१७ नोभेम्बर २०२५ हङकङ।
नेपाल चेम्बर्स अफ कर्मस हङकङको छैठौ अधिवेशन सम्पन्न भएको छ । जोर्डन स्थित ब्लू ओसन रेष्टुरेण्टमा सम्पन्न उक्त अधिवेशनबाट शशिमदन राईको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ । नव गठित कार्यसमिति पदाधिकारीहरूमा: अध्यक्ष शशीमदन राई (सयपत्री) महासचिव- बरदान गुरुङ (गडसेन्ड कम्पनी), सचिव- जयप्रकाश गुरुङ (टु युन कि), कोषाध्यक्ष- लक्ष्मण थापा मगर (ॐ नमबुद्ध) र सदस्यहरु- विक्की थापा (एशिया भेन्च्योर), विश्वनाथ घिसिङ (सासुम को) निर्बिरोध निर्वाचित भएका छन भने दुई उपाध्यक्ष पदको लागि धिरज कुमार राई, प्रदिप कन्दङवा, बिनय शाह र तुलसि उप्रेति लगायत ४ जना उमेदवारको नाम दर्ता भएको थियो । प्रजातान्त्रिक पद्धतिको चुनावी प्रक्रियाबाट उमेदवार छनौट गर्ने क्रममा कुल खसेको मत परिणाम अनुसार आफ्नो प्रत्यासिहरूलाई पछि पार्दै धिरजकुमार राई (नेपाल फाईनान्स) ३४ मत र प्रदिप कन्दङ्वा (नेटिभ विङ्स)३० मत प्राप्त गरेर उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।
हङकङमा रहेका नेपाली ब्यवसायिहरूको माउ संस्थाको रूपमा स्थापित नेपाल चेम्बर अफ कमर्स हङकङको छैठौं अधिवेशनलाई सफल्तापूर्बक सम्पन्न गर्न आमन्त्रित यहाँका बिभिन्न संध संस्थाका ब्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो । महाबाणिज्यदूतावास हङकङका महाबाणिज्यदूत सतिश गुरुङको प्रमुख आतिथ्य रहेको कार्यक्रममा डिस्ट्रिक काउन्सिलर अरूणा गुरूङ, एनआरएन हङकङका अध्यक्ष गोकर्ण ढकाल, नेपाली महासंघ हङकङका अध्यक्ष रिता गुरूङ अतिति रहेका थिए ।
बगैचा सन्चार हङकङ