१८ मे, हङकङ– द नेप्लिज एशोसिएशन हङकङद्धारा ‘स्रष्टा सम्मान तथा पुस्तक प्रदर्शनी–२०२५’ कार्यक्रमको आयोजना गरी हङकङमा रहेर नेपाली भाषा तथा साहित्यको विकासमा लागि पर्दै कृति प्रकाशन गर्ने डेढ दर्जन साहित्यकारहरुलाई एकसाथ ताम्रपत्रद्धारा सम्मान गर्यो । 
यसरी सम्मानित हुने स्रष्टाहरुमा दाजु गुरुङ, राज कुमार राई, बालिका बान्तावा, डम्बरकृष्ण श्रेष्ठ, चन्द्र मादेन ‘आन्छन’, जानु काम्बाङ लिम्बु, टंक सम्बाहाम्फे, नरजित राई, टोपबहादुर याक्खा, सुनिता गिरी, पूर्णिमा शाह, डोम राना, रमण गुरुङ, जुनू राना, दीपा एवाई राई, बज्र कुमार राई र विशु सम रहेका छन् ।
द नेप्लिज एशोसिएशन हङकङका अध्यक्ष
प्रदिप थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ रहेकी थिइन भने विशेष अतिथिका रुपमा याउ चि मोङ डिष्ट्रिक काउन्सिलर अरुणा गुरुङ, महासंघका सल्लाहकार हेम सुब्बा, कुल बहादुर गुरुङ, नेपाल आदिवासी जनजाती महासंघका सल्लाहकार कृष्णराज लावती लगायत रहेका थिए । 
प्रदिप थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ रहेकी थिइन भने विशेष अतिथिका रुपमा याउ चि मोङ डिष्ट्रिक काउन्सिलर अरुणा गुरुङ, महासंघका सल्लाहकार हेम सुब्बा, कुल बहादुर गुरुङ, नेपाल आदिवासी जनजाती महासंघका सल्लाहकार कृष्णराज लावती लगायत रहेका थिए । 
हङकङका संस्थाहरुको भिडमा अलि फरक ढंगले रचनात्मक कार्यहरु मात्र गर्ने उदेश्का साथ २०२३ मा स्थापना भएको द नेप्लिज एशोसिएशन हङकङले विगतमा पनि यस्तै रचनात्मक कार्यक्रमहरु गर्दै आएको र भविष्यमा समेत संख्यामा थोरै तर यस्तै समाजमा अमिट छाप छाड्न सक्ने
रचनात्मक कार्यक्रमहरु गर्दै लैजाने आफ्नो सपना रहेको हङकङ नेपाली महासंघका पूर्व अध्यक्ष तथा सल्लाहकार समेत रहेका द नेप्लिज एशोसिएशन हङकङका अध्यक्ष प्रदिप थापाले बताए ।
रचनात्मक कार्यक्रमहरु गर्दै लैजाने आफ्नो सपना रहेको हङकङ नेपाली महासंघका पूर्व अध्यक्ष तथा सल्लाहकार समेत रहेका द नेप्लिज एशोसिएशन हङकङका अध्यक्ष प्रदिप थापाले बताए ।याउ मा तेई कम्युनिटी हलमा आयोजित उक्त कार्यक्रममा स्थानिय गायिकाहरु सरला तामाङ, पवित्रा साम्पाङ राई र रोशा लिम्बुले
श्वागत गीत प्रस्तुत गरेका थिए भने साहित्यकार समेत रहेका हङकङ नेपाली महासंघका उपाध्यक्ष नविन सुहाङले संचालन गरेका थिए ।
श्वागत गीत प्रस्तुत गरेका थिए भने साहित्यकार समेत रहेका हङकङ नेपाली महासंघका उपाध्यक्ष नविन सुहाङले संचालन गरेका थिए ।हङकङको इतिहासमै पहिलो पटक आयोजित ‘स्रष्टा सम्मान तथा पुस्तक प्रदर्शनी–२०२५’ कार्यक्रममा हलको एउटा भागमा भने हङकङेली साहित्यकारहरुद्धारा प्रकाशित विभिन्न विधाका कृतिहरु प्रदर्शनमा राखिएको थियो ।
फोटो सौजन्यः ज्याप स्टुडियो













