किरात राई यायोक्खा हङकङको १२औं अधिवेशन सम्पन्न, गजेन्द्र वान्तावा राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति गठन

बगैंचा सम्बाददाता हङकङ

२४ मार्च २०२४ आईतबार, किरात राई यायोक्खा हङकङको १२औं अधिवेशन  सम्पन्न भएको छ । संस्थाको आफ्नै भवन सुप्तुलुङ खिममा  सम्पन्न उक्त अधिवेशनबाट श्री गजेन्द्र वान्तावा राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ ।

उपाध्यक्ष- श्री गंगाराम साम्पाङ राई,  महासचिव- श्री  राजेन्द्र चाम्लिङ राई, सचिव- शिब कुमार राई,  कोषाध्यक्ष- श्री ईमानशेर बान्तावा राई, सह सचिव- दिपक केशर साम्पाङ राई, र सदस्यहरूमा- श्री रामचन्द्र राई, श्रीमति रेनुका राई, श्रीमति मेनुका राई, श्री बालजित राई र श्री समिर राई रहनु भएको छ, बाँकी रहेको १ जना सहकोषाध्यक्ष र २ जना सदस्यहरूको पद समितिको पहिलो बैठकले मनोनित गर्ने जनाईएको छ ।

अधिवेशनको पहिलो चरणको खु्ल्ला सत्र कार्यक्रमलाई संस्थाका अध्यक्ष श्रीमति चन्द्रका (माया) राईले सभापतित्व गर्नु भएको थियोभने प्रमुख अतिथिमा नेपाल आदिवासी जनजाति महासंघ हङकङका महासचिव तिलक सोमे मगर, बिशेष अतिथिमा किरात याक्थुङ चुम्लुङ  हङकङका अध्यक्ष शेर बहादुर लक्सम, किराया मकाउका अध्यक्ष मंगलम राई र संस्थाका सल्लाहकार, संरक्षक लगायत भाषिक संस्थाका अध्यक्षहरूलाई आसनग्रहण गराईएको थियो । 

संस्थाका उपाध्यक्ष गजेन्द्र राईले स्वागत मन्तव्य दिनु भएको औपचारिक कार्यक्रमलाई महासचिव राजेन्द्र राईले सन्चालन गर्नु भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार