२६ मे, हङकङ– हङकङबासी साहित्यकार दाजु गुरुङकृत उपन्यास ‘निरजोया’ को लोकार्पण समारोह आइतबार जोर्डनस्थि ब्लु ओसन रेष्टुरेण्टमा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली महावाणिज्य दूतावास हङकङका उप–वाणिज्यदूत भोज कुमार भटृराई, कार्यक्रमका सभापति संखुवासभा समाज हङकङका अध्यक्ष लिला बहादुर गुरुङ, हङकङ साहित्यिक साझा श्रृंखलाका संयोजक रमण गुरुङ, हङकङ नेपाली महासंघका उपाध्यक्ष नविन सुहाङ, नेपाल चेम्बर अफ कमर्स हङकङका अध्यक्ष लव कुमार गुरुङ लगायत विशेष अतिथिका रुपमा मन्चमा आसिन विभिन्न साहित्यिक व्यक्तित्व, समाजसेवी तथा भद्रभलाद्मीहरुद्धारा गुरुङको नविन कृति ‘निरजोया’ सामूहिक रुपमा विमोचन गरिएको थियो भने विमोचित कृतिमाथि साहित्यकारद्धय बज्र कुमार राई र देवेन्द्र खेरेसले समीक्षा राखेका थिए ।
द्धन्दकालमा माओवादी विद्रोही र सरकारी सुरक्षाकर्मी दुबैबाट बच्दै सुनौलो भविष्यको सपना सजाएर मलेसिया पुगेका निरोज र जोया नाम गरेकी स्थानिय मले युवती बीचको माया, प्रेम र त्यसबाट उब्जिएका अन्तरद्धन्द ‘निरजोया’ मा पढ्न पाइन्छ ।
विशेष गरी आफु रहेको ठाउँमा देखे भोगेका कथाव्यथाहरुलाई टपक्क टिपेर पाठकहरु माझ ल्याउन खप्पिस दाजु गुरुङले हङकङकै कथाहरु समेटेर ‘टाँकीका फूलहरु’ कथा संग्रह २०१८ र ‘लाई–सी’ कथा संग्रह २०२१ मा पाठक सामु ल्याई सकेका छन् । कविता, गीत, गजल, कथा, निवन्ध, उपन्यास लगायत साहित्यका सबै विधामा कलम चलाउदै आएका साहित्यकार दाजु गुरुङले पछिल्लो समयमा भने विशेष गरी आख्यान क्षेत्रमा बढी कलम चलाउदै आएका छन् ।
संखुवासभा समाज हङकङ आयोजक र हङकङ साहित्यिक साझा श्रृंखला सह–आयोजक रहेर आयोजना गरिएको उक्त कार्यक्रममा संखुवासभा समाज हङकङका अध्यक्ष लिला बहादुर गुरुङ, उपाध्यक्ष प्रकाश गुरुङ (जे.पी.), प्रमुख अतिथि भोज कुमार भटृराई, साहित्य श्रृंखलाका संयोजक रमण गुरुङ लगायतले शुभकामना तथा बधाई मन्तब्य राखेका थिए भने कृतिकार दाजु गुरुङले कार्यक्रम आयोजक र सह–आयोजक दुवै संस्थाका साथै कार्यक्रम सफल बनाउँन सहयोग गर्नु हुने महानुभावहरु संगै उपस्थित सबै साहित्यिक मनहरु प्रति धन्यवाद मन्तव्य राखेका थिए ।