बालिका बान्तावाकृत उपन्यास ‘प्याउली’ हङकङमा विमोचित

२७ अप्रिल, हङकङ– हङकङ साहित्यिक साझा श्रृंखलाको सक्रिय सदस्य समेत रहेकी हङकङबासी कवि तथा आख्यानकार बालिका बान्तावाकृत उपन्यास ‘प्याउली’ लोकार्पण कार्यक्रम आइतबार जोर्डनस्थित याक एण्ड यति रेष्टुरेण्टमा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि किरात राई यायोक्खा हङकङका अध्यक्ष गजेन्द्र राई, कार्यक्रमका सभापति किरात राई प्रज्ञा प्रतिष्ठान हङकङका कुलपति शशीमदन राई र विशेष अतिथिहरु हङकङ साहित्यिक साझा श्रृंखलाका संयोजक रमण गुरुङ, किरात राई बान्तावा खिम हङकङका कार्यबाहक अध्यक्ष धिरज कुमार बान्तावा त्यस्तै गरि उपन्यास ‘प्याउली’ को समीक्षकद्धय राज कुमार राई र जानु काम्बाङ लिम्बुका साथै विभिन्न साहित्यिक र समाजसेवी व्यक्तित्वहरुद्धारा सामूहिक रुपमा लोकार्पण गरिएको उपन्यास ‘प्याउली’ माथि हङकङ साहित्यिक साझा श्रृंखलाका संरक्षक समेत रहेका साहित्यकार राज कुमार राई र साहित्य श्रृंखलाकै सदस्य कवि तथा साहित्यकार जानु काम्बाङ लिम्बुले गहन समीक्षा राखेका थिए ।
किरात राई प्रज्ञा प्रतिष्ठान हङकङका सचिव वसन्त राईद्धारा स्वागत मन्तब्य राखिएको उक्त कार्यक्रममा प्रमुख अतिथि गजेन्द्र राई, सभापति शशीमदन राई लगायत अन्य अतिथिहरु धिरज कुमार बान्तावा, हरि साम्पाङ, डा.चुरा थापा, रमण गुरुङ, दाजु गुरुङ, चन्द्र मादेन ‘आन्छन’, कमल पौड्याल, सुनिता गिरी, जुनु राना लगायतले शुभकामना मन्तब्य राखेका थिए भने कृतिकार बालिका बान्तावाले आयोजक र सह–आयोजक संस्थाका साथै कार्यक्रमलाई सफल पार्न उपस्थत सबै प्रति धन्यवाद मन्तव्य राखेकी थिइन ।
कार्यक्रम आयोजक किरात राई प्रज्ञा प्रतिष्ठानका सह–सचिव बज्र कुमार राईद्धारा संचालन गरिएको कार्यक्रमा आयोजक किरात राई प्रज्ञा प्रतिष्ठान हङकङ र सह–आयोजकद्धय संस्थाहरु किरात राई बान्तावा खिम हङकङ तथा हङकङ साहित्यिक साझा श्रृंखलाद्धारा उपन्यासकार बालिका बान्तावालाई फूलगुच्छा र ताम्रपत्र सहित खदा तथा गम्छा ओढाएर सम्मान गरिएको थियो भने कृतिकारको जन्मदिन आजै परेकाले केक काटेर जन्म उत्सव समेत मनाइएको थियो ।
उपन्यासकार बालिका बान्तावाको आफ्नै जीवन भोगाईहरु समेटिएको ‘प्याउली’ विभिन्न भागहरु जोडेर जम्मा २३१ पेजको रहेको छ भने उक्त कृतिलाई कलरव, धरानले प्रकाशनमा ल्याएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार