१ डिसेम्बर, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलाको आयोजनामा वरिष्ठ कवि तथा साहित्यकार सुमल कुमार गुरुङको एकल कविता वाचन कार्यक्रम सम्पन्न भयो ।
आइतबार जोर्डनस्थित याक एण्ड यती रेष्टुरेण्टमा आयोजत उक्त कार्यक्रममा कवि गुरुङले पहिलो खण्डमा आधा दर्जन कविता, दोस्रो खण्डमा आधा दर्जन मुक्तक र तेस्रो खण्डमा आधा दर्जन गजलहरु वाचन गरेर सुनाएका थिए ।
उपस्थित साहित्यकार, साहित्यानुरागी महानुभाव तथा आफन्जनहरुलाई बाल कलाकार सजना गुरुङद्धारा सुन्दर नृत्य प्रस्तुत गर्दै मनोरञ्जन समेत दिलाईएको उक्त कार्यक्रममा हङकङबासी साहित्यकारहरु बज्र कुमार राई, जुनु राना, बालिका वान्तावा, शिला घमाल लगायतले कवि गुरुङकै कृतिहरुबाट एक–एक कविता समेत वाचन गरेर कार्यक्रमलाई सफल पार्न मद्धत गरेका थिए ।
साहित्य श्रृंखलाका संरक्षक दाजु गुरुङको श्वागत मन्तव्य संगै शुरु भएको उक्त कार्यक्रमको अध्यक्षता साहित्य श्रृंखलाका संयोजक रमण गुरुङले गरेका थिए भने कार्यक्रमलाई श्रृंखलाका सल्लाहकार टी.बी. याक्खाले संचालन गरेका थिए ।
लामो समय हङकङ बसेर हाल यू.के.बस्दै आउनु भएका कवि तथा साहित्यकार सुमल कुमार गुरुङका विभिन्न विधाका आधा दर्जन कृतिहरु प्रकाशित भइसकेका छन् भने दर्जनौ साहित्यिक पुरस्कारहरु समेत पाइसकेको छन् ।