१२८ औं साहित्य श्रृंखलामा ६ कृतिहरु सार्वजनिक

  टोपबहादुर याक्खा

२८ जनवरी, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलालाई प्राप्त पछिल्लो समय प्रकाशित आधा दर्जन कृतिहरु सार्वजनिक, उक्त कृतिहरु माथि टिप्पणी तथा सृजना वाचन गर्दै आइतबार १२८ औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो ।
श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा श्रृंखलाका सदस्य रोशन यक्सोका श्वागत मन्तव्यसंगै कवि निर्भीकजंग रायमाझीको ‘त्यसरी त कहिल्यै सोचिएन’, सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’, देव भण्डारीको कथा संग्रह ‘बाबा र माटो’, उत्तम निरौलाको उपन्यास ‘सखिला’ र ‘दृष्टिकोण’ का साथै असिम सागरको ‘क’ गरी ६ वटा कृतिहरु सार्वजनिक गरिएको थियो भने श्रृंखलाका संरक्षकदय दाजु गुरुङ र टंक सम्बाहाम्फेका साथै अर्का अग्रज कवि तथा साहित्यकार देवेन्द्र खेरेसले उक्त कृतिका कृतिकारहरुलाई साहित्य श्रृंखलाको तर्फबाट हार्दिक बधाई दिदै कृतिहरु माथि छोटो टिप्पणी राखेका थिए ।
याउ मा तेईस्थत हिन्सका कार्यालयमा श्रृंखलाकी सह–संयोजक अरुणा शर्माद्धारा संचालन गरिएको उक्त कार्यक्रममा उपस्थित कवि तथा साहित्यकारहरु दाजु गुरुङ, देवेन्द्र खेरेस, जानु काम्बाङ लिम्बु, सुनिता गिरी, पूर्णिमा शाह, रोशन यक्सो, डोम राना, अरुणा शर्मा, लिला निरौला ढुङ्गाना लगायतले आफ्ना सृजनाहरु वाचन गरेका थिए भने साहित्यकार तथा समाजसेवी नरेन्द्र गुरुङ तथा इश्वर विक्रम शाहले हङकङ जस्तो व्यस्त शहरमा रहेर पनि नेपाली भाषा तथा साहित्य श्रीबृद्धिका लागि साहित्य श्रृंखलाले खेलेको भूमिका माथि आफ्नो भनाईहरु राखेका थिए ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत १२ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत समेत गर्दै आइरहेको छ ।

Photo By Roshan Yakso

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार