१२ वर्षे कवि देखि ७८ वर्षे कविको जमघट

  चन्द्र मादेन 'आन्छन'

काठमाण्डौ कार्तिक १० शनिवार, मनोहरा साहित्य समाजको आयोजनामा संस्थाका अध्यक्ष डिल्लीराज आर्यालको सभापतित्वमा स्थानीय ग्लोवल पव्लिक स्कुल पेप्सीकोलाको सभाहलमा विशेष महाकवि लक्ष्मी प्रसाद देवकोटा सम्वन्धि ९४ औं साहित्यिक सृङ्खला सम्पन्न भएको छ । प्रमुख अतिथि लेखनाथ पुस्तकालय झापाका अध्यक्ष कृष्ण सुवेदी निराकार हुनुहुन्थ्यो भने विशेष अतिथिहरुमा वरिष्ठ साहित्यकारहरु प्रतिक ढकाल र गोविन्द घिमिरे वेदमणी हुनुहुन्थ्यो ।

संस्थाका कोषाध्यक्ष खोलाघरे साहिंलोद्धारा संचालन गरिएको उक्त साहित्यिक कार्यक्रममा १२ वर्षका वालक देखि ७८ वर्षका वृद्ध स्रष्टाहरुले देश भक्ति, विर रस, जीवन जगतका छन्द, गद्य र पद्य सृजनाहरु वाचन गर्नुका साथै महाकवि देवकोटाको ११६ औं जन्मजयन्तीलाई आधार मानेर घतलाग्दा किस्सा र कहानीद्वारा चर्चा गरिएकोथियो ।

सृजना वाचन गर्नुहुने स्रष्टाहरु – डिल्लीराज आर्याल, सञ्जय सोती, भावकेशर वराल, एम पी पाण्डे, भावना न्यौपाने, नुरदेव खनाल, सम्पत काफ्ले, ओम प्रकाश आचार्य, डा. टि पी वराकोटी, अशोक कुमार लामिछाने, अर्पण आर्याल, रत्न निधी रेग्मी शुक्राचार्य, चिरञ्जिवी रेग्मी, उत्तम भट्टराई, विजया वस्नेत, राजेन्द्र कु वज्राचार्य, चन्द्र मादेन आन्छन, मनिष हेल्लोक, डिवी पालुङ्वा र गोविन्द घिमिरे वेदमणी गरी २२ जना कविहरु हुनुहुन्थ्यो भने केहि सभ्य श्रोताहरुको उपस्थित रहेको थियो ।

स्मरणीय रहोस- यो मनोहरा साहित्यिक साहित्यिक संस्था दर्ता भएको विसुद्ध नेपाली वाङ्मय पवित्र साहित्यिक संस्था हो, जस्ले उपत्यकामा प्रत्येक महिनाको दोस्रो शनिवार निरन्तर धारावाहिक कार्यक्रम गर्दै आईरहेकोछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार