१४० औं साहित्य श्रृंखलामा ‘बुँदा कविताहरु’ सहित पाँच कृतिहरु सार्वजनिक

  टोपबहादुर याक्खा

२६ जनवरी, हङकङ– कालेबुङ, भारतमा रहेर लामो समयदेखि नेपाली साहित्यको क्षेत्रमा कलम चलाउदै आएका कवि निमा छिरिङ भोटियाको ‘बुँदा कविताहरु’ संगै अन्य विभिन्न विधाका चार कृतिहरु सार्वजनिक, कृतिहरु माथि टिप्पणी तथा सृजना वाचन गर्दै १४० औं हङकङ साहित्यिक साझा श्रृंखला सम्पन्न भयो ।
श्रृंखलाका संयोजक रमण गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा निमा छिरिङ भोटियाको कविता संग्रह ‘बुँदा कविताहरु’, डा.अञ्जना वस्ती (भटृराई) को ‘स्मृतिलोकको यात्रा’, माया ठकुरीका ‘कथाहरु’, सरिता अर्यालको ‘खुसीको फड्को’ र प्रदीप सापकोटाको ‘यात्राको लय’ गरी पाँच कृतिहरु सार्वजनिक गर्दै उक्त कृतिहरु माथि छोटो टिप्पणी समेत गरिएको थियो ।
श्रृंखलाका सह–संयोजक रोशन यक्सोद्धारा संचालन गरिएको उक्त कार्यक्रममा उपस्थित कवि तथा साहित्यकारहरु सुन्दर गुरुङ, बालिका बान्तावा, जानु काम्बाङ लिम्बु, सुनिता गिरी, नारायण भण्डारी, धर्म राई लगायतले सृजना वाचन तथा आफ्ना भनाईहरु राखेका थिए भने श्रृंखलाका संरक्षक तथा सल्लाहकारहरु दाजु गुरुङ, राज कुमार राई, टंक सम्बाहाम्फे र बज्र कुमार राईले सृजना वाचन तथा समग्र कार्यक्रम बारे आफ्ना भनाईहरु राखेका थिए ।
श्रृंखलाका संयोजक रमण गुरुङद्धारा सृजना वाचन संगै आफ्ना भनाईहरु राख्दै समापन गरिएको उक्त कार्यक्रममा निकट भविश्यमै हुन गइरहेको साहित्य श्रृंखलाको १३ औं वार्षिकोत्सवको तयारी सम्बन्धमा छलफल समेत गरिएको थियो ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि विगत १३ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत समेत गर्दै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार