हङकङका टंक राना ‘समाजसेवा रत्न’ बाट विभूषित

  टोपबहादुर याक्खा

१९ सेप्टेम्बर, हङकङ– हङकङबासी कुशल व्यावसायी तथा समाजसेवी टंक राना नेपाल सरकारद्धारा  ‘समाजसेवा रत्न’  बाट विभूषित भएका छन् । संविधान दिवसको अवसरमा सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा हङकङबासी राना संगै देश विदेशमा रहेका ९९८ जनालाई विशेष मानपदवी अलंकार र पदकद्धारा विभूषित गर्ने घोषणा गरेकी हुन ।
हङकङ नेपाली महासंघका निवर्तमान अध्यक्ष रानाले आफ्नो कार्यकालमा कोभिड नियन्त्रण तथा विरामीहरुको उपचार सहयोगार्थ हङकङका स्थानिय चाइनिज दाता, विभिन्न नेपाली संघसंस्था तथा समाजसेवी व्यक्तिहरुको सहयोगमा देशको ७७ वटै जिल्लामा करोडौं मुल्य बराबरको अक्सिजन कन्सन्ट्रेटर लगायतका मेडिकल उपकरण, माक्स तथा औषधीहरु वितरण गर्न महत्वपूण भूमिका निर्वाह गरेका थिए ।
समाजसेवा संगै टिना ग्लोबल लिमिटेड हङकङका डाइरेक्टर समेत रहेका नेपाल धरान–१७ निवासी रानाले हङकङबासी सयौ नेपालीहरुलाई आफ्नो कम्पनी मार्फत रोजगारी समेत दिदै आइरहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार