कोरोनाका कारण थप एक जनाको मृत्यु……

कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार चतवन भरतपुर ११ का एक व्यक्तिको कोरोनाका कारण आज विहान मृत्यु भएको हो। ज्वरो, निमोनियाबाट पीडित उनको हिजो बेलुका परीक्षणको क्रममा कोरोना पोजेटिभ आएको थियो। अहिलेसम्म कोरोनाका कारण १५ जनाको मृत्यु भएको छ।  एनअेाएन...

थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि……

पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये २९२ जना पुरुष र ३१ महिला रहेका छन् । मंगलबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा नयाँ ३२३ थप संक्रमित पुष्टि भएको जानकारी दिए । योसँगै कूल संक्रमितको संख्या ४०८५ पुगेको छ । यस्तै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।...

कोरोनाभाइरस, युरोपमा लकडाउनले लाखौंको ज्यान बचायो……

इम्पीरियल कलेज लन्डनको टोलीले भने "लकडाउन बिना" मर्नेहरूको संख्या ठूलो हुने थियो। तर तिनीहरूले चेतावनी दिए कि जनसंख्याको सानो अनुपात मात्र संक्रमित भएको थियो र हामी अझै "महामारीको सुरूमा" मात्र छौँ। अर्को अध्ययनले भने किविश्वव्यापी लकडाउनले "पहिलेभन्दा थोरै समयमा बढी ज्यान बचायो"। इम्पीरियल अध्ययनले ११ युरोपेली देशहरू - अस्ट्रिया, बेल्जियम, डेनमार्क, फ्रान्स, जर्मनी, इटाली, नर्वे, स्पेन, स्विडेन, ...

लकडाउन खुकुलो बनाउने गृहकार्य अन्तिम चरणमा……

कोरोना संक्रमणको जोखिम बढ्न नदिने स्थितिलाई विस्तार गर्दै स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर विस्तारै सहजीकरण गर्ने गृहकार्यको सरकार अन्तिम चरणमा पुगेको छ । त्यसका लागि १० चरणमा लकडाउनलाई खुकुलो बनाउन अघि सारिएको प्रस्तावमाथि अन्तिम गृहकार्य भइरहेको बताइएको छ । असार १ बाट लागू हुने गरी अघि सारिएको उक्त प्रस्तावलाई स्वास्थ्य क्षेत्रका प्राविधिक तथा चिकित्सकहरुले अध्ययन गरिरहेका प्रधानमन्त्री तथा ...

कोरोना नियन्त्रणमा सरकार पूर्ण असफल भएको काँग्रेसको निष्कर्ष : देशभरबाट सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय……

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले कोरोना महामारीको रोकथाम र नियन्त्रणमा सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको छ । प्रमुख प्रतिपक्ष र अन्य सबैको निरन्तरको साथ, सुझाव र दबाबका बावजुद सरकार कोरोना विरुद्धको संघर्षको सक्षम ढंगले नेतृत्व गर्न, कोभिड १९ को महामारी नियन्त्रण गर्न र देश र जनतालाई विपद्वाट सुरक्षित राख्न पूर्ण रुपले असफल भएको बैठकको ठहर छ। कोरोना र...

तातोपानी नाकाबाट एक अर्ब ६२ करोड मूल्यका कोरोना सामाग्री भित्रिए……

चीनबाट उत्तरको मुख्य तातोपानी नाका भएर पछिल्लो दुई महिनामा कोरोना भाइरस (कोभिड–१९) सँग सम्वन्धित एक अर्ब ६२ करोड रुपैयाँभन्दा बढी मुल्यका स्वास्थ्य सामाग्री नेपाल आयात भएको छ। तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयको तथ्यांक हेर्दा नाका भएर कोरोना नियन्त्रणका लागि अत्यावश्यक मानिने १४ किसिमका स्वास्थ्य सामाग्री आयात भएको देख्निछ। गएको चैत अन्तिम साताबाट नाका सञ्चालनमा आएयता तातोपानी भएर हुँदै ची...

मिनियापोलिस काउन्सिलले पुलिस विभागकाे पुलिसङ परिवर्तन गर्ने वाचा……

१३ जनामध्ये ९ जना काउन्सलरहरुले सार्वजनिक सुरक्षाको नयाँ मोडल यस्तो शहरमा निर्माण गरिने बताएका छन् जहाँ कानून प्रवर्तनलाई जातिय भेदभावको आरोप लगाइएको छ। मेयर जेकब फ्रेले पहिले यस कदमको विरोध गरे र भीडबाट आफै विरोध पाए । कार्यकर्ताहरू, जसले धेरै बर्षदेखि यस्तो कदम चाल्दै आएका छन्, यसलाई एक महत्वपूर्ण मोड माने। तर कमेन्टिटरहरू भन्छन् कि मिनियापोलिसले अहिले पुलिसिङको बारेमा लामो र जटिल बहसको चिन्तन ग...

विदेशबाट नागरिक ल्याउन १० दिनका लागि नियमित उडान खोल्ने सरकारको तयारी……

सरकारले विदेशमा रहेका आफ्ना नागरिक ल्याउनका लागि १० दिनका लागि अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी गरेको छ । कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा अन्तर्राष्ट्रिय उडान खोल्नेबारे प्रस्ताव गएको छ । सम्भवतः उक्त प्रस्तावमा सोमबार निर्णय हुन सक्ने स्रोतले बताएको छ । हालसम्म नेपालबाट विदेश जाने नेपाली वा विदेशी नागरिकहरुका लागि चार्टर फ्लाइटमार्फत् उडान भइरहेको भए पनि नेपाल ल्याउनका लागि हा...

विश्वभर कोभिड–१९ सङ्क्रमित चार लाखभन्दा बढी व्यक्तिको मृत्यु……

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणका कारण आइतबारसम्ममा विश्वभर चार लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने ६९ लाख १६ हजार २३३ जना सङ्क्रमित भएका छन्। जोन हकिन्स विश्वविद्यालयद्वारा उपलब्ध गराएको पछिल्लो विवरण अनुसार विश्वभर चार लाख दुई हजार ६९४ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ।संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी एक लाख नौ हजार ८०२ कोभिड–१९ सङ्क्रमित व्यक्तिको म...

संक्रमितलाई नै घर पठाईयो……

स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका अन्तर्गत कोराना संक्रमितहरूलाई पनि घर पठाउन थालिएको छ । संक्रमण भएर अस्पताल बसेकाहरूलाई कोरोना जाँच नगरेरै घर पठाउन थालिएको हो । मन्त्रालयले चार दिन अघि निर्देशिका जारी गर्दै १४ दिन सम्म कोरोनाको लक्षण नदेखिएका तर आइसोलेसनमा बसेका संक्रमितहरूलाई घर पठाउन भनेको थियो । मन्त्रालयको यसै निर्देशिकाको चौतर्फी रुपमा आलोचना भैरहेको पनि छ । तर मन्त्रालयको यो निर्देशिका...

संयुक्त राज्य अमेरिकामा जर्ज फ्लोएड हत्याको बारेमा जर्मनीभरि विरोध फैलियाे……

बर्लिन - संयुक्त राज्यमा मिनियापोलिस शहरका अफ्रिकी अमेरिकी जर्ज फ्लोएडको हत्या पछि जर्मनीमा हजारौँ मानिसहरूले जातीयता र प्रहरी क्रुरता विरुद्ध शनिबार प्रदर्शन गरे। पुलिसका अनुसार, बर्लिनको अलेक्ज्याण्डरप्लाज स्क्वायरमा काेभिड १९ महामारीको अवधिमा न्यूनतम दूरीको आदेशको बाबजुद १,५०० सहभागीले मात्र उक्त कार्यक्रमको लागि दर्ता गरेका भएपनि करीव १५,००० मानिसहरू सहभागी थिए। पुलिस अधिकारीहरूले ट्वीटरमा भने...

कोभिड-१९ महामारीबारे चीनको श्‍वेतपत्र, उपचार दर ९४ प्रतिशत……

बेइजिङ — विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ को उपचार दर चीनभित्र ९४ प्रतिशत पुगेको चीनले दाबी गरेको छ । आइतबार बेइजिङमा कोरोना भाइरस विरूद्धको लडाईँ सम्बन्धी एउटा श्‍वेतपत्र जारी गर्दै चीनले ९४ प्रतिशतभन्दा बढी संक्रमितको उपचार भएको, परम्परागत औषधि चलाइएको, संक्रमितको निःशुल्क उपचार गरिएको तथा विश्वका विभिन्न मुलुकमा आफ्नो सहायता उपलब्ध गराएको जानकारी दिएको हो । ‘कोभिड-१९ विरुद्धक...