२४ घण्टामा थप १ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि, २४ को मृत्यु……

पछिल्लो २४ घण्टामा मंगलबार थप १ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ८१ हजार २९९ परीक्षणहरु गरिएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १७ हजार ८५९ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६२७ जना रहेका छन् । २४ घण्टामा ...

कोरोनाविरुद्धको खोप : नेपाल भित्र्याउन चुनौतीका पहाडै पहाड……

नेपालमा अब कोरोना विरुद्धको औषधि र खोप भित्र्याउने बाटो खुलेको छ । गत बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले ‘औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७’ जारी गरेपछि आपतकालीन प्रयोजनका लागि जुनसुकै खोप र औषधि नेपालले कानूनी रुपमा नै प्रयोग गर्न सक्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिपरिषद्को बैठकमा औषधि सम्बन्धि तेस्रो संशोधन लागि प्रस्ताव राखेपछि मन्त्रिपरिषद्ले राष्ट्रपति भण्डारीलाई सिफारिश गर...

पछिल्लो २४ घण्टामा थपिए १ हजार ९ सय ८० कोरोना संक्रमित……

पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८१ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ४३ जना डिस्चार्ज भएका छन् । नेपालमा हालस...

मत अवैध घोषणा गर्नुपर्ने ट्रम्पको माग खारेज……

अमेरिकाको पेन्सलभेनिया राज्यमा हुलाकमार्फत खसाइएका लाखौं मत अवैध घोषणा गर्न माग गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानले गरेको माग एक न्यायाधीशले खारेज गरिदिएका छन् । पेन्सलभेनियाका न्यायाधीश म्याथ्यु ब्रानले अनियमितता भएको भन्दै गरिएको मागदाबी ‘जायज नभएको’ ठहर गरेका अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् । आफ्नो आदेशमा न्यायाधीश ब्रानले ट्रम्पको चुनावी अभियान समूहले करिब ७० लाख मत...

ट्रम्प, ह्वाइट हाउसबाट निस्किन मानेनन् भने सेना लगाएर निकालिन्छ : ओबामा……

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले चुनाव हारेर पनि जिद्दी गरिरहे डोनाल्ड ट्रम्पलाई सेना लगाएर ह्वाइट हाउ (राष्ट्रपतिको कार्यालय) बाट निकालिने चेतावनी दिएका छन्। आफ्नो संस्मरण ‘अ प्रमिस्ड ल्यान्ड’का विषयमा एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा ओबामाले पत्रकारले गरेको प्रश्नमा त्यस्तो जवाफ दिएका हुन्। अन्तर्वार्ताकार जिमी किममेलले ट्रम्पलाई इंगित गर्दै ओबामासँग प्रश्न गरेका थिए, ‘तपाईंले त ह्...

डब्लुएचओले कोरोनाविरुद्ध प्रयोग भैरहेको रेमडेसिभिरलाई औषधिहरुको सूचीबाट हटायो……

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एन्टी भाइरल औषधि रेमडेसिभिरलाई कोरोना उपचार गर्न प्रयोग गरिने औषधिहरुको सूचीबाट हटाएको छ । विश्वका जुन–जुन देशका अस्पतालहरुमा कोरोना संक्रमितहरुको उपचारका लागि रेमडेसिभिर इन्जेक्सनको प्रयोग भैरहेको छ, ती देश र अस्पतालहरुलाई तुरुन्तै सो कार्य बन्द गर्न डब्लुएचओले आग्रह गरेको छ । संगठनले उक्त औषधि कोरोनाको उपचारमा सहयोगी रहेको कुनै प्रमाण नभएको समेत दाबी गरेको छ ।ट...

चिनियाँ खोप ‘मध्य चरणको परीक्षणमा सफल’……

कोभिड–१९ विरुद्ध चीनले विकसित गरेको खोपले मध्य–चरणको परीक्षणमा सफल भएको अनुसन्धानकर्ताहरूले बताएका छन् । चीनले कोभिड–१९ विरुद्ध विभिन्न खोपहरू तयार गरिरहेको छ । तीमध्ये केही खोप स्वास्थ्यकर्मी तथा अग्रमोर्चामा खटिएका सुरक्षाकर्मीमा लगाइसकिएको छ । सिनोभ्याक बायोटेकले विकसित गरेको ‘कोरोनाभ्याक’ खोपले तीव्र रूपमा रोग प्रतिरोधी क्षमता विकसित गरेको अनुसन्धानकर्ताहरूले जनाएका छन् । उक्त परीक्षण ७ सय ४४ ...

हङकङमा नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी, ७ को मृत्यु……

हङकङमा नेपालीले सञ्चालन गर्दै आएकाे लाइसेंसविहीन रेस्टुरेन्टमा आइतबार राति आगलागी हुँदा ९ वर्षीय बच्चासहित ७ जनाको मृत्यु भएको छ । मृतकमा अधिकांश नेपाली रहेको जनाइएको छ । अपार्टमेन्टको फ्ल्याटमा सञ्चालित सो रेस्टुरेन्टमा आइतबार बर्डथे मनाउनका लागि मानिसहरु भेला भएको र एकाएक मध्यरातमा आगलागी हुन पुगेको जनाइएको छ । अधिकारीहरुका अनुसार स्थानीय यउ माउ तेइमा भएको आगलागीमा परी मृत्यु हुनेमा ३ महिला र ४ ...

मेरो होइन, नागरिकको उपचार खर्च बेहोर्नुस्…..

कोरोना भाइरसबाट संक्रमित डा.गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो उपचार खर्च आफैं बेहोर्ने जवाफ फर्काउँदै नागरिकप्रतिको कर्तव्य पूरा गर्न सुझाव दिएका छन्।   शनिबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले उपचाररत डा.केसीको स्वास्थ्य लाभको कामना गर्दै उनको उपचारमा लाग्ने सबै खर्च सरकारले बेहोर्ने घोषणा गरेलगत्तै डा.केसीले विज्ञप्ति जारी गरी आफूलाई होइन, नागरिकलाई हेर्न सल्लाह द...

ओलीमाथि दाहालको प्रहार……

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पार्टीएकताको अढाई वर्ष नपुग्दै एकअर्काविरुद्ध प्रहार गरेर राजनीतिक दस्तावेज प्रस्तुत भएको छ। कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीले पार्टीको संगठन सिद्धान्त र पद्धतिमाथि प्रहार गरेको आरोप लगाउँदै सचिवलाय बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका छन्। बैठकको सुरुमै दाहालले छुट्टै राजनीतिक प्रतिवेदन पेस गरेर ओलीमा व्यक्तिवादी, एकाधिक...

पूर्वी लद्दाख क्षेत्रबाट पछि हट्ने भए चिनियाँ र भारतीय सेना……

वास्तविक नियन्त्रण रेखा (एलएसी) मा तनाव कम गर्न भारत र चीन सहमत भएका छन् । यो योजना अन्तर्गत अब पूर्वी लद्दाखको पैगान्ग ताल वरिपरि बनाइएको संरचना समेत भत्काइने भएको छ । र गस्तीमाथि पनि प्रतिबन्ध लगाइने भएको छ । अप्रिल र मे महिना दुई देशबीच तनाव बढेपछि यो संरचना बनाइएको थियो । श्रोतलाई उदृत गर्दै दैनिक भाष्करले जनाएअनुसार अब फिंगर ४ र फिंगर ८ का बीच कुनै गतिविधि गर्न पाइने छैन । योसँगै चीन आफ्नो पू...

भ्याक्सिन आयात सहज बनाउन अध्यादेश……

कोरोना भाइरस रोकथामको भ्याक्सिन तयार हुनेबित्तिकै आयात गर्ने कानुनी प्रक्रिया सहज बनाउन सरकारले अध्यादेश ल्याउने भएको छ । यसअघि विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको रेमडेसिभिर ल्याउनसमेत अड्चन भएकाले कोरोनाविरुद्धको खोपलगायत औषधि पत्ता लाग्नासाथ ल्याउन सजिलो हुने गरी कानुन संशोधन गर्न अध्यादेश ल्याउन लागिएको हो । अहिले विभिन्न मुलुकमा कोरोना भ्याक्सिनको क्लिनिकल परीक्षण भइरहेको छ । नेपालमा कोरोन...