१४ जुलाई, द हङकङ एथ्निक माइनोरिटी फाउण्डेशन लिमिटेडद्धारा विशेष गरि प्राइमरी स्कुल लेभलमा अध्ययनरत विद्यार्थी तथा तिनका अभिभावकहरुलाई लक्षित गरी आइतबार स्मार्ट प्यारेन्टिङ सम्बन्धि कार्यशला गोष्ठि सम्पन्न गर्यो ।
फाउण्डेशनका अध्यक्ष शिला घलमालद्धारा श्वागत मन्तव्य राखे संगै प्रमुख वक्ताका रुपमा रहेका शिक्षक तथा संचारकर्मी समेत रहेका डा.चुरा थापाले उपस्थित विद्यार्थी तथा अभिभावकहरुको माझ कसरी कुशल अभिभावक बनेर आफ्ना छोरा छोरीहरुलाई सहि मार्ग दर्शन गर्न सकिन्छ भनेर बताएका थिए ।
याउ मा तेई कम्युनिटी हलमा आयोजित कार्यक्रममा याउ चि मोङ डिस्ट्रिक काउन्सिलर अरुणा गुरुङले विशेष गरी नेपाली समाजमा अभिभावकहरुले आफ्ना छोरा छोरीहरुलाई कसरी सहि मार्ग दर्शन गर्ने, छोरा छोरी र आफु बीचको सम्बन्ध कस्तो राख्ने भन्ने अनविज्ञताको कारण नै धेरै नानी बाबुहरु गलत बाटोमा लागिरहेको बताउदै यस्ता प्रकारका ज्ञानवर्दक कार्यशाला गोष्ठिहरुको आयोजनालाई सबै संघ संस्थाहरुले महत्वका साथ गर्दै जानु पर्नेमा जोड दिएकी थिइन ।
फाउण्डेशनकी अध्यक्ष शिला घलमालले पहिलो कार्यशाला गोष्ठिमा अभिभावक तथा विद्यार्थीहरुको उपस्थिती र उनिहरुको विचारले आफुलाई हौसल्ला मिलेको बताउदै आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमहरुलाई अझ बृहत रुपमा गर्दै लैजाने बताईन ।