इरानद्वारा अमेरिकी सैन्य अखडामा मिसाइल आक्रमण………..

काठमाडौं- इरानले अमेरिकी सेनाले प्रयोग गरिरहेको हवाई अड्डामा आक्रमण गरेको छ। इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले आक्रमण गरेको हो। अमेरिकाले इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको ड्रोन आक्रमणमा हत्या गरेपछि इरानले त्यसको जवाफमा अमेरिकी सेनाका दुई हवाई अड्डामा ब्यालेस्टिक मिसाइल आक्रमण गरेको हो। अमेरिकी रक्षामन्त्रालय पेन्टागनले इराकमा अमेरिकी सेनाका दुई स्थानमा दर्जन भन्दा बढी मिसाइल आक्रम...

कौडीमा दिएपछि लुकाउने खेल……….

काठमाडाैँ – सरकारका उच्चपदस्थ अधिकारीसँग पहुँच बढाएर नेपाल ट्रस्टको अधिकांश सम्पत्तिमा रजाइँ गरेको यती समूहलाई ताहाचलको जग्गा भाडामा दिने विषय ढाकछोप गरेकोे तथ्य फेला परेको छ। ट्रस्टको स्वामित्वमा ताहाचलमा रहेको चार रोपनी चार आना तीन पैसा तीन दाम जग्गा यतीको भगिनी कम्पनी थामसेर्कु डेभलपर्सलाई ३० वर्षका लागि भाडामा दिएको विषयलाई ट्रस्टका तत्कालीन अधिकारीहरुले ढाकछोप गरेको तथ्य फेला परेको हो। ट्रस्ट...

सामाजिक सञ्जाल दुरुपयोगमा जन्मकैदकाे त्रास…………

काठमाडौं – विद्युतीय प्रणालीको दुरुपयोग गरे जन्मकैदसम्मको सजाय हुन सक्ने देखिएको छ। संसद्मा दर्ता भएको सूचना तथा प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक जस्ताको तस्तै पारित भए कसैले सामाजिक सञ्जाल वा विद्युतीय प्रणालीमार्फत राज्यविरुद्धको अपराध हुने खालको कुरा उल्लेख गरे अधिकतम जन्मकैदसम्मको सजाय हुन सक्ने देखिएको हो। विकास तथा प्रविधि समितिले पास गरिसकेको उक्त विधेयक संसद्मा विचाराधीन छ। व...

डढेलो महिनौंसम्म नियन्त्रणमा नआउन सक्छ………..

सिड्नी – देशमा लागेको विनाशकारी डढेलो महिनौंसम्म नियन्त्रणमा आउन नसक्ने अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोर्रिसनले चेतावनी दिएका छन्। डढेलोमा परी ध्वस्त भएका घर तथा व्यापारको पुनर्निर्माणका लागि एउटा निकाय खोल्ने घोषणा पनि प्रधानमन्त्री मोर्रिसनले गरेका छन्। देशमा तीन महिनाभन्दा लामो समयदेखि जारी डढेलो नियन्त्रणका लागि उचित प्रतिक्रिया नदिएको भन्दै प्रधानमन्त्री मोर्रिसनको चौतर्फी आलोचना भइरहेकै ...

नेपालमा दर्ता नभए प्रतिबन्ध लाग्ने……….

काठमाडौं – नागरिकको आवाजलाई उठान गर्ने वैकल्पिक मञ्चका रुपमा विकास भइरहेका सामाजिक सञ्जाल नेपालमा दर्ता नभए कुनै पनि बेला सरकारले प्रतिबन्ध लगाउने सक्ने विज्ञले बताएका छन। संसदीय समितिबाट पारित भई प्रतिनिधिसभामा विचाराधीन सूचना तथा प्रविधि विधेयकमा सामाजिक सञ्जाल मुुलुकभित्र दर्ता नभएमा प्रतिबन्ध लगाउन सक्ने व्यवस्था छ। विधेयकको दफा ९१ मा सरकारले उपलब्ध गराएको समयसीमाभित्र सामाजिक सञ्जाल प्रदायक क...

भागबन्डामा नेकपा उम्मेदवार……….

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले राष्ट्रियसभा निर्वाचनका लागि भागबन्डा गरेर उम्मेदवार टुंगो लगाएका छन्। दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाबीच भागबन्डा गरेर उम्मेदवार तय गरिएको हो। उम्मेदवारी दर्ताका लागि आइतबारको मिति तय भइसकेको छ। पूर्वएमालेबाट ९ र पूर्वमाओवादीबाट ७ जना तय ...

ऐतिहासिक संरचनामा रिसोर्ट बनाउन चलखेल………

काठमाडौं – नेपाल ट्रस्टको कार्यालयले विज्ञ समितिको प्रतिवेदन लत्याएर ट्रस्टको सम्पत्तिमा निजी व्यवसायीलाई रिसोर्ट खोल्न दिने चलखेल सुरु भएको छ। दियालो बंगला, रत्न मन्दिरलगायतका ऐतिहासिक महत्वका सम्पदामा म्युजियम खोल्न दिएको सुझावलाई लत्याएर कार्यालयले निजी क्षेत्रलाई रिसोर्ट सञ्चालन गर्न दिने तयारी गरेको हो। नेपाल ट्रस्टका कार्यकारी सचिव गजेन्द्रकुमार ठाकुरले दियालो बंगला, हिमागृहलगायतका संरचनामा ...

१२ घण्टाभित्र तोकिएको ठाउँमा जान मल्ललाई निर्देशन…….

काठमाडौं - चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र तोकिएको ठाउँमा हाजिर हुन निर्देशन दिएको छ। सरूवा भए पनि चितवन नछाडेका एसपी मल्ललाई बुधबार ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाले कार्यालयको सम्पूर्ण चार्ज बुझाएर सरूवा भएको ठाउँमा हाजिर हुन निर्देशन दिएको हो। प्रदेश प्रहरी कार्यालयले बुधबार दिएको निर्देशनमा भनिएको छ, ‘‘दानबहादुर मल्ल हालसम्म पनि सरुवा भएको दरबन्दीमा रवाना गरेको...

जुर्मुरायो याक्थुङ (लिम्वु) प्रवुद्ध समुह ( भिडियो सहित )

आदिवासी समुदायको हक अधिकार, पहिचानलाई संविधान, ऐन कानुनहरुले सम्वोधन नगरिरहेको र राज्य संयन्त्रले किनारिकृत गर्दै लगेको सन्दर्भमा याक्थुङ (लिम्वु) समुदायका प्रवुद्ध समुहले थरगत समुहहरुलाई संगठित गर्ने भएको छ । किरात याक्थुङ चुम्लुङ सहितको विद्धत समुहले ३२६ भन्दा वढि याक्थुङ थरगतहरूलाई संगठित गर्न राजधानीमा उपलब्ध थरगत प्रतिनिधिहरूलाई भेला गरेर अवधारणा सार्वजनिक गरेको हो । आदिवासी याक्थुङ थरगतहर...

भ्रमण वर्षलाई सांस्कृतिक स्वागत………

भक्तपुर – प्राचीन नगरी भक्तपुरले ३ सय २९ वर्ष पुरानो ऐतिहासिक नगरा बजाउँदै नेपाल भ्रमण वर्ष २०२० लाई सांस्कृतिक स्वागत गरेको छ। बुधबारबाट सुरु हुने भ्रमण वर्षको अवसरमा पूर्वसन्ध्यामा मंगलबार भक्तपुर दरबार क्षेत्रमा आयोजित सन्ध्याकालिन सांस्कृति सम्पदा पदयात्रा गरिएको थियो। पदयात्राको क्रममा नगरा बाजासँगै विभिन्न सांस्कृतिक प्रदर्शन गरियो। राजा जितामित्र मल्लले तलेजु भवानीलाई चढाएको ऐतिहासिक नगरा र...

दुई सातादेखि किसान सडकमा………..

काठमाडौं - उखुको बक्यौता नपाएर तराईका किसान राजधानीमा आएर सडक आन्दोलन गरिरहेका बेला संसदीय समितिले किसानको बक्यौता रकम तत्काल भुक्तानी दिन निर्देशन दिएको छ। उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित संरक्षण समितिले सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपक्षी मन्त्रालयलाई रकम भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो। नेपाल उखु उत्पादक महासंघका अनुसार किसानले सरकार र उद्योगीबाट क...

पदीय शक्तिका कारण सहमतिको यौनसम्बन्ध पनि अपराध……….

काठमाडौं – एक सैनिक अधिकृतले आफ्नै कार्यालयमा काम गर्ने कुचिकार महिलालाई जबर्जस्ती करणी गरेपछि जागिर गुमाउनुपरेको छ। सर्वोच्च अदालतले पदीय शक्तिका कारण यौनसम्बन्ध सहमतिमै भए पनि अपराध ठहर्ने निक्र्योलसँगै ती अधिकृतलाई जागिरबाट हटाइनुपर्ने फैसला गरेको छ। न्यायाधीशद्वय सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले यसअघि समरी जनरल सैनिक अदालतले गरेको फैसला सदर गर्दै सैनिक अधिकृतलाई सेवाबाट ...