गायिका तर्जुना मगरको म्युजिक भिडियो ‘यात्रा’ सार्वजनिक (भिडियो सहित)

  टोपबहादुर याक्खा

२२ डिसेम्बर, हङकङ– नेपाली गीत, संगीत र साहित्यको उर्वर भूमि हङकङ निवासी गायिका तर्जुना मगरको म्युजिक भिडियो ‘यात्रा’ (Yatra) बिहिबार एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ ।
गायिका तर्जुना मगर, कार्यक्रमका प्रमुख अतिथि हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, गायक टोपराज तामाङ, व्यावसायी तथा समाजसेवी टंक राना, साहित्यकार सुनिता गिरी, ज्याप स्टुडियोका डाइरेक्टर विक्रम गुरुङ लगायतका अतिथिहरुले ‘यात्रा’ लाई संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
गायिका तर्जुनाकै शब्द्ध र आवाज रहेको ‘यात्रा’ मा चर्चित संगीतकार दिनेश सुब्बाको संगीत रहेको छ । हङकङकै ताइमोशान हिल, इन्स्पिरेशन लेक, वेष्ट काउलुन पार्क लगायत विभिन्न रमणिय स्थानहरुमा छायाङ्कन गरिएको उक्त म्युजिक भिडियोलाई प्रवत घलेले लिएका हुन भने युवराज थापामगर (यू.बी.चाम्स) ले सम्पादन गरेका हुन । उक्त म्युजिक भिडियोमा योेज्ञ बराईली, समिर मगरका साथै वाल कलाकारहरु सोहिङ लिम्बु, सुविना मगर र नेआ मगर संगै गायिका तर्जुना स्वयमको समेत अभिनय रहेको छ ।
पोष्ट प्रोडक्सन ज्याप स्टुडियो हङकङ रहेको उक्त म्युजिक भिडियो गायिका तर्जुनाको आफ्नै युट्युव च्यानल ‘ट्रष्ट सउल’ (Trust soul) मार्फत विश्वभर रहेका दर्शकहरु माझ सार्वजनिक गरेकी छिन् ।
गीत संगीत देखि म्युजिक भिडियो निर्माण गर्दा सम्म विशेष सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि रिता गुरुङ लगायतले गायिका तर्जुनालाई बधाई दिदै शुभकामना मन्तब्य राखेका थिए भने गायिका तर्जुनाले आफू एकदमै आध्यात्मिक रहेको बताउँदै मानव जीवन एकदमै छोटो भएकाले भोलीका सन्ततीहरुलाई आफूले के दिन सकिन्छ भन्ने सोचाईबाटै उक्त गीत सृजना भएको र गीत रेकर्डिङ देखि म्युजिक भिडियो निर्माण तथा सार्वजनिक गर्दा सम्म सहयोग गर्ने सबैमा एकमुष्ठ धन्यवाद दिएकी थिइन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार