हङकङ नेप्लिज टेनिस सोसाईटीको अध्यक्षमा किशोर गुरुङ

  टोपबहादुर याक्खा

२७ अक्टुबर, हङकङ– किशोर गुरुङको अध्यक्षतामा १० सदस्यीय कार्य समितिको चयन गर्दै हङकङ नेप्लिज टेनिस सोसाईटीको तेस्रो अधिवेशन सम्पन्न भयो ।
शनिबार साँझ जोर्डनस्थित बगैचा रेष्टुरेण्टमा स्याम्पेन फोडेर उद्धघाटन गरिएको पहिलो चरणको कार्यक्रममा सोसाईटीद्धारा प्रकाशित ‘स्मारिका–२०२४’ विमोचन गर्नुका साथै हाल हङकङमा रहदै आउनु भएका विभिन्न विधाका राष्ट्रिय तथा अन्र्राष्ट्रिय खेलाडी तथा प्रशिक्षकहरुलाई अभिनन्दन गरिएको थियो । यसरी अभिनन्दित हुनु हुनेहरुमा क्रमशः तेक्वान्दोका ग्राण्ड मास्टर तुल्सि कुमार गुरुङ, बक्सिङका पुर्व ओलम्पिक खेलाडी नामसिङ थापा फल मगर, भलिबलका पुर्व राष्ट्रिय खेलाडी जय नारायण चौधरी र गल्फ खेलाडी वाइ बी राई रहेका छन् भने अन्य विभिन्न आधा दर्जन टेनिस खेलाडीहरुलाई समेत सम्मान गरिएको थियो । 
टेनिस सोसाइटीका सचिव बज्र कुमार राईद्धारा संचालन गरिएको कार्यक्रमको अध्यक्षता टेनिस सोसाईटीका अध्यक्ष मगेन्द्र राईले गरेका थिए भने रहेका प्रमुख अतिथि नेपाली महावाणिज्यदुतावास हङकङ प्रतिनिधी सतिश गुरुङ रहेका थिए ।
पहिलो चरणको कार्यक्रम समापन भए संगै शशीमदन राईको अध्यक्षतामा गठित निर्वाचन मण्डलद्धारा पछि कार्य समितिद्धारा आवश्यक सदस्यहरु थप्न सक्ने गरी किशोर गुरुङको अध्यक्षतामा सर्वसम्मत चयन भएका १० सदस्सिय कार्य समितिको नाम घोषणा गरेका थिए । यसरी सर्वसम्मत चयन भएका कार्य समितिका पदाधिकारीहरुमा क्रमशः अध्यक्ष–किशोर गुरुङ, उपाध्यक्षद्धय–किसन थापा र विकाश गुरुङ (ए), सचिव–टेकेन्द्र लिम्बु, कोषाध्यक्ष–संजिव राई र सदस्यहरु– अर्जुन गुरुङ, शिवलाल सुवेदी, विकाश गुरुङ (बी), प्रकाश गुरुङ र भिम पुन रहेका छन ।
नवनिर्वाचित समितिद्धारा १४ वर्ष सम्म टेनिस सोसाइटीलाई सक्रिय रुपमा अगाडी बढाउदै आइरहेको निवर्तमान अध्यक्ष मगेन्द्र राई सहित समितिका अन्य पदाधिकारीहरुलाई समेत विशेष आभार सहित मायाको चिनो हस्तान्तरण गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार