मगर संघ हङकङको देउसीभैलो सम्पन्न

  टोपबहादुर याक्खा

२३ अक्टोबर, हङकङ– मगर संघ हङकङद्धारा एक आपसमा शुभकामना आदनप्रदान, देउसी भैलो तथा नाँचगान गर्दै २०२२ को देउसी भैलो कार्यक्रम सम्पन्न गर्यो ।
संघका वरिष्ठ उपाध्यक्ष प्रेम थापामगरको श्वागत मन्तब्यसंगै अध्यक्ष हर्क राना र प्रमुख अतिथि नेपाली महावाणिज्यदुत उदयबहादुर राना मगरद्धारा पानसमा बत्ति बालेर कार्यक्रमको उद्धघाटन गरिएको थियो ।
संघका महासचिव झलक थापामगरद्धारा संचालन गरिएको प्रथम चरणको कार्यक्रममा अध्यक्ष हर्क राना, प्रमुख अतिथि उदयबहादुर राना मगर, हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, मगर संघका सल्लाहकार नेत्र पहराई लगायतले शुभकामना मन्तव्य राखेका थिए भने दोस्रो चरणको कार्यक्रममा उपस्थित मगर समुदायका दाजुभाइ तथा दिदीबहिनीहरुका साथै विभिन्न संघ संस्थाहरुबाट आमन्त्रित अतिथिहरुद्धारा देउसीभैलो तथा नाँचगान गरेर भरपूर मनोरञ्जन लिदै कार्यक्रमको समापन भएको थियो ।
जोर्डनस्थित ब्लु ओशियन रेष्टुरेण्टमा आइतबार साँझ आयोजित उक्त कार्यक्रममा संयुक्त डान्स स्टुडियोको कौडा तथा थाली नृत्यले कार्यक्रमलाई अझ आकर्षक एवं मनोरञ्जनात्मक बनाएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार