नेपाल चेम्बर अफ कमर्सद्धारा हङकङमा नेपाली कफी अरविकाको प्रवर्दन

  टोपबहादुर याक्खा

११ डिसेम्बर, हङकङ– नेपालको तल्लो हिमाली क्षेत्रमा उत्पादित अर्गानिक कफी अरविकालाई विश्व व्यापारको केन्द्र हङकङमा समेत बजार विस्तार गर्न सहयोग गर्ने उदेश्यले नेपाल चेम्बर अफ कमर्स हङकङद्धारा आइतबार ‘अरविका कफी बिन्स फ्रम नेपाल’  शिर्षकमा एक सेमिनारको आयोजना सम्पन्न गर्यो ।
नेपाल चेम्बर अफ कमर्स हङकङका अध्यक्ष लव कुमार गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली कफी अरविकालाई हङकङको बजारमा ल्याउने सोभिनियर जेन जेट लिमिटेडका प्रोपाइटर तेज कुमार राई, एन.आर.एन.ए.हङकङका अध्यक्ष गोकर्ण ढकाल, इरानियन चेम्बरका अध्यक्ष बेह्रोज तोर्कामान, अफ्रिकन चेम्बरका प्रतिनिधी ओमी कायु, अन्तर्राष्ट्रिय युवा व्यावसायी संघका प्रतिनिधी इन्दर पुन, नेपाल चेम्बरकी प्रतिनिधी अरुणा गुरुङ, नेपाल चेम्बर अफ कमर्स हङकङका संस्थापक सदस्य तथा समाजेवी कुल प्रसाद गुरुङ लगायत विभिन्न नेपाली तथा स्थानिय चानिज व्यापारीहरुको सहभागिता रहेको थियो ।
विभिन्न अतिथिहरुद्धारा मन्तब्य राखिएको उक्त कार्यक्रममा हङकङका नेपाली व्यावसायीहरुलाई विभिन्न प्रकारका सहयोगका गर्नुका साथै नेपाली उत्पादनहरुलाई हङकङको बजारमा प्रवर्दनसंगै बजार विस्तार गर्न सहयोग गर्दै आएको चेम्बरले अरविका कफिसंगै आगामी दिनहरुमा पनि यस्तै सेमिनारहरुको आयोजना गरेर नेपाली व्यावसायी र नेपाली उत्पादनहरुको प्रवर्दन एवं बजार विस्तारमा निरन्तर सहयोग गर्ने चेम्बरका अध्यक्ष लव कुमार गुरुङले बताए ।
निशा राई प्रमुख वक्ता रहेको कार्यक्रमलाई चेम्बरका महासचिव सशी मदन राई र सचिव डेनी बर्दन गुरुङले संयुक्त रुपमा संचालन गरेका थिए ।
नेपालको तल्लो हिमाली क्षेत्रमा उत्पादित नेपाल सरकारद्धारा विभिन्न सम्मान तथा पुरस्कारहरुद्धारा पुरस्कृत अर्गानिक कफी अरविकालाई सोभिनियर जेन जेट लिमिटेडले हङकङ ल्याई प्रशोधन तथा प्याकिङ गरी विक्रि वितरण गर्नुका साथै जोर्डन, डे मार्केट, साङ्घाई स्ट्रिट स्थित ग्राब एण्ड गो कफी सप समेत संचालनमा ल्याएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार