हङकङबासी संखुवासभाली गुरुङहरुले तमु ल्होसार मनाए

  टोपबहादुर याक्खा

८ जनवरी, हङकङ– गुरुङ (तमु) जातीको मुख्य चाड तमु ल्होसारको अवसरमा गुरुङ (तमु) समाज संखुवासभा हङकङद्धारा आइतबार साँझ एक आपसमा शुभकामना आदनप्रदान तथा नाँचगान गर्दै ‘तमु ल्होसार कार्यक्रम–२०२३’ सम्पन्न गर्यो ।
सुशन गुरुङको श्वागत मन्तब्यसंगै समाजका अध्यक्ष चन्द्रबहाुदर गुरुङ, प्रमुख अतिथि संखुवासभा समाज हङकङका अध्यक्ष टोप बहादुर याक्खा, संखुवासभा दिदीबहिनी समूहकी अध्यक्ष गौ माया घले, समाजका ज्येष्ठ नागरिक हर्क बहादुर गुरुङ लगायत विशेष अतिथिहरुद्धारा पानसमा बत्ति बालेर कार्यक्रमको उद्धघाटन गरिएको थियो ।
समाजका उपाध्यक्ष श्याम गुरुङद्धारा संचालन गरिएको औपचारिक कार्यक्रममा समाजका अध्यक्ष चन्द्र बहादुर गुरुङ, प्रमुख अतिथि टोप बहादुर याक्खा, संखुवासभा दिदीबहिनी समूहकी अध्यक्ष गौ माया घले, शिक्षाविद टिकाराम श्रेष्ठ, समाजका सल्लाहकारहरु खड्ग माङमालि, प्रकाश गुरुङ (जे.पी.), प्रकाश गुरुङ लगायतले तमु ल्होसारको शुभकामना मन्तव्य राखेका थिए । सोही क्रममा गतसाल हङकङमा सम्पन्न ‘अल्ट्रा फिस एन शिप २२ ट्रेल रन’ मा सहभागी हुंदा सम्मानजनक स्थान हासिल गर्ने समाजका सदस्यहरु लविन गुरुङ, तुल बहादुर गुरुङ र टीकाराम गुरुङलाई समाजको तर्फबाट खदा ओढाएर सम्मान गर्दै सम्मानपत्र प्रदान गरिएको थियो भने हङकङमै प्रख्यात फोटो तथा भिडियो ग्राफर जिल्लाबासी ज्याप स्टुडियोका संचालक विक्रम गुरुङलाई समेत ताम्रपत्रद्धारा सम्मान गरिएको थियो ।
जोर्डनस्थित ब्लु ओशियन रेष्टुरेण्टमा आयोजित उक्त कार्यक्रममा महिला तथा पुरुष तर्फ उत्कृष्ठ तमु भेषभूषाका साथै नृत्य प्रदर्शन गर्ने भाइ बहिनीहरुलाई समेत नगद पुरस्कार सहित प्रशंसापत्रद्धारा सम्मान गरिएको थियो ।
संखुवासभाली गुरुङहरुलाई समेटेर १ दशक पहिले स्थापित गुरुङ (तमु) समाज संखुवासभा हङकङ संखुवासभा समाज हङकङ मुल समाजसंग नजिक रहि विभिन्न सामाजिक कार्यहरु आपसी सहमति र सहकार्यमा अगाडी बढाउदै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार