किरात याक्खा छुम्मा हङकङको देउसीभैलो सम्पन्न

  टोपबहादुर याक्खा

५ नोभेम्बर, हङकङ– बलिहाङ तङनामको अवसरमा शनिबार किरात याक्खा छुम्मा हङकङद्धारा एक आपसमा शुभकामना आदनप्रदान तथा डोकेनी लाक (डोकनी नाँच) सहित देउसी भैलो तथा नाँचगान गर्दै २०२२ को देउसी भैलो कार्यक्रम सम्पन्न गर्यो ।
छुम्माकी सदस्य सुमन सोम्याहाङको श्वागत मन्तब्यसंगै छुम्माका अध्यक्ष पूर्ण प्रसाद देवान र प्रमुख अतिथि नेपाली आदिवासी जनजाती महासंघ हङकङका कार्यबाहक अध्यक्ष कृष्णराज लावतीद्धारा पानसमा बत्ति बालेर उद्धघाटन गरिएको कार्यक्रममा अध्यक्ष पूर्ण प्रसाद देवान, प्रमुख अतिथि कृष्णराज लावतीका साथै विशेष अतिथिहरु किरात राई यायोक्खाकी अध्यक्ष चन्द्रका राई (माया) छुम्माका सल्लाहकार किसन देवान, थुलुङ सामाका अध्यक्ष राम्लि राई, संखुवासभा वचत समूहका अध्यक्ष प्रकाश गुरुङ (जे.पी.), सल्लाहकार तथा साहित्यकार दाजु गुरुङ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
जोर्डनस्थित इण्डिया क्लबमा आयोजना गरिएको कार्यक्रममा छुम्माका सचिव टोपबहादुर याक्खाद्धारा संचालन गरिएको छोटो औपचारिक कार्यक्रमको समापन संगै डोकेनी लाक, देउसीभैलो तथा नाँचगान गरेर कार्यक्रम सम्पन्न भएको थियो ।
स्थापनाकाल देखि नै याक्खा छुम्माले वार्षिक कार्यक्रमको रुपमा मनाउँदै आएको देउसीभैलो कार्यक्रममा किरात याक्खा जातीहरुले परापूर्वकालदेखि साङदाङराङमा अर्थात धनको देवीका रुपमा डोको भित्र महिला पसेर नाच्दै आइरहेको लोपोन्मुख डोकेनी लाक अर्थात डोकनी नाँच मुख्य आकर्षणको रुपमा रहेको थियो ।
चार किरातहरु मध्ये सबै भन्दा कान्छो संस्थाको रुपमा २०१३ मा स्थापित किरात याक्खा छुम्मा हङकङले साह्रो गाह्रो पर्दा हङकङबासी याक्खा परिवारमा सरसहयोग गर्नुका साथै धरान १६, जोर सखुवास्थित याक्खा भवन निर्माण र संखुवासभा, धर्मदेवी न.पा. ४, याक्खाचोकमा डोकेनी शालिक निर्माणको लागि ठूलो रकम सहयोग गर्नुका साथै देश विदेशमा रहेर विभिन्न क्षेत्र मार्फत याक्खा जातीलाई चिनाउँन विशेष योगदान दिने व्यक्तिलाई नगद रु.२०,१०० तथा ताम्रपत्र सहित ‘किरात याक्खा वर्ष सम्मान’ द्धारा सम्मान गर्दै आइरहेको छ ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार