कवि सुवेदार इमानबहादुर तमुको कवितासंग्रह ‘लाहुरे दाइ’को लोकार्पण सम्पन्न

बगैंचा हङकङ ।

१८ सम्टेम्बर २०२२ आईतबार घान्द्रुक समाज हङकङको आयोजनामा स्वर्गीय कवि सुवेदार इमानबहादुर तमुको कवितासङ्ग्रह लाहुरे दाइकाउलुन हङकङको जोडर्न स्थित चुमलुङ हिममा एक भव्य समारोहका बीच लोकार्पण सम्पन्न भएको छ
कवि तमुको तेस्रो कविताकृति लाहुरे दाइको प्रकाशन गर्ने चाँजोपाँजोको जिम्मेवारी साहित्यकार राजकुमार राईले लिएको कार्यक्रम आयोजक संस्थाले जानकारी दियो । कार्यक्रममा हङकङ साझा शृृङ्खलाका संयोजक रमण गुरुङ, तमु प्ले ल्हु संघका अध्यक्ष मनबहादुर गुरुङ, तमु ट्हो हयुलका प्रवक्ता सन्तोष गुरुङ र घान्द्रुक समाजका पूर्वअध्यक्ष कुमार गुरुङले शुभकामना मन्तव्य दिनुभएको थियो । शुभकामना मन्तव्यका क्रममा हङकङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङले सरल भाषामा रचना गरिएको यस पुस्तकले सबै पाठकलाई उत्प्रेरणा दिने कुरा भएको बताउनुभयो ।
साब्लाबुङ साहित्यक पत्रिकाका सम्पादक एवम् साहित्यकार राजकुमार राईले पुस्तकको समीक्षा गर्दै कविताहरूमा राजनीतिक र प्रशासनिक विसङ्गतिका साथसाथै लाहुरे जीवनका कथाहरू उनिएको बताउनुभयो । उहाँले कविहरूमा राजनीतिक र सांस्कृतिक चेत भरपुर देखिएको कुरा गर्दै कविले कविताहरूबाट आफ्नो संस्कृति र परिवारप्रतिको प्रेमलाई सुन्दर तरिकाले उठाएको कुरा पनि बताउनुभयो । कार्यक्रममा कवि डोम राना, दाजु गुरुङ, अरुणा शर्मा, सुनिता गिरीलगायत संघसंस्थाका अतिथिहरूका बीचमा घान्द्रुक समाजका कार्यवाहक अध्यक्ष आशा गुरुङको सभापतित्व र गीतकार विशु समको स्वागत मतव्यमा आयोजित कार्यक्रमको सहजीकरण भने संस्थाका सचिव दीपक गुरुङले गर्नुभएको थियो ।
लाहुरे दाइ पुस्तकलाई कवि तमुकी धर्मपत्नी मैनाकुमारी गुरुङले प्रकाशन गर्नुभएको छ । यस पुस्तक बिक्रीबाट उठेको रकम स्वर्गीय सुवेदार इमानबहादुर तमु अक्षयकोषमा जम्मा गरिने र शैक्षिक क्षेत्रमा प्रदान गरिने भनी प्रकाशिका मैनाकुमारी गुरुङले जानकारी पनि दिनुभएको थियो । यस कार्यक्रममा साब्लाबुङका नयाँ जीवन सदस्यहरू डोम राना र विशु समलाई साब्लाबुङका सम्पादक राजकुमार राईबाट ट्रफी पनि प्रदान गरिएको थियो ।

फोटो सौजन्यः राज कुमार राई

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार