फाइजरको खोपले ल्याएको खुसी : पुष्टि हुन बाँकी कुरा धेरै छन् !……

कोरोनाभाइरसको महामारीले विश्वव्यापी रुपमा १२ लाखभन्दा बढीको ज्यान लिइसकेको छ । यो अवस्थामा औषधी निर्माता कम्पनीहरु फाइजर (जर्मनी) र बायोंटेक (अमेरिका) ले तेस्रो चरणको परीक्षण गरेको खोप ९० प्रतिशत सफल भएको खबरले संसारभरि नै उत्साहको लहर छाएको छ । वैज्ञानिकहरु एवं विश्वका राजनेताहरुले त्यसको स्वागत गर्दै हर्षोल्लास प्रकट गरिरहेका छन्, शेयर बजारले गति लिएको छ । तर यो भ्याक्सिन साँच्चै नै अन्तिम रुपमा...

पछिल्लो २४ घण्टामा थपिए २७ सय ३६ कोरोना संक्रमित, ८ सय ५३ डिस्चार्ज……

पछिल्लो २४ घन्टामा नेपालमा थप २७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मंगलबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ५३ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ जना पुगेको छ । य...

फाइजरको कोरोना खोप ९० प्रतिशत सफल……

अमेरिकी औषधि उत्पादक कम्पनी फाइजरले कोरोना भाइरसविरुद्ध आफूले बनाइरहेको खोप ९० प्रतिशत प्रभावकारी देखिएको सोमबार जनाएको छ। कम्पनीका अनुसार विश्वका ६ देशका ४३ हजार मानिसमा खोप परीक्षण गरिएको थियो। जर्मन कम्पनी बायोएन टेकसँगको सहकार्यमा अमेरिकी कम्पनी फाइजरले बनाइरहेको खोपको औपचारिक अनुमोदनका लागि नोभेम्बर अन्त्यसम्म सम्बन्धित निकायमा निवेदन दिने बताइएको छ। औषधि निर्माता यी दुई कम्पनीले खोपको यो विक...

पछिल्लो २४ घण्टामा थपिए २५ सय ७१ कोरोना संक्रमित, १७ सय ९८ डिस्चार्ज……

पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ७ सय ९८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५९ हजार ७ सय २४ ज...

सरकारले शुल्क असुल्न थालेपछि अस्पताल जाने ह्वात्तै घटे……

सरकारले कोरोना संक्रमितको उपचारमा शुल्क लिने निर्णय गरेसँगै देशभर कोरोनाको उपचारका लागि अस्पताल जानेको संख्या ह्वात्तै घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर ६ हजार २२२ जना मात्रै संस्थागत आइसोलेशनमा रहेका छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा १०३४, प्रदेश २ मा ३३, बागमती प्रदेशमा ३ हजार ५१२, गण्डकी प्रदेशमा १ हजार २६३, लुम्बिनी प्रदेशमा १ हजार २४७, कर्णाली प्रदेशमा १४ र सुदू...

जो बिडेन अमेरिकाकाे नयाँ राष्ट्रपति……

डेमोक्र्याट जो बिडेनले ह्वाइट हाउसलाई जितेका छन्, अमेरिकी मिडियाले शनिबार भने, अमेरिकी राजनीतिलाई विफल तुल्याउने डोनाल्ड ट्रम्पलाई हराएर, विश्वलाई चकित तुल्याउने र संयुक्त राज्य अमेरिकालाई दशकहरूमा भन्दा बढी विभाजित गर्ने राष्ट्रपति पदको अन्त। सीबीएस, एनबीसी र सीएनएन न्यूज नेटवर्कले हङकङको बिहान ठीक १२:३०, नेपालकाे शनिवार राति १०:१५ अघि परिणाम घोषणा गर्‍यो। पेन्सिल्भेनियामा ७७ बर्षे बिडेनला...

पछिल्लाे २४ घण्टामा २ हजार ७ सय ५३ जनामा कोरोना पुष्टि, २२ सय ६ जना डिस्चार्ज……

पछिल्लो २४ घण्टामा शनिबार थप २ हजार ७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । याेसँगै हालसम्म नेपालमा संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ । त्यसैगरी २४ घण्टामा २ हजार २०६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ५५ हजार ११४ संख्या पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म ३५ हजार ४३५ छ । मन्त्राल...

अमेरिकामा बाइडेन जित नजिक, अन्तिम नतिजा आउन अझै समय लाग्ने……

अमेरिकामा राष्ट्रपतिका लागि डेमोक्रयाट तर्फबाट उम्मेदवार बनेका जो बाइडेन जितको नजिक पुगेका छन्। अमेरिकाका धेरै ठाउँमा रातो पर्खाल भत्काउदै उनले निलो पर्खाल बनाउँदै राष्ट्रपति भवन ह्वाइट हाउस प्रवेशको सुनिश्चितता बढाउदै लगेका छन्। कुल ५३८ इलोक्टोरल मत मध्ये २७० इलोक्टोरल मत ल्याउने उम्मेदबार राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था अमेरिकामा रहेको छ। वाइडेनले अहिलेसम्म २६४ इलेक्टोरल मत प्राप्त गरिसकेका...

२४ घण्टामा थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार ४३० जना कोरोनामुक्त……

पछिल्लो २४ घण्टामा बिहीबार थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा १ लाख ८५ हजार ९७४ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ३ हजार ४३० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ४८ हजार ४०८ संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ छ । मन्त्रालयका अ...

ओबामाको लोकप्रिय मतको रेकर्ड तोडे बाइडेनले……

डेमोक्रेटिक पार्टीबाट अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनले बाराक ओबामाको लोकप्रिय मतको कीर्तिमानलाई तोडेका छन् । राष्ट्रपतीय चुनावमा सबैभन्दा धेरै लोकप्रिय मत प्राप्त गरेको नयाँ कीर्तिमान बनाउन बाइडेन सफल भएका हुन् । बाराक ओबामाले सन् २००८ मा ६ करोड ९४ लाख ९८ हजार ५१६ मत प्राप्त गरेका थिए । यसपटक बाइडेनले ओबामालाई उछिन्दै ७ करोड ४ लाख २७ हजार ६०९ हजार मत प्राप्त गरिसकेका छन् । हाल बाइडे...

थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि, थप ३० को मृत्यु……

बितेको २४ घण्टामा थप ३ हजार ३०९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९२३ पुगेको बताए । हालसम्म संक्रमितमध्ये १ लाख ४४ हजार ९७८ जना निको भएका छन् भने पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ८४४ जनामा संक्रमण पुष्टि भएको छ । यसैबीच पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकको कुल संख्या १ हजार ...

भारतीय स्थलसेनाध्यक्ष नरावणे आज नेपाल आउँदै……

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे नेपालको तीनदिने भ्रमणका लागि आज आउँदै छन्। नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुरुप उनी नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न यहाँ आउन लागेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई बिहीबार अपराह्न सेनाको मानार्थ ...