काठमाडौं – चार पटकको विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा मंगलबार बिहान भएको राउण्ड अफ ३२ को खेलमा दक्षिण अमेरिकी राष्ट्र पाराग्वेले जर्मनीलाई सडनडेथमा ४-३ ले पराजित गरेको हो । पाराग्वेका लागि जोसे क्यानालेले निर्णायक पेनाल्टी प्रहार गोल गरेका हुन् । जर्मनी विश्वकपमा पेनाल्टी सुटआउटमा पराजित भएको यो पहिलो पटक हो ।सन् २००२ मा जापान कोरियामा भएको विश्वकपको अन्तिम १६ मा जर्मनीसँगै पराजित भएको पाराग्वेले २४ वर्षपछि त्यो हारको बदला समेत लिएको छ । निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयमको खेल १-१ को बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट तय भएको हो । जारी विश्वकपमा पेनाल्टीसुटआउटबाट निर्णय भएको यो पहिलो खेल हो । पाराग्वेले अब फ्रान्स र स्वीडेन बीचको विजेतासँग अन्तिम १६ मा खेल्नेछ । जर्मनी जारी विश्वकपबाट बाहिरिने दोस्रो पूर्व विजेता बनेको छ । यसअघि ने उरुग्वे समूह चरणबाटै बाहिरिसकेको छ । पाराग्वेका लागि माउरिसियो, गोस्ताभो गोमेज, माथियस गालार्जा र जोस कालानेले पेनाल्टी सुटआउटमा गोल गरे । जर्मनीका लागि कप्तान जोसुअ किम्मिच, जमाल मुसिएला र नादिएम अमेरिकीले गोल गरे । काभइ हाभार्ट र निक वाल्टमेडको पेनाल्टी पाराग्वेका गोलकिपर ओर्लान्डो गिलले बचाए भने जोनाथन ताहाको प्रहार पोस्ट भन्दा बाहिर गयो । सुरुवाती पाँच पेनाल्टी प्रहारमा दुवै टिमका गोलकिपरले दुई-दुई पेनाल्टी बचाउँदा ३-३ को बराबरी भएको थियो । त्यसपछि छैटौं पेनाल्टी प्रहार गरेका जर्मनीका ताहको प्रहार पोस्टमाथिबाट बाहिरियो । त्यसपछि जोसे कानालेले पाराग्वेका लागि निर्णायक पेनाल्टी गोलमा परिणत गरे । त्यसअघि जुलियो इनसिसोले ४२औं मिनेटमा गोल गर्दै पाराग्वेलाई पहिले अग्रता दिलाएका थिए भने काई हाभार्टले ५४औं मिनेटमा जर्मनीका लागि बराबरी गोल फर्काएका थिए । अतिरिक्त समयमको १२औं (१०२औं) मिनेटमा जर्मनीका जोनाथान ताहले गोल गरेपनि विपक्षी खेलाडीलाई फल भएका कारण भिएआर जाँचपछि गोलले मान्यता पाएन । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको उपाधि जितेयता जर्मनीले विश्वकपको नकआउट चरणमा खेल जित्न सकेको छैन । पछिल्लो दुई विश्वकपमा समूह चरणबाटे बाहिरिएको जर्मनी १२ वर्षपछि नकआउट चरण पुगेपनि पहिलो खेलमा पाराग्वेसँग पराजित हुँदा बाहिरिनुपरेको हो । पाराग्वेले भने दोस्रो पटक विश्वकपमा जकआउट चरणको खेल जितेको हो । सन् २०१० मा दक्षिणद अफ्रिकामा भएको विश्वकपमा जापानलाई अन्तिम १६ खेलमा पेनाल्टीसुटबउटमै पराजित गर्दे पाराग्वे क्वाटरफाइनलसम्म पुगेको थियो । तर स्पेनसँग पराजित हुँदै बाहिरिएको थियो । यस पटक पाराग्वेले नकआउट चरणमा पहिलो खेलमे पूरव् विजेता जर्मनीलाई स्तब्ध पार्दे अगाडि बढिसकेको छ ।साभार : अखप












