संखुवासभा वचत समूह हङकङको ‘दोस्रो वार्षिक साधारण सभा–२०२४’ सम्पन्न

  टोपबहादुर याक्खा

२४ मार्च, हङकङ– हङकङबासी संखुवासभालीहरुको संयुक्त लगानीमा संचालनमा ल्याइएको ‘संखुवासभा वचत समूह हङकङ’को ‘दोस्रो वार्षिक साधारण सभा–२०२४’ आइतबार जोर्डन स्थित ब्लु ओसिन रेष्टुरेण्टमा सम्पन्न भयो ।
वचत समूहका सल्लाहकार पूर्ण प्रसाद देवानको श्वागत मन्तब्य संगै समूहका अध्यक्ष प्रकाश गुरुङ (जे.पी.) र कार्यक्रमका प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्श हङकङका अध्यक्ष तथा वचत समूहका कानुनी सल्लाहकार लव कुमार गुरुङद्धारा पानसमा बत्ति बालेर कार्यक्रमको उद्धघाटन गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि लव कुमार गुरुङ, संखुवासभा समाज हङकङका अध्यक्ष लिला बहादुर गुरुङ, तथा वचत समूहका सल्लाहकारहरु खड्ग माङ्मालीले शुभकामना मन्तब्य राखेका थिए भने वचत समूहका परिकल्पनाकार एवं संरक्षक उपेन्द्र कोरङ्गीले वचत समूहको नारा ‘थोपा थोपाले पनि घैला भरिन्छ, खुत्रुके वचतले पनि भविष्य फेन्छि, वचत समूह किन ? सबै संखुवासभाली जोडिन’ माथि जोड दिदै हङकङबासी संखुवासभालीहरु जोड्ने खुत्रुके परियोजनामा जोडिन समस्त हङकङबासी संखुवासभालीहरुलाई आव्हान समेत गरेका थिए ।
वचत समूहका सचिव मेन्जिला गुरुङद्धारा संचालन गरिएको कार्यक्रममा कोषाध्यक्ष टोपबहादुर याक्खाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमका सभाध्यक्ष प्रकाश गुरुङ (जे.पी.) द्धारा धन्यवाद मन्तव्य राख्दै वचत समूह प्रति जिल्लाबासीहरुको विश्वास र उल्लेख्य उपस्थितिका कारण छोटो समयमै वचत समूहले लामो फड्को मार्न सफल भएको भन्दै सामाजिक र भावनात्मक एकता संगै वचत समूहमा जोडिएर आर्थिक रुपले समेत संखुवासभालीहरु एकसाथ हिड्ने अवसरलाई नगुमाउँन समस्त जिल्लाबासीहरुलाई अनुरोध गरेका थिए ।
कार्यक्रममा वचत समूहका नयाँ सेयर सदस्यहरुलाई सेयर सदस्यताको करार–पत्र तथा नृत्य प्रस्तुत संगै कविता तथा गजल वाचन गर्ने भाइबिहिनीहरुलाई नगद पुरस्कार सहित प्रशंसा–पत्रद्धारा सम्मान समेत गरिएको थियो ।
खुत्रुके परियोजना अन्तर्गत मासिक हङकङ डलर ५०० वचत गर्ने गरी हङकङबासी संखुवासभालीहरु माझ २०२१ को अक्टुबरमा ल्याइएको उक्त वचत समूहमा हाल सम्म ११८ जना सेयर सदस्यहरु जडिइसकेका छन् भने सेयर सदस्यहरुबाट मासिक रुपमा संकलित करिब २६ लाख हङकङ डलर आन्तरिक लगानी गरी दोस्रो वर्षसम्म आइपुग्दा लगानीको ३६.८७ मुनाफा कमाउन सफल भएको

छ ।

Photo By Zap Studio

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार