थप तीन प्रान्तीय राजधानी तालिबानको कब्जामा…..

एजेन्सी, ग्रामीण क्षेत्रबाट सहरी क्षेत्र कब्जा गर्ने अभियानमा रहेको तालिबानले अफगानिस्तानका थप तीनवटा प्रान्तीय राजधानीहरू कब्जा गर्न सफल भएको छ । शुक्रबार यता विद्रोही समूहले ५ वटा प्रान्तीय राजधानीहरूमा नियन्त्रण बनाउन सफल भएको हो । आइतबार देशको उत्तरी भागमा रहेका कुन्डुज, सार–ए–पोल र तालोकान केही घण्टाको अन्तरमा तालिबानको कब्जामा पुगेको सहरमा रहेका सरकारी अधिकारी र तालिबानले पुष्टि गरेका छन् । ...

हरेक मन्त्री र सचिवका गुप्त कोठामा सीसी क्यामेरा राख्नुपर्ने…..

काठमाडौँ — राष्ट्रिय सभा सदस्य खिमलाल देवाकोटाले शासन प्रणालीलाई पारदर्शी बनाएर जनतालाई राज्यले दिने सेवा र सुविधा पारदर्शी बनाउनुपर्ने सुझाव दिएका छन् । वर्तमान सरकारले पारदर्शी शासन व्यवस्थाका लागि हरेक मन्त्री र सचिवका गुप्त कोठामा सीसी क्यामेरा राख्नुपर्ने उनको भनाइ थियो । राष्ट्रिय सभाको आइतबारको बैठकमा देवकोटाले भने, 'यो सरकारले हरेक मन्त्रालयको मन्त्री र सचिवले भित्र गुप्त कोठामा गरिरहेका क...

नेपालकी छोरी बेलायतको टोटेनह्याम फुटबल क्लबमा आबद्ध…..

भूपू गोर्खा सैनिककी छोरी अस्मिता आले बेलायतको सुपरिचित क्लब टोटेनह्याम फुटबल क्लबबाट खेल्दै छन् । उनले सन् २०२३ सम्मका लागि क्लबमा आबद्ध रहने गरी हालै सम्झौता गरेकी हुन् । यसअघि एस्टोन भिल्लामा सन् २०२१ र २०२२ का लागि अनुबन्धित थिइन् । वुमन सुपर लिगमा भिल्लाबाट सहभागी भएकी १९ वर्षीया आले उक्त क्लबबाट १८ वटा खेलमा सहभागी भएकी थिइन् । आले १९ वर्षमुनिका सहभागी हुने ‘युरोपियन च्याम्पियन फाइनलस्’ का ला...

ग्रीष्मकालीन ओलम्पिक आइतबार सम्पन्न हुँदै…..

काठमाडौँ, कुनै पनि देशमा विश्वकै ठूलो मेला आयोजना हुनु त्यहाँका जनताका लागि गौरवको विषय बन्ने गर्दछ। विरलै मात्र यस्ता आयोजना देशभित्र गर्न पाइन्छ भन्ने महसुस गरेर उनीहरूले उत्सव नै मनाउने गर्छन् । लामो इतिहास बोकेको खेलकुद क्षेत्रकै सबैभन्दा ठूलो आयोजना ओलम्पिक हुँदा पनि स्वाभाविक रूपमा सोही प्रक्रिया हुने गर्छ। तर, १ सय २५ वर्षे ओलम्पिक इतिहास यस पटक भने फरक रह्यो। ३२औं संस्करणको छ। खेलका प्रतिस...

सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिँदै…..

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि सार्वजनिक गरिँदै छ । गठबन्धनका शीर्ष नेताको सहभागितामा आइतबार अपरान्ह ४ बजेपछि सिंहदरबारमा कार्यदलले तयार पारेको कार्यविधि प्रतिवेदन सार्वजनिक गरिने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले रातोपाटीलाई जानकारी दिइन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले आ...

नेइमारभन्दा ५० लाख बढी तलब…..

अर्को कुनै आश्चर्य भएन भने लियोनल मेसी अब पेरिस सेन्ट जर्माइन (पिएसजी) को खेलाडी हुनेछन् । बार्सिलोनाले मेस्सीको बर्हिगमन पुष्टि गरेसँगै अर्जेन्टिनी खेलाडीलाई भित्र्याउन फ्रान्सेली क्लब पिएसजीले प्रक्रिया थालिसकेको छ ।  फ्रान्सेली पत्रिका इल इक्यिुपेले मेस्सी र पिएसजीबीचको नयाँ सम्झौताको खुलासा समेत गरिसकेको छ । यस पत्रिकाकाअनुसार मेस्सीका लागि क्लबले तीन वर्षको सम्झौता तयार गरिसकेको छ । जसअनुसार ...

सुरु भयो एक हप्ते मास्क अभियान…..

काठमाडौं, शनिबारदेखि मास्क एक हप्ते मास्क अभियान सुरु भएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक साता लामो मास्क अभियान सुरु गरेको हो । अभियान राजधानीको नवनिर्मित धरहराबाट सुरु गरिएको हो। धरहरामा प्रोजेक्टरमार्फत नेपाल मास्क अभियानको ब्यानर देखाइएको थियो। कोभिड १९ को तेस्रो लहर शुरु हुन थालेको अव...

टोकियो ओलम्पिकमा चीन शीर्ष स्थानमा…..

जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७५ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीन शीर्षस्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म ३४ स्वर्ण, २४ रजत र १७ कास्य पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले ३१ स्वर्ण, ३५ रजत र ३० कास्य पदक प्राप्त गरेको छ भने जापानले २३ स्वर्ण, १० रजत र १५ कास्य प्राप्त गर...

जापान सरकारले दिएको एस्ट्राजेनेका खोप आइपुग्यो…..

काठमाडौं ,जापान सरकारले उपलव्ध गराइएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ । जापान सरकारले कोभ्याक्स परियोजना अन्तर्गत नेपाललाई उपलव्ध गराएको खोपको पहिलो खेप काठमाडौं आइपुगेको हो । कतार एयरवेजको विमानमार्फत ३ लाखभन्दा बढी डोज खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । जापान सरकारले नेपाललाई १६ लाख डोज खोप सहयोगस्वरुप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सोही योजनाअनुसार श...

तत्काल परीक्षा नगर्न स्वास्थ्य मन्त्रालयको सिफारिस…..

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढिरहेकोले कक्षा १२ सहित सबै परीक्षा तत्काल नगर्न सीसीएमसी (कोभिड–१९ संकट व्यवस्थापन केन्द्र) र शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ । कक्षा १२ को परीक्षा साउन ३१ देखि सञ्चालन गर्न परीक्षा तालिका सार्वजनिक भइसकेको छ । स्वास्थ्य मन्त्रालयले विज्ञहरुसँगको छलफलपछि परीक्षा सञ्चालन गर्न उपयुक्त नहुने सिफारिस गरिएको हो । मृत्युदर १.५ प्रतिशत रह...

महाधिवेशन र सरकार सञ्चालनबारे युवा नेताले देउवालाई सुझाव…..

काठमाडौं, नेपाली काँग्रेसका ९ जना युवा नेताले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई १४ औँ महाधिवेशन र सरकार सञ्चालनमा सन्दर्भमा सुझाव दिएका छन् । शुक्रबार साँझ देउवालाई भेट्न युवा नेताहरु बालुवाटार पुगेका थिए । नेताहरू डा. चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, कमला पन्त, गुरुराज घिमिरे, बद्री पाण्डे, जीवन परियार, सरिता प्रसाईं, रामकृष्ण यादव बालुवाटार पुगेका थिए । देउवासँगको भेटपछि न...

ओलीसँग एकता नगर्ने माधव समूहको निष्कर्ष…..

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले अध्यक्ष केपी ओलीसँग लतारिएर एकता नगर्ने निष्कर्ष निकालेको छ । शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए ‘हामी लतारिँदैनौ, सम्मानजनक एकताको पक्षमा छौ, एकता दुवै पक्षको जित हो, विभाजनमा गयौँ भने सर्वनाश हो’, पन्तले बैठकको निष्कर्ष सुनाउँदै भने । त्यस्तै बैठकले अध्यक्ष ओली पक्षले एकपक्षीय रूपमा ...