अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपमा नेपाली क्लब युनाइटेडलाई ५० मेडल

  टोपबहादुर याक्खा

१ अक्टुबर, हङकङ– ‘अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसि–२०२२’ मा नेपाली क्लब युनाइटेड तेक्वान्दो एसोसिएशन हङकङले उत्कृष्ट प्रदर्शन गर्दै १२ वटा गोल्ड मेडल सहित ५० वटा मेडल हाता पार्न सफल भएको छ ।
वान्चाईस्थित साउथर्न इन्डोर स्टुडियममा आयोजित उक्त पुम्से कम्पिटिशनमा युनाइटेडका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै १२ वटा गोल्ड, २५ वटा सिल्भर र १३ वटा ब्रोन्ज गरी ५० वटा मेडलहरु हाता पार्न सफल भएको क्लबका प्रेसिडेन्ट तथा ग्राण्ड मास्टर सैलेन्द्र राईले बताए । कोभिडको विषम परिस्थितिमा समेत कडा मेहनेत गर्दै इन्टरनेशनल लेभलको उक्त कम्पिटिशनमा मेडल प्राप्त गर्ने आफ्ना स्टुडेण्ट तथा इन्सट्रक्टरहरु धन्यवादको पात्र रहेको समेत राईले बताए ।
कोरियन तेक्वान्दो एसोसिएशन हङकङद्धारा प्रथम पटक हङकङमा आयोजित उक्त कम्पिटिशनमा स्थानिय चाइनिज तथा नेपाली गरी हङकङका १६ वटा क्लबका खेलाडीहरुले सहभागी जनाएका थिए ।
हङकङका विभिन्न स्थानहरुमा २० वटा ब्रान्चमा गरी ४०० बढि स्टुडेण्टहरु रहेको उक्त एसोसिएशनले चाइनिज तथा नेपाली क्लबहरुले आयोजना गर्दै आएका विभिन्न कम्पिटिशनहरुमा सहभागिता जनाएर उत्कृष्ट नतिजा समेत ल्याउँदै आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार