वकिलले स्मारकमा भने, ‘जातिवादको महामारी’ ले जर्ज फ्लोएडको मृत्यु गरायो……

पुलिस हिरासतमा मृत्यु भएपछि, जर्ज फ्लोएडको परिवारका वकिल बेन्जामिन क्रम्पले बिहीबार बिहान भने कि यो "जातिवादको महामारी" हो जसले काला मानिसलाई मार्याे। क्रम्पले फ्लोएडको निर्मम हत्या पछि पहिलो स्मारकको बेला भने, "यो कोरोनाभाइरस महामारी थिएन जसले जर्ज फ्लोएडलाई मार्यो।" "अर्को महामारी जुन अमेरिकामा धेरै परिचित छ, जातिवाद र भेदभावको महामारी जसले जर्ज फ्लोडलाई मार्यो।" डाउनटाउन मिनियापोलिसको उत्तर केन...

कोरोनालाई केन्द्रमा राखेर बजेट बनाउन स्थानीय तहलाई सकारको निर्देशन……

सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण, रोकथाम, नियन्त्रण र यसबाट उपन्न हुने परिस्थितीलाई केन्द्रमा राखेर बजेट निर्माण गर्न स्थानीय तहहरुलाई निर्देशन दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्र लेख्दै स्थानीय तहहरुले आगामी आर्थिक बर्ष २०७७/७८ को लागि निर्माण गर्ने बजेटमा कोरोना रोकथाम नियन्त्रण र यसबाट उत्पन्न हुने परिस्...

भारत र अष्ट्रेलियाले एक अर्काको सैन्य आधार प्रयोग गर्ने सम्झौतामा हस्ताक्षर गरे……

भारत र अष्ट्रेलियाले एक अर्काको सैन्य अड्डामा पहुँच पुर्‍याउने सम्झौतामा मोहर लगाइसकेका छन्, भारतीय विदेश मन्त्रालयले भने - यो सम्झौताले इंडो-प्रशान्त क्षेत्रमा अझ बढी सैनिक आदानप्रदान र अभ्यासका लागि मार्ग स्पष्ट पार्नेछ। बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको अष्ट्रेलियाली समकक्ष स्कट मोरिसनबीच भर्चुअल सम्मेलनका दौरान पारस्परिक लजिस्टिक समर्थन सम्झौतामा हस्ताक्षर भएको थियो। सम्...

थप एक जनाको कोरोनाका कारण मृत्यु, मृतकको संख्या १० पुग्यो……

कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पाल्पालका ४५ वर्षिया पुरुषको मृत्यु भएको हो। भारतबाट आएका ति व्यक्ति स्थानीय क्वारेन्टिनमा थिए। स्वास्प्रस्वासमा समस्या भएपछि उनलाई पाल्पा मिसन अस्पताल ल्याइएको थियो। त्यहाँ नै उनको जेठ २० गते मृत्यु भएको देवकोटाले बताए। मृतक व्यक्ति पाल्पाको पूर्वखोला गाउँपालिका सिलुवाका हुन्। यस्तै पछिल्लो २४ घण्टा...

हङकङमा एक नेपाली युवाको मृत्यु

   हङकङमा एक नेपाली टिनएजर युवाको मृत्यु भएको छ। स्थायी घर झापा सुरुङ्गा भै हाल वान चाई मा बसोबास गर्दै आएका सत्र बर्षिय सन्जोक श्रेष्ठको गत मङ्गलबार साझ मृत्यु भएको हो । गम्भिर अवस्थामा फेलापरेका उनलाई अस्पताल पुर्याउदा मृत्यु घोषणा गरिएको थियो। उनलाई हाल केनेडी टाउन स्थित भिक्टोरिया सार्वजनिक शबगृहमा राखिएको छ।     झापा मन्चका उपाध्यक्ष राजु चाम्लिङका अनुसार  पोस्टमोर्टेमको नतिजा नआए सम्म...

विज्ञहरुसँग प्रधानमन्त्रीको ५ घण्टा लामो छलफल, लकडाउन खुकुलो पार्न सुझाव…….

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न क्षेत्रका विज्ञहरुले लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाव दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार भएको छलफलमा जनस्वास्थ्यविद्, अर्थविद लगायतको टोलीले मोडालिटी परिवर्तन गरेर अघि बढ्न सुझाव दिएको जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितले रातोपाटीलाई जानकारी दिए । झन्डै ५ घण्टासम्म चलेको बैठकमा प्रधानमन्त्रीले सुरुमा विज्ञहरुलाई पालैपालो सुझाव ...

जर्ज फ्लोएड मृत्युमा, हटाइएका सबै अधिकारीहरूका लागि नयाँ अभियोग……

अदालत कागजातले देखायो, जर्ज फ्लाेएडकाे केसका पुलिस अफिसर डेरेक चौभिन विरुद्ध लगाइएको हत्याको आरोपलाई उच्च पारिएको छ। अन्य तीन अधिकारीहरू, पहिले अज्ञात, सहायता र हत्या प्रयासको सामना गरिरहेका थिए। फ्लोएडको मृत्युले जातीयवाद र कालो अमेरिकीहरूको पुलिस हत्याको बिरूद्ध अमेरिकाभरि ठूलो विरोध प्रदर्शन गरिएकाे छ। विगत आठ दिनमा भएका विशाल प्रदर्शनहरू शान्तिमय छन् तर केही हिंस्रक बनेका छन् र केही शहरहरूमा क...

हङकङ मामिलामा नेपालद्वारा चीनको समर्थन……

हङकङमा राष्ट्रिय सुरक्षा कानुनलाई लिएर लामो समयदेखि प्रदर्शन भइरहेका बेला नेपालले चीनको समर्थन गरेको छ। बुधबार परराष्ट्र मन्त्रालयले हङकङ मामिलामा प्रष्ट पार्दै चीनका पक्षमा रहेको जानकारी गराएको हो। मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालको तर्फबाट जारी गरिएको प्रष्टिकरणमा नेपाल एक चीन नीति प्रति प्रतिवद्ध रहेको बताउँदै हङकङ चीनको अभिभाज्य अंग रहेको र कानुनी व्यवस्था र शान्ति कायम गर्नु मुलुकको प्राथम...

थप २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३०० पुग्यो……

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २३०० पुगेको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २०१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमतिको संख्या २३०० पुगेको हो । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २०९९ रहेको थियो । यस्तै बुधबार थप १२ जना संक्रमण निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या २७८ पुगेको छ । स्वास...

कोरोनाको कारण थप एक जनाको मृत्यु……

कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोलखाका ७६ पुरुषको कोरोनाका कारण निधन भएसँगै मृतकको संख्या ९ पुगेको हो। जेठ १३ गते काठमाडौं मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका उनको १५ गते स्वाव संकलन गरिएको थियो। परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएसँगै थप उपचारका लागि उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। आइसियुमा उपचाररत उनको निधन भएको मन्त्रालयका...

शिकागो प्रदर्शनमा दुई जनाको गोली हानी हत्या, ६० पक्राऊ……

शिकागो- पुलिसले जर्ज फ्लोएडको हत्या गरेको प्रतिक्रियामा सोमबार शिकागो वरपर र उपनगरहरूमा विरोध प्रदर्शन र लूटमारीको क्रममा दुई जनालाई गोली हानी मारियो र कम्तिमा ६० जना पक्राउ परे। शिकागोको मेयर लोरी लाइटफुटले आइतबार सेन्ट्रल बिजनेस डिस्ट्रिक्ट र लूपलाई बन्द गरेपछि शिकागोको उत्तर, पश्चिम र दक्षिणतिर विरोध र लूट फैलियो। शनिबार राति मेजर शिकागो डाउनटाउन इलाकामा डाँकुहरूले लुटे र दमनकारीहरूले गम्भीर रू...

राष्ट्र बैंकले १ , बैंक वित्तीय संस्थाले ३ प्रतिशत ब्याजमा पुनर्कर्जा दिने……

कोरोनाको संक्रमणको अवधीमा महंगो ब्याज तिर्न नसक्ने वर्गका लागि नेपाल राष्ट्र बैंकले सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ। मुलुक कोभिड–१९ को चपेटामा परेका बेला राष्ट्र बैंकले विगत चार वर्षदेखी उपलब्ध गराउँदै आएको पुनर्कर्जाको ब्याजदर कम गर्न नयाँ कदम चालेको हो। राष्ट्र बैंकले एक सूचना जारी गर्दै ‘नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७’ को मस्यौदा तयार भएकाले सम्वन्धित बैंक, वित्तीय संस्...