रमण गुरुङको ‘आकार हामीले हिडेर आएको बाटोको’ कविता संग्रह हङकङमा विमोचित

  टोपबहादुर याक्खा

२५ फेब्रुअरी, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलाका संयोजक समेत रहेका हङकङबासी कवि तथा चित्रकार रमण गुरुङकृत “आकार हामीले हिडेर आएको बाटोको” कविता संग्रहको लोकार्पण कार्यक्रम हङकङ साहित्यिक साझा श्रृंखलाको आयोजनामा आइतबार सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली वाणिज्यदुतावास हङकङका उपवाणिज्यदुत भोज भटृराई, कार्यक्रमका सभापति एवं साहित्य श्रृंखलाका संरक्षक दाजु गुरुङ, हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, एन.आर.एन.ए. हङकङका अध्यक्ष गोकर्ण प्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्स हङकङका अध्यक्ष लव कुमार गुरुङ, याउ चि मोङ डिस्ट्रिक काउन्सिलर अरुणा गुरुङ लगायत मन्चमा विशेष अतिथिका रुपमा आसिन विभिन्न साहित्यिक व्यक्तित्व, समाजसेवी तथा भद्रभलाद्मीहरुद्धारा सामूहिक रुपमा नविन कृति “आकार हामीले हिडेर आएको बाटोको” विमोचन गर्नुका साथै उक्त कृतिको कभर चित्र समेत सार्वजनिक गरिएको थियो भने उक्त पुस्तक माथि कवि तथा साहित्यकार देवेन्द्र खेरेसले समीक्षा राखेका थिए ।
साहित्य श्रृंखलाका सल्लाहकार सुनिता गिरीद्धारा स्वागत मन्तब्य राखिएको उक्त कार्यक्रममा प्रमुख अतिथि भोज भटृराई, सभापति दाजु गुरुङ लगायत अन्य विशेष अतिथिहरु क्रमशः लव कुमार गुरुङ, रिता गुरुङ, गोकर्ण प्रसाद ढकाल, अरुणा शर्मा, टिका गुरुङ, टंक सम्बाहाम्फे, अनु राई लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा उपस्थित कवि तथा साहित्यकारहरु पूर्णिमा शाह, अरुणा शर्मा, जुनु राना मगर र रोशन यक्सोले विमोचित कविता संग्रह “आकार हामीले हिडेर आएको बाटोको” भित्रबाटै कविता वाचन गरेर कार्यक्रमलाई थप साहित्यमय बनाएका थिए भने साहित्य श्रृंखलाकै सदस्यद्धय बिन्नी लामा र कुशुम काम्बाङ लिम्बुले गीत गाएर कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए । सोही क्रममा “आकार हामीले हिडेर आएको बाटोको” का लेखक रमण गुरुङ सहित प्रमुख अतिथि भोज भटृराई र हङकङको इतिहासमै नेपाली समुदायबाट पहिलो पटक डिस्ट्रिक काउन्सिलर जस्तो गरिमामय पदमा निर्वाचित याउ चि मोङ डिस्ट्रिक काउन्सिलर अरुणा गुरुङलाई ताम्रपत्रद्धारा सम्मान गरिएको थियो भने साहित्य श्रृंखलालाई निरन्तर सहयोग पुर्याउदै आउनु भएका श्रृंखलाका संयोजक रमण गुरुङ र सह–संयोजक अरुणा शर्मा सहित अन्य सल्लाहकार तथा सक्रिय सदस्यहरु सुनिता गिरी, पूर्णिमा शाह, देवेन्द्र खेरेस, जानु काम्बाङ लिम्बु, डोम राना र रोशन यक्सोलाई कदरपत्रद्धारा सम्मान गरिएको थियो ।
जोर्डनस्थित ब्लु ओसन रेष्टुरेण्टमा १२९ औं साहित्य श्रृंखला विशेष आयोजित उक्त पुस्तक लोकार्पण कार्यक्रमलाई साहित्य श्रृंखलाका सल्लाहकार समेत रहेका साहित्यकार टी.बी. याक्खाले संचालन गरेका थिए ।
इन्डिगो इन्क पब्लिकेशन प्रा.लि.ले प्रकाशनमा ल्याएको उक्त कृति भित्र १ सय वटा कविताहरु समाहित छन् ।

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार