संखुवासभा समाज हङकङको २७ औं वार्षिकोत्सवमा ३३ जना विद्यार्थीहरु सम्मानित

  टोपबहादुर याक्खा

१६ अप्रिल, हङकङ– संखुवासभा समाज हङकङद्धारा नेपाली नयाँ वर्ष २०८० को अवसरमा आइतबार मंकिहिलमा समाजको ‘२७ औं वार्षिक उत्सव तथा शुभकामना आदनप्रदान कार्यक्रम–२०२३’ को आयोजना गर्दै हङकङका विभिन्न युनिभर्सिटी तथा सेकेण्डरी विद्यालयहरुमा अध्ययनरत ३३ जना संखुवासभाली विद्यार्थीहरुलाई शैक्षिक प्रोत्साहन पुरस्कारद्धारा सम्मान गर्नुका साथै समाजलाई विशेष योगदान दिने एक दर्जन विभिन्न व्यक्तित्व तथा करिब १ सय समाजका नयाँ आजीवन तथा साधारण सदस्यहरुलाई सम्मान ग-यो ।
कार्यक्रममा युनिभर्सिटीका ११ जना विद्यार्थीहरुलाई नगद हङकङ डलर १५ सय र सेकेण्डरीका २२ जना विद्यार्थीहरुलाई १ हजार नगद सहित ताम्रपत्रद्धारा सम्मान गरिएको थियो भने समाज सेवा तर्फ लव कुमार गुरुङ, प्रकाश गुरुङ (जे.पी.), तिर्थ राज गुरुङ (जिवन), खेमाहाङ जिमी, पूर्ण प्रसाद देवान, मनोज गुरुङ, डम्बर घले (असई) र लाल बहादुर गुरुङलाई ताम्रपत्र सहित खदा ओढाएर सम्मान गरिएको थियो । त्यस्तै गरी साहित्य तर्फ दाजु गुरुङ र खेलकुद तर्फ लविन गुरुङ सम्मानित भएका थिए ।
समाजका सचिव लिलाबहादुर गुरुङद्धारा संचालन गरिएको कार्यक्रममा अध्यक्ष टोपबहादुर याक्खा, कार्यक्रमका प्रमुख अतिथि हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ लगायत समाजका सल्लाहकार तथा अतिथिहरुद्धारा एकसाथ पटेका पड्काउनुका साथै पानसमा बत्ती बालेर उद्धघाटन गरिएको औपचारिक कार्यक्रममा समाजको मुखपत्र “हाम्रो संखुवासभा” वर्ष–१७, अंक–१३ समेत विमोचन गरिएको थियो ।
समाजका सदस्य एवं किरात याक्खा छुम्मा हङकङका अध्यक्ष पूर्ण प्रसाद देवानद्धारा श्वागत मन्तव्य राखिएको उक्त कार्यक्रममा प्रमुख अतिथि रिता गुरुङ, अध्यक्ष टोपबहादुर याक्खा, समाजका सल्लाहकारहरु उपेन्द्र कोरङ्गी, प्रकाश गुरुङ (जे.पी.), लाल बहादुर गुरुङ लगायतल नयाँ वर्षको अवसरमा शुभकामना मन्तव्य राखेका थिए भने समाजद्धारा प्रदान गरिदै आएको शैक्षिक प्रोत्साहन पुरस्कारको महत्व बारे समितिका संयोजक खेमाहाङ जिमीले प्रकाश पारेका थिए । त्यस्तै गरी समाजले प्रदान गरेको सम्मान प्रति युनिभर्सिटीमा अध्ययनरत विद्यार्थीद्धय सुस्मा गुरुङ र समिप राईका साथै अविभावक धर्म खिम्पुहाङ राईले धन्यवाद मन्तव्य राखेका थिए ।
कोरोनाका कारण हङकङ सरकारले लगाएका सामाजिक दुरी सम्बन्धि नियमहरु खुकुलो पार्दै लगेको कारण ३ वर्ष पछि ठूलो संख्यामा उपस्थित जिल्लाबासीहरु बी.बी.क्यू तथा विभिन्न नेपाली परिकारहरुको श्वादका साथमा एक आपसमा भटघाट, नयाँ वर्षको शुभकामना आदनप्रदान संगै नाँचगान गरेर भरपूर मनोरञ्जन लिएका थिए ।
१९९६ मा स्थापित हङकङकै दोस्रो जेठो संस्थाको रुपमा रहेको संखुवासभा समाज हङकङ विगत देखि नै हङकङमा एउटा नमूना संस्थाको रुपमा चिनिदै आएको छ भने यस संस्थाले गत वर्षदेखि जिल्लाबासीहरुलाई समेटेर ‘संखुवासभा वचत समूह हङकङ’ समेत संचालनमा ल्याएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार