हङकङ नेप्लिज मोवाइल फोटोग्राफी ग्रुपले ८ औं वार्षिकोत्सव मनायो

  टोपबहादुर याक्खा

११ सेप्टेम्बर, हङकङ– हङकङ नेप्लिज मोवाइल फोटोग्राफी ग्रुपले आफ्नो ८ औं वार्षिकोत्सव साहित्यिक तवरले सम्पन्न गर्यो ।
फोटोग्राफी ग्रुपद्धारा फेसबुक लाइभ मार्फत आमन्त्रित हङकङका कवि तथा साहित्यकारहरु दाजु गुरुङ, टी.बी. याक्खा, रोशन याक्सो, नरेन्द्र गुरुङ, मुना गुरुङ लगायतद्धारा आफ्नो भनाई तथा सृजनाहरु वाचन गरिएको थियो भने ग्रुपमा आवद्ध विभिन्न देशमा रहेका साहित्यकारहरुले पठाएका रचनाहरुलाई ग्रुप एड्मिन टेकेन्द्र सुब्बा (सुब्बासाप) र अनिल गुरुङले वाचन गरेका थिए ।
ग्रुप एड्मिन तथा साहित्यकार जुनु राना मगरद्धारा संचालन गरिएको कार्यक्रममा हङकङका अग्रज साहित्यकार एवं पछिल्लो समय हङकङकै माटोको सुगन्ध बोकेको टाँकीका फूलहरु’ र ‘लाई–सी’ कथा संग्रह ल्याएर देश विदेशमा चर्चा बटुल्न सफल कवि, कथाकार एवं साहित्यकार दाजु गुरुङलाई ग्रुपको तर्फबाट नेपाली टोपी तथा खदा लगाएर सम्मान गरिएको थियो ।
जोर्डनस्थित चुमोलुङ रेष्टुरेण्टमा आयोजित कार्यक्रममा ग्रुपको मासिक क्विज लक्कि ड्र तथा ग्रुपको ८ औं वार्षिकोत्सवको केक समेत काटिएको थियो ।
विगत ८ वर्षदेखि सक्रिय रहेको उक्त ग्रुपमा संसारभर छरिएर हजारौको संख्यामा रहेका सदस्यहरुले आफ्नो मोवाइलले खिचेका तस्विरहरु मोवाइलको नाम संगै आफ्नो भावनाहरु समेत राखेर पोस्ट गर्न सक्नेछन् । खोटाङ समाज हङकङका अध्यक्ष समेत रहेका निकेश गुरुङ संस्थापक एड्मिन रहेको उक्त ग्रुपले साहित्य, हाइकसंगै नेपालमा विभिन्न समयमा सहयोग समेत गर्दै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार