१३३ औं साहित्य श्रृंखला असार १५ विशेष

  टोपबहादुर याक्खा

३० जुन, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलाद्धारा १३३ औं श्रृंखलालाई असार १५ विशेषका रुपमा मनाउदै सम्पन्न भयो ।
साहित्य श्रृंखलाका संयोजक रमण गुरुङ काम विशेषले अनुपस्थित भएकोमा संरक्षक टंक सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रृंखलाका सदस्य तथा संचारकर्मी नारायण भण्डारीले श्वागत मन्तव्यसंगै नेपालीहरुमा असार १५ पर्वको महत्वबारे प्रकाश पारेका थिए ।
साहित्य श्रृंखलाकी सह–संयोजक अरुणा शर्माद्धारा संचालन गरिएको कार्यक्रममा कवि तथा साहित्यकारहरु क्रमशः नविन सुहाङ, सुनिता गिरी, देवेन्द्र खेरेस, पूर्णिमा शाह, जानु काम्बाङ लिम्बु, रोशन यक्सो, डोम राना, अरुणा शर्मा, नारायण भण्डारी, लिला निरौला ढुङ्गाना लगायतले सृजनाहरु वाचन गरेका थिए भने श्रृंखलाका संरक्षक टंक साम्बाहाम्फेले कार्यक्रममा वाचित सृजनाहरु संगै समग्र कार्यक्रम बारे आफ्ना भनाई राखेका थिए ।
याउ मा तेईस्थित हिन्सको कार्यालयमा सम्पन्न औपचारिक कार्यक्रमको समापनसंगै विगतका वर्षहरुमा झै असार १५ पर्वलाई दही, चिउरा, केरा, आँप लगायतका खाने कुराहरु खादै मनाइएको थियो ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत १२ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत समेत गर्दै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार