२४ नोभेम्बर, हङकङ– कवि सुनिता गिरीकृत ‘माइत जाने बाटो’ कविता संग्रहको तेस्रो संस्करण विमोचन, महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ति संगै देउसी भैलो खेल्दै स्रष्टा वनभोज विशेष १३८ औं साहित्य श्रृंखला सम्पन्न भयो ।
पहिलो चरणको औपचारिक कार्यक्रमका प्रमुख अतिथि नेपाली वाणिज्यदुतावास हङकङका महावाणिज्यदुत उदय बहादुर राना मगर, साहित्य श्रृंखलाका संयोजक रमण गुरुङ, याउ चि मोङ डिस्ट्रिक काउन्सिलर अरुणा गुरुङ, साहित्य श्रृंखलाका संरक्षकहरु दाजु गुरुङ, राज कुमार राई तथा टंक सम्बाहाम्फे, एन.आर.एन.ए.आई.सी.सी.महिला सचिव टिका राना, यू.के.बाट आउनु भएका कवि तथा साहित्यकार जयालक्ष्मि राई तथा सुमल कुमार गुरुङ लगायत मन्चमा विशेष अतिथिका रुपमा आसिन विभिन्न साहित्यिक व्यक्तित्व, बुद्धिजिवी तथा समाजसेवीहरुद्धारा सामूहिक रुपमा ‘माइत जाने बाटो’ कविता संग्रहको तेस्रो संस्करण विमोचन गरिएको थियो भने उक्त पुस्तक माथि कवि तथा साहित्यकार बज्र कुमार राईले समीक्षा राखेका थिए ।
साहित्य श्रृंखलाकी सदस्य जानु काम्बाङ लिम्बुद्धारा स्वागत मन्तब्य राखिएको उक्त कार्यक्रममा प्रमुख अतिथि उदय बहादुर राना मगर, सभापति रमण गुरुङ, विशेष अतिथिहरु अरुणा गुरुङ, जयालक्ष्मि राई लगायतले शुभकामना मन्तब्य राखेका थिए भने साहित्य श्रृंखलाकी सल्लाहकार पूर्णिमा शाहले विमोचित कविता संग्रह भित्रका कविता वाचन गरेकी थिईन ।
साहित्य श्रृंखलाका सह–संयोजक रोशन यक्सोद्धारा संचालन गरिएको उक्त कार्यक्रममा हङकङ साहित्यिक साझा श्रृंखलाकी पूर्व संयोजक तथा वर्तमान सल्लाहकार समेत रेहकी ‘माइत जाने बाटो’ कविता संग्रहकी लेखिका कवि सुनिता गिरीले साहित्य सृंखला परिवार लगायत साहित्यमा अगाडी बढिरहन हौसल्ला प्रदान गर्ने सम्पूर्ण महानुभावहरु प्रति एकमुष्ठ आभार व्यक्त गरेकी थिइन ।
हङकङ साहित्यिक साझा श्रृंखला प्रकाशक रहेको उक्त कविता संग्रहमा दोस्रो संस्करण सम्म आइपुग्दाका ३२ र नयाँ १४ सहित ४६ वटा कविताहरु पढ्न पाइने छ ।
पहिलो चरणको औपचारिक कार्यक्रमको समापनसंगै शुरु भएको दोस्रो चरणको कार्यक्रममा ढिलै भए पनि तिहारको उपलक्ष्यमा देउसीभैलो संगै नाचगान गरेर रमाइलो गरिएको थियो ।
साहित्य श्रृंखला स्थापना भएयता दोस्रो पटक आयोजना गरिएको स्रष्टा वनभोज कार्यक्रममा बी.बी.क्यू. सहित सेलरोटी, चाम्रे भात, आलुदम लगायतका टिपिकल नेपाली खानाहरुको व्यावस्था समेत गरिएको थियो ।