संखुवासभा समाज हङकङको देउसी भैलो कार्यक्रम सम्पन्न

  टोपबहादुर याक्खा

२३ नोभेम्बर, हङकङ– संखुवासभा समाज हङकङद्धारा एक आपसमा शुभकामना आदनप्रदान, देउसी भैलो तथा नाँचगान गर्दै शनिबार साँझ समाजको वार्षिक कार्यक्रम “देउसी भैलो तथा शुभकामना आदन प्रदान कार्यक्रम–२०२४” सम्पन्न गर्यो ।
जोर्डनस्थित ब्लु ओसन रेष्टुरेण्टमा आयोजित कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष प्रकाश गुरुङ (जे.पी.) को श्वागत मन्तब्यसंगै समाजका अध्यक्ष लिला बहादुर गुरुङ तथा प्रमुख अतिथि समाजका सल्लाहकार एवं नेपाल चेम्बर अफ कमर्श हङकङका अध्यक्ष लव कुमार गुरुङका साथै मञ्चमा रहेका अन्य विशेष अतिथिहरुद्धारा सामूहिक रुपमा पानसमा बत्ति बालेर कार्यक्रमको उद्धघाटन गरिएको थियो ।
समाजका सचिव मणि शेखर गुरुङद्धारा संचालन गरिएको कार्यक्रममा समाजका अध्यक्ष लिला बहादुर गुरुङ, प्रमुख अतिथि लव कुमार गुरुङ तथा अन्य विशेष अतिथिहरु समाजका सल्लाहकार दाजु गुरुङ, किरात याक्खा छुम्मा हङकङका अध्यक्ष टोप बहादुर याक्खा, सुष्मा गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
छोटो औपचारिक कार्यक्रमको समापनसंगै स्थानिय जिल्लाबासी गायक शिवराज गुरुङले गीत गाएर जिल्लाबासीहरुलाई नचाएका थिए भने अन्य कलाकारहरु मेन्जिला गुरुङ, प्रिया गुरुङ, सृजना गुरुङ, निभदिता थापा, बिना चाम्लिङ राई, बन्दना गुरुङ, स्वस्तिका गुरुङ र सजिता गुरुङले नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए ।
हङकङबासी संखुवासभालीहरुको बाकुलो उपस्थिती बीच एक आपसमा दशै तिहारको शुभकामना आदनप्रदान, भलाकुसारी, देउसीभैलो तथा सामूहिक नाँचगान गरेर भरपूर मनोरञ्जन लिदै कार्यक्रम सम्पन्न भएको थियो ।
१९९६ मा स्थापित हङकङकै दोस्रो जेठो संस्थाको रुपमा रहेको संखुवासभा समाज हङकङ विगत देखि नै हङकङमा एउटा नमूना संस्थाको रुपमा चिनिदै आएको छ भने सामाजिक संगै आर्थिक क्षेत्रमा समेत संखुवासभालीहरुलाई एकसाथ अगाडी बढाउँने उदेश्य अनुरुप २०२१ बाट जिल्लाबासीहरुलाई समेटेर ‘संखुवासभा वचत समूह हङकङ’ समेत संचालनमा ल्याएको छ ।

Photo @ Zap Studio


 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार