नेपाल फाइनान्सको १०औं वार्षिक साधारणसभा तथा तेस्रो सम्मेलन सम्पन्न

बगैंचा सम्बाददाता हङकङ

१२ सेप्टेम्बर २०२२ सोमबारहङकङमा नेपालीहरुद्वारा स्थापना गरि सन्चालनमा ल्याएको वित्तिय संस्था नेपाल फाइनान्स लिमिटेड हङकङको १०औं बार्षिक साधार सभा तथा तेस्रो सम्मेलन सम्पन्न भएको छ ।

जोर्डन स्थित हाई तिन रेष्टुरेण्टमा आयोजना गरिएको कार्यक्रममा फाइनान्सका कोषाध्यक्ष शशीमदन राईद्वारा जानकारी गराइए अनुसार आर्थिक वर्ष २०२१२०२२ मा शेयर पूजी १ करोड २५ लाख २८ हङकङ डलर र कम्पनीको दायित्व पूजी ६ करोड ८ लाख ७७ हजार ३ सय २९ हङकङ डलर गरि हाल कुल सम्पत्ति ७ करोड ३३ लाख ७७ हजार ३ सय ५८ हङकङ डलर रहेको छ ।

यसवर्ष कम्पनीले ९ लाख २५ हजार ९ सय २९ हङकङ डलर मुनाफा आर्जन गरि ५ प्रतिशत नगद लाभंस र ३ प्रतिशत शेयर लाभंस गरि कुल ८ प्रतिशत लाभंस बितरण गरेको छ ।

नेपाल फाइनान्सका अध्यक्ष धिरज कुमार राईको अध्यक्षतामा सम्पन्न खुल्लासत्र कार्यक्रमका प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष लव कुमार गुरूङ, विशेष अतिथिहरूहङकङ नेपाली महासंघका अध्यक्ष रिता गुरूङ, एनआरएन हङकङका अध्यक्ष गोकर्ण बिष्ट तथा अतिथिहरूमा बिभिन्न संघसंस्थाका प्रतिनिधि लगायत म्पनिका बोर्डडाईरेक्टरहरू लगायत रहेका थिए ।

नेपाली राष्ट्रिय गानको धुनसंगै अतिथिहरुद्वारा सामूहिकरूपम स्याम्पेन टोसअप गरेर कार्यक्रम उद्धघाटन गरिएको थियो। कार्यक्रममा अतिथिहरुद्वारा शुभकामना मन्तव्यको क्रममा नेपाल फाईनान्स हङकङको नेपालीहरूको लागि बित्तिय क्षेत्रको एक उदाहरणीय सफल ब्यबसाय बनेको उल्लेख गर्दै अगामी दिनहरूमा अझै प्रगतिको गर्दै जावस भनि कामना गरेका थिए । हङकङमा नेपालीहरूको यस्तो बित्तिय संस्था अरू धेरैले सुरू गरेको अवस्था रहेको र सय परिप्रेक्षमा नेपाल फाईनान्सको अगुवाईमा सबैसंग परामर्श गरेर नेपालीहरूको संलग्नतामा बैंक स्थापना गर्नु उचित हुनेबिचार प्रमुख अतिथि लव कुमार गुरूङले ब्यक्त गरेर परामर्सको लागि नेपाल चेम्बर अफ कमर्सले पहल गर्ने खुलासा गरे ।

२००७ बाटै स्थापित भएता पनि २०११ बाट सक्रिय रुपमा कारोबार गर्दै २०१३ बाट आधिकारिक रुपमा लाइसेन्स प्राप्त गर्ने नेपालीहरुको पहिलो वित्तिय संस्था नेपाल फाइनान्सले हाल हङकङमा रियल स्टेट, अल्फा रेमिट्यान्स, बगैंचा, हेल्लो किचन रेष्टुरेण्ट साथै नेपालमा समेत लगानी गर्ने क्रम जारि भैसकेको कुरा फाइनान्सका अध्यक्ष धिरज कुमार राईले बताए । उनले भनेकम्पनीले यसबर्ष हङकङ सरकारलाई २.५ मिलियन ट्याक्स तिर्नु परेको हुनाले गत बर्षको तुलनामा यस बर्ष लाभंस कम हुन गएको खुलासा गरे ।

नेपाल फाईनान्स लिमिटेडको तेस्रो सम्मेलनले धिरज कुमार राईको अध्यक्षतामा १३ जना नयाँ कार्य समिति चयन गरेको छ । जस अनुसार प्रथम उपाध्यक्षमोहन कुमार राई, उपाध्यक्षचन्द्र कुमार राई, सचिवजितकर्ण राई, सहसचिवकिरण राई, कोषाध्यक्षशशि मदन राई, सहकोषाध्यक्षदिल कुमारी लिम्बू र सदस्यहरूमादुर्गकान्त राई, मैत्र कुमार बान्तावा, सं‍जिव राई, चन्द्रका राई, तेज कुमार राई, जगिन्द्र राई रहेका छन् ।

अन्त्यमा रात्रि भोज सहित रमाईलो चिट्ठा कार्यक्रमको साथ उल्लामय वातावरणमा समापन गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार