किरात राई यायोक्खा हङकङको बिदाई कार्यक्रम….

गैंचा संचार हङकङ,

१९ सेपटेम्बर २०२२ मंगलबार किरात राई यायोक्खा हङकङले जोर्डन स्थित काउलुन कारि रेष्टुरेण्टमा एक औपचारिक कार्यक्रम आयोजना गरि किराया हङकङमा आबद्ध खेलकुद बिभागका संयोजक रजिन राई र संचार बिभागका पत्रकार युवा राज राईलाई बिदाई गरेको छ

संस्थाका अध्यक्ष श्रीमति चन्द्रका राईको सभापतित्व रहेको बिदाई कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार हरिचन्द्र राई, किरात राई प्रज्ञा प्रतिष्ठानका कुलपति शशिमदन राई, भाषिक संस्था पुमा तुप्खा बंखलाक अध्यक्ष पेङगुईन पुमा राई, बगैंचा संचारका नरेश सुनुवार र संस्थाका पदाधिकरिहरूउपाध्यक्ष गजेन्द्र राई, महासचिव गंगाराम राई, सहसचिव शिब कुमार राई, कोषाध्यक्ष मणी कुमार साम्पाङ लगायतको समुपस्थिति रहेको थियो ।

बिदाई कर्यक्रमको मन्तब्यको क्रममा हङकङ प्रवासमा रहेर ब्यस्तताको बावजुध हङकङेली नेपाली समाज र किराया हङकङलाई आफ्नो क्षेत्रबाट दिनु भएको महत्वपूर्ण योगदानप्रति प्रसंसा र आभार प्रकट गर्नुको साथै भावि दिनहरूमा जहाँरहेपनि त्यहाँको समाज र संस्थामा योगदान दिने अवसर मिलोस भन्दै उहाँहरूप्रति शुभकामना ब्यक्त गरिएको थियो । मन्तब्यको क्रममा बिदाई हुने सम्मानित ब्यक्तित्व रजिन राईले आफू लामो समयदेखि हङकङमा रहे पनि सामाजिकरूपमा चिरपरिचित नभएको र जब किरात राई यायोक्खा हङकङमा आवद्ध भएपछि सामाजिक रूपमा धेरैसँग परिचित हुने अवसर मिलेको भन्दै संस्था लगायत संस्थामा आवद्ध सबैप्रति आभार प्रकट गर्दै आफू जहाँ रहेपनि संस्था र समाजप्रति समर्पित रहने प्रतिबद्धता जनाउनु भयो ।संस्थाले ब्यक्ति खोज्ने हैन, ब्यक्तिले संस्था खोज्ने हो, संस्थाले मलाई के दियो भन्ने होईन मैले संस्थालाई के दिन सकें भन्ने सोच हुनुपर्छउहाँको कथन थियो ।

मन्तब्यकै क्रममा पत्रकार युवा राज राईले लामो समय हङकङ रहेपनि कर्म ब्यस्तताका कारण संस्थामा सहभागिता हुन नसकेको र पछिल्लो समयमा किरात राई यायोक्खा हङकङमा आबद्ध भएर आफ्नो क्षेत्रबाट सेवा गर्ने अवसर मिलेकोमा खुशि ब्यक्त गर्नु भयो र अगामी दिनहरूमा आफूजहाँ रहेपनि आफ्नो पत्रकारिता क्षेत्रबाट निरन्तर लागिपर्ने प्रतिबद्धता ब्यक्त गर्दै आफूहरूलाई कार्यक्रम आयोजना गरेर सम्मान बिदाई गरेकोमा किराया हङकङ लगायत उपस्थित सबैलाई धन्यवाद दिनु भएको थियो ।

संस्थाका सहसचिव शिव कुमार राईले सन्चालन गर्नु भएको उक्त बिदाई कार्यक्रममा उपाध्यक्ष गजेन्द्र राईको स्वागत मन्तब्य दिनु भएको थियो । बिदाई हुने ब्यक्तित्वद्वय रजिन राई र युवाराज राईलाई सभाध्यक्षको बाहुलिबाट फेटा गुथेर र खदा लगाएर ससम्मान बिदाई गरिएको थियो । औपचारिक कार्यक्रम समापन पछि रात्रि भोज सहित कार्यक्रम सम्पन्न गरिएको थियो ।

सम्मानित ब्यक्तित्व रजिन राई हङकङबाट बेलायत जाँदै हुनुहुन्छ र युवा राज राई नेपाल जाँदै हुनुहुन्छ ।

फोटो सौजन्यः गंगाराम राई

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार