युनाइटेड क्लबको १५ औं वार्षिकोत्सवमा पुम्से कम्पिटिशन

  टोपबहादुर याक्खा

२३ अक्टुबर, हङकङ– युनाइटेड तेक्वान्दो अकाडेमी हङकङले आफ्नो १५ वार्षिक उत्सवको अवसरमा ‘पुम्से तथा स्पिड किकिङ कम्पिटिशन–२०१३’ को आयोजना सम्पन्न गर्यो ।
याउ मा तेई कम्युनिटी हलमा सोमबार आयोजित उक्त कम्पिटिशनमा युनाइटेड क्लब अन्तरगतका फिलिपिन्सबाट आएको सहित विभिन्न २० वटा ब्रान्च र हङकङका अन्य ६ वटा नेपाली क्लबहरुले सहभागिता जनाएका थिए । ब्लाक बेल्ट फोर्थ डान, थर्ड डान, सेकेण्ड डान, फस्ट डान र कलर बेल्टका गरी ४०० स्टुडेण्टहरुले प्रतिस्पर्धा गरेको  उक्त प्रतियोगितामा फोरेनर क्बलले सबै भन्दा बढी गोल्ड मेडल जित्दै ओभरअल च्याम्पियनको ट्रफी हाता पार्न सफल भएको थियो ।
युनाइटेड तेक्वान्दो अकाडेमी हङकङका प्रेसिडेन्ट तथा ग्राण्ड मास्टर सैलेन्द्र राई, चिफ गेस्ट हङकङ नेप्लिज तेक्वान्दो एशोसिएशनका पे्रसिडेन्ट तथा ग्राण्ड मास्टर तुल्सि कुमार गुरुङ, स्पेशल गेस्ट हङकङ पुम्से युनियनका चेयर पर्सन लोरेन्स ईप लगायत विभिन्न क्लबमा प्रेसिडेन्ट तथा मास्टरहरुद्धारा पटेका पड्काउनुका साथै बेलुन फुटाएर कार्यक्रमको उद्धघाटन गरिएको थियो ।
आयोजक युनाइटेड तेक्वान्दो अकाडेमी हङकङको तर्फबाट क्लबका प्रेसिडेन्ट तथा ग्राण्ड मास्टर सैलेन्द्र राईले चिफ गेस्ट, स्पेशल गेस्ट लगायत अन्य गेस्ट, जज र रेफ्रिहरुलाई धन्यवाद मन्तव्य सहित सोभिनियर समेत प्रदान गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार