संखुवासभा समाज हङकङको देउसी भैलो कार्यक्रम सम्पन्न

  टोपबहादुर याक्खा

३० अक्टोबर, हङकङ– संखुवासभा समाज हङकङद्धारा एक आपसमा शुभकामना आदनप्रदान, विभिन्न जातिय भेषभूषा प्रदर्शनी, देउसी भैलो तथा नाँचगान गर्दै समाजको वार्षिक कार्यक्रम “देउसी भैलो तथा शुभकामना आदन प्रदान कार्यक्रम–२०२२” सम्पन्न गर्यो ।
जोर्डनस्थित इण्डिया क्लबमा आइतबार आयोजित कार्यक्रममा समाजका उपाध्यक्ष सुशन गुरुङको श्वागत मन्तब्यसंगै कार्यक्रमका सभापति टोपबहादुर याक्खा तथा प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष रिता गुरुङ लगायत मञ्चमा रहेका अतिथिहरुद्धारा सामूहिक रुपमा पानसमा बत्ति बालेर कार्यक्रमको उद्धघाटन गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रिता गुरुङ, अध्यक्ष टोपबहादुर याक्खा, किरात याक्खा छुम्मा हङकङका अध्यक्ष पूर्ण प्रसाद देवान, समाजका सल्लाहकार तथा संखुवासभा तमु समाज हङकङका अध्यक्ष चन्द्रबहादुर गुरुङ लगायत समाजका सल्लाहकारहरु राज कुमार राई, लव कुमार गुरुङ, प्रकाश गुरुङ (जे.पी.) र खड्ग माङमालीले तिहारको शुभकामना मन्तव्य राखेका थिए । सोही क्रममा केहि महिना पहिले मात्रै नेपाल चेम्बर अफ कमर्स हङकङको पाचौं अधिवेशनबाट अध्यक्षमा निर्वाचित समाजका सल्लाहकार लव कुमार गुरुङ तथा सदस्यमा निर्वाचित प्रकाश गुरुङ (जे.पी.) र तिर्थराज गुरुङ (जिवन), त्यस्तै गरी ११ महाधिवेशन मार्फत अध्यक्षमा निर्वाचित कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, साहित्यको क्षेत्रमा विशेष योगदान दिदै आएका समाजका सल्लाहकारहरु दाजु गुरुङ र राज कुमार राई लगायतका व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।
समाजका सचिव लिलाबहादुर गुरुङद्धारा संचालन गरिएको कार्यक्रममा विभिन्न जातजातीका जिल्लाबासीहरु बीच जातिय सद्भाव एवं एकतालाई अझ बलियो बनाउँदै लैजाने हेतुले प्रसंशापत्र तथा आकर्षक नगद पुरस्कारको व्यवस्था सहित आयोजना गरिएको प्रतियोगितात्मक जातीय भेषभूषा प्रदर्शनीमा जिल्लाबासी गुरुङ, राई र याक्खा जातीले सहभागिता जनाएका थिए भने काम र पढाई संगै नृत्य कलालाई समेत संगै लिएर अगाडी बढिरहेका संखुवासभाली भाइबहिनीहरुलाई प्रोत्साहन गर्ने उदेश्यले प्रसंशापत्र र नगद पुरस्कारको व्यवस्था सहित नृत्य प्रतियोगिताको आयोजना समेत गरिएको थियो ।
कोरोनाका कारण हङकङ सरकारले लगाएका सामाजिक दुरी सम्बन्धि कडा नियमहरु विस्तारै खुकुलो पार्दै लगेको कारण करिब ३ वर्ष पछि ठूलो संख्यामा उपस्थित जिल्लाबासीहरु भेटघाट संगै एक आपसमा शुभकामना आदनप्रदान, भलाकुसारी, देउसी भैलो खेल्नुका साथै नाँचगान गरेर भरपूर मनोरञ्जन लिदै कार्यक्रमको समापन भएको थियो ।
१९९६ मा स्थापित हङकङकै दोस्रो जेठो संस्थाको रुपमा रहेको संखुवासभा समाज हङकङ विगत देखि नै हङकङमा एउटा नमूना संस्थाको रुपमा चिनिदै आएको छ भने यस संस्थाले गत वर्षदेखि जिल्लाबासीहरुलाई समेटेर ‘संखुवासभा वचत समूह हङकङ’ समेत संचालनमा ल्याएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार