बालबालिकाहरुको आठौंं तेक्वान्दो बेल्ट अपग्रेडिङ्ग टेष्ट सम्पन्न

  टोपबहादुर याक्खा

१५ जनवरी, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङ अन्तर्गत तेक्वान्दो किड्स क्लास जोर्डन ब्रान्चमा प्रशिक्षण लिइरहेका ३ दर्जन बालबालिकाहरुको आठौं बेल्ट अपग्रेडिङ्ग टेष्ट आइतबार जोर्डन स्थित कुन चुङ स्पोर्टस सेन्टरमा सम्पन्न भयो ।
क्लबका प्रेसिडेण्ट तथा ग्राण्ड मास्टर सैलेन्द्र राईद्धारा लिइएको उक्त बेल्ट अपग्रेडिङ टेष्टमा कलर बेल्टका ३ दर्जन बढि प्रशिक्षार्थी बालबालिकाहरुले टेष्ट दिएका थिए । सो अवसरमा स्टुडेण्टहरुले पुम्सेका साथै सेल्फ डिफेन्स, किकिङ पावर, पन्चिङ पावर, ब्लकिङ, उड ब्रोकन लगायत तेक्वाण्दो सम्बन्धि विभिन्न आकर्षक कलाहरु समेत प्रदर्शन गरेका थिए ।
बेल्ट अपग्रेडिङ टेष्ट सम्पन्न भएसंगै उत्तिर्ण प्रशिक्षार्थीहरुलाई ग्राण्ड मास्टर राईद्धारा बेल्ट तथा विभिन्न विधाका प्रशंसापत्र प्रदान गर्दै विगत तीन वर्षदेखिको कोभिड–१९ को महामारी पश्चात जनजीवन विस्तारै सामान्य हुंदा गएको र विगतको विषम परिस्थितिमा समेत हङकङ सरकारद्धारा लगाएको सामाजिक दुरी लगायतका विभिन्न नियम कानुनहरुको पालना गर्दै तेक्वान्दो सिकिरहेका स–साना बालबालिका, प्रशिक्षक तथा समय दिने अविभावकहरुलाई बधाई संगै धन्यवाद दिएका थिए । तेक्वान्दो क्लासमा आएर शारीरिक व्यायम तथा सेल्फ डिफेन्स संगै अनुशासित बन्न र साथीहरुसंग हेलमेल तथा मेलमिलाप गर्न समेत सिक्ने हुदा हरेक अविभावकहरुले आफ्ना नानीबाबुहरुलाई खेल क्षेत्रमा लाग्न उत्प्रेरित गर्नु पर्नेमा ग्राण्ड मास्टर राईले जोड दिए ।
अपग्रेडिङ्ग टेष्टको समापनसंगै विगतका वर्षहरुमा झै प्रशिक्षार्थी नानीबाबुहरुलाई क्याण्डि तथा लाई सी वितरण गरेर चाइनिज नयाँ वर्ष समेत मनाइएको थियो ।
जोर्डन, वान्चाई, सेन्ट्रल, मङकक, साम सेई पु, लङ पिन, ताइपो, चिङ यी लगायत हङकङका विभिन्न स्थानहरुमा गरी किड्स क्लास सहित दुई दर्जन बढि ब्रान्च रहेको यस क्लबमा ३५० बढि स्टुडेण्टहरुले प्रशिक्षण लिइरहेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार