नेपाल फाइनान्सको ११औं वार्षिक साधारणसभा सम्पन्न

बगैंचा सम्वाददाता हङकङ ।

१७ डिसेम्बर २०२३ आईतबार- हङकङमा नेपालीहरुद्वारा स्थापना गरि सन्चालनमा ल्याएको वित्तिय संस्था ‘नेपाल फाइनान्स लिमिटेड हङकङ‘को ११औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

जोर्डन स्थित हाई तिन रेष्टुरेण्टमा आयोजना गरिएको कार्यक्रममा फाइनान्सका कोषाध्यक्ष शशीमदन राईले आर्थिक वर्ष २०२२–२०२३ मा शेयर पूजी १ करोड २५ लाख १६ हजार १ सय हङकङ डलर र कम्पनीको दायित्व पूजी ५ करोड ७६ लाख १६ हजार ७ सय २२ हङकङ डलर गरि हाल कुल सम्पत्ति  ७ करोड १२ लाख १५ हजार ७ सय ९ हङकङ डलर रहेको बताए ।

यसवर्ष कम्पनीले १० लाख ८२ हजार ८ सय ८७ हङकङ डलर मुनाफा आर्जन गरि ३ प्रतिशत नगद लाभंस र ५ प्रतिशत शेयर लाभंस गरि कुल ८ प्रतिशत लाभंस बितरण गरेको छ ।

नेपाल फाइनान्सका अध्यक्ष धिरज कुमार राईको अध्यक्षतामा सम्पन्न खुल्लासत्र कार्यक्रमका प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष लव कुमार गुरूङ, विशेष अतिथिहरू- हङकङ नेपाली महासंघका अध्यक्ष रिता गुरूङ, एनआरएन हङकङका प्रतिनिधि अनुराई, नेपाल आदिवासि जनजाति महासंघका अध्यक्ष राज तामाङ तथा अतिथिहरूमा- बिभिन्न संघसंस्थाका प्रतिनिधि, कलाकार, समाजसेवी लगायत कम्पनिका बोर्डडाईरेक्टरहरू लगायत रहेका थिए ।

नेपाली राष्ट्रिय गानको धुनसंगै प्रमुख अतिथिहरुद्वारा दिप प्रज्वलन गरेर कार्यक्रम उद्धघाटन गरिएको थियो। कार्यक्रममा अतिथिहरुद्वारा शुभकामना मन्तव्यको क्रममा नेपाल फाईनान्स हङकङको नेपालीहरूको लागि बित्तिय क्षेत्रको एक उदाहरणीय सफल ब्यबसाय बनेको उल्लेख गर्दै अगामी दिनहरूमा अझै प्रगतिको गर्दै जावस भनि कामना गरेका थिए ।

२००७ मा स्थापना गरि २०११ बाट सक्रिय रुपमा कारोबार गर्दै २०१३ सालबाट आधिकारिक रुपमा लाइसेन्स प्राप्त गर्ने नेपालीहरुको पहिलो वित्तिय संस्था नेपाल फाइनान्सले हाल हङकङमा रियल स्टेट, अल्फा रेमिट्यान्स, बगैंचा, हेल्लो किचन रेष्टुरेण्ट साथै नेपाल ओभरसिज लिमिटड मार्फत नेपालमा समेत ब्यबसाय गर्ने शुरु गरिसकेको कुरा फाइनान्सका अध्यक्ष धिरज कुमार राईले बताए ।

कम्पनिका डाईरेक्टर जितकर्ण राईले संचालन गरेको उक्त कार्यकमा डाईरेक्टर दिल कुमारी लिम्बूले स्वागत मन्तब्य दिएका थिए ।

अन्त्यमा रात्रि भोज सहित रमाईलो चिट्ठा कार्यक्रमको साथ उल्लामय वातावरणमा समापन गरिएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार