हङकङ लान्ताउ ट्रैल ५० किमि दौड प्रतियोतियोगी बिजेता नेपाली खेलाडीहरूलाई सम्मान

श्याम कर्ण सुनुवार/ बगैंचा सम्बादाता हङकङ,

१२ नोभेम्बर २०२३ आईतवार साँझ जोर्डन स्थित बगैंचा रेष्टुरेण्ट एण्ड बारमा एक कार्यक्रम आयोजना गरि ट्रेलरेस प्रतियोगितामा सहभागि नेपाली बिजेता खेलाडीहरूलाई रात्रिभोज सहित सम्मान गरिएको थियो । हङकङ नेपाल अल्ट्रा ट्रेल एसोसियसनद्वारा आयोजित उक्त कार्यक्रममा खेलप्रेमी ब्यक्तित्व लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

आयोजक संस्थाका सचिव बसन्त लिम्बूले संचालन गरेको परिचायत्मक कार्यक्रम पश्चात खेलाडिहरू सुनमाया बुढा, पदम कुमार सुनुवार, सबिना खालिङ र स्थानीय धावक दिना बगाले लगायतलाई आयोजक संस्थाका अध्यक्ष- बेदराज लिम्बू, एनआरएन हङकङका अध्यक्ष- गोकर्ण ढकाल, सुनुवार समाज हङकङका अध्यक्ष- श्यामकर्ण सुनुवार, ओधान अकिडो हङकङका संयोजक- नबिन कुमार सुनुवार लगायतले खदा लगाएर सम्मान गरेका थिए । नेपालबाट आएका खेलाडिहरूलाई रेड पकेट नगद (लाईसी) पनि प्रदान गरिएको थियो । सुनुवार समाज हङकङका अध्यक्ष श्यामकर्ण सुनुवारले संस्थाकोतर्फबाट खेलाडीहरूलाई नगद (लाईसी) प्रदान गरेका थिए । उक्त अवसरमा खेलाडीहरूलाई बगैँचा रेष्टुरेण्ट एण्ड बारको तर्फबाट निशुल्क भोजनको ब्यबस्था गरिएको  थियो ।

यहि नोभेम्बर ११ तारिक शनिबार भएको यु टि एम बि ट्रान्स लान्ताउ ५० किलो मिटर दौड प्रतियोगितामा नेपालबाट सुनमाया बुढा, पदम कुमारी सुनुवार र सबिना खालिङ ३ जना धाबिकाहरूले भाग लिएका थिए । उक्त प्रतियोगितामा नेपाली चेली सुनमाया बुढाले ५ घण्टा १२ सेकेण्डमा निर्धारित दुरि पार गर्दै पहिलो स्थान बाजि मारेकि थिईन भने स्लोभाकियाकी भेरोनिका भाडोभिकोभाले ५ घन्टा ५५ मिनेट ५४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रो र  चेज रिपब्लिक कि मर्सेला भसिकोभाले ६ घन्टा २४ मिनेट ४६ सेकेन्डमा दुरि पार गरि तेस्रो स्थान हासिल गरेका थिए।

त्यसै गरि उक्त प्रतियोतितामा नेपाली चेली  पदम कुमारी सुनुवारले ७ घण्टा १५ मिनेट ५६ सेकेण्डमा निर्धारित समय पार गरि अठौ स्थान ओगट्न सफल भएकि थिईन भने अर्की नेपाली चेली सोनिका राईले ७ घण्टा ५० मिनेट ३० सेकेण्डमा निर्धारित समय पार गरेर सत्रौ स्थान ओगट्न सफल भएकी थिएन । पदम कुमारी सुनुवार र सबिना खालिङको यो पहिलो अन्तराष्ट्रीय प्रतियोगिता हो ।  यस प्रतियोगिताको प्रायोजन  एक्सचेन्ज ईम्पावर कम्पनी मार्फत मिरा राईको पहलमा नेपाली प्रत्तियोगिहरूलाई प्रतियिगितमा समाबेस  गरिएको थियो ।

फोटो: नबिन सुनुवार

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार