फायर डिपार्टमेण्ट, साईनो ग्रुप, सोएर्स एक्शन लगायतका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुलाई सम्मान पत्र समेत प्रदान गरिएको थियो ।
शिक्षक तथा संचारकर्मी देवराज राईद्धारा संचालन गरिएको कार्यक्रममा प्रमुख अतिथि महावाणिज्यदुत उदय बहादुर रानाले शुभकामना मन्तव्य राखेका थिए भने महासंघकी अध्यक्ष रिता गुरुङले नेपाली समुदायमा स्थानिय विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुसंगको समन्वय र सहकार्यमा महासंघले खेलेको महत्वपूर्ण भूमिकाहरुबारे बताउंदै उक्त कार्यमा विशेष सहयोग गर्ने सम्पूर्ण संघसंस्थाहरु प्रति आभार व्यक्त गरेकी थिइन ।
विभिन्न जातिय भेषभुषा तथा झाँकी प्रदर्शनी, गायन तथा आकृर्षक नेपाली नृत्यहरु समेत प्रस्तु गरिएको उक्त कार्यक्रममा जानकारीमुलक विभिन्न स्टलहरु समेत राखिएको थियो ।
जोर्डनस्थित याउ चिम मोङ मल्टिकल्चरल एक्टिभिटी सेन्टरमा आयोजित उक्त कार्यक्रममा हङकङ सरकारका प्रनिधि, विभिन्न संघ संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधी लगायन बाकुलो संस्थामा नेपाली दाजुभाई तथा दिदीबहिनी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार