काठमाडौं- पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला सुनाइएको छ। लाहोर उच्च अदालतले देशद्रोहको मुद्धामा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको बीबीसीले जनाएको छ। हाल उनी दुबईमा स्वास्थ्योपचार गराइरहेका छन्। बीबीसीका अनुसार उच्च अदालतका प्रधानन्यायाधीश वकार अहमद सेथको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले मङ्गलवार लामो समयदेखि चलेको देशद्रोहको मुद्दामा पूर्वसैनिक शासकलाई...
समाचार
विशेष समितिले १६ महिनामा बुझायो प्रतिवेदन……..
बुटवल – प्रदेशको नाम र स्थायी राजधानी सिफारिस गर्न गठित विशेष समितिले १६ महिना लगाएर तयार पारेको प्रतिवेदन सोमबार प्रदेशसभाका उपसभामुख कृष्णी थारूलाइ बुझाएको छ। समितिका सभापति दीपेन्द्रकुमार पुनले बुझाएको सो सिलबन्दी प्रतिवेदनभित्र के कस्ता सुझाव सहितको सिफारिस छ भन्ने कुरा प्रदेशसभामा पेस भएपछि मात्रै बाहिर आउने प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए। प्रदेशको नाम लुम्बिनी र राजधानीका लागि रूपन्दे...
भिसि लिम्वु वेघा वंशका महानायक/बेघा थोबोजुम काठमाडौ।
३० मंसिर काठमाडौ । युद्धमा अदम्य शाहसका पर्याय भिसि राम वहादुर वेघालाई आफ्नै कुल बंश उत्थानमा सक्रिय इक्साहाङ इङ्मिसो बेघा थोबोजुमले ललितपुर चुम्लुङहिममा भव्य कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । थोवोजुमको पूर्व अध्यक्ष समेत रहनु भएका भिसिलाई वेघा कुल बंशको देश विदेशमा पहिचान स्थापित गर्न पुर्याउनुभएको योगदानको स्मरण गर्दै आगामि दिनमा पनि उहाँको छत्रछाँया र आशिर्वादमा काम गर्न महानायकको रुप...
सिन्धुपाल्चोकमा बस दुर्घटना, ११ जनाको मृत्यु……….
सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको ६ किलाे मोडमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। लामो साँघु जिरी सडकखण्डमा पर्ने सुनकोशी गाउँपालिकाको ६ किलो मोडमा आइतबार बिहान भ्रमणबाट फर्किदै गरेको बस दुर्घटना भएको हो। दोलखाको कालिन्चोकबाट भक्तपुरतर्फ फर्कर्दै गरेको बा४ ख ४४६८ नम्बरको बस बिहान ७ बजेतिर दुर्घटना भएको हो। जिल्ला टाफिक प्रहरी कार्यालय सिन्धुपाल्चखेकका प्रमुख सई राजेश दाहालका अनुसार ६ किलोको ...
चिकित्सा शिक्षा मन्त्रालय मातहत………..
काठमाडौं - राष्ट्रिय शिक्षा नीति, २०७६ ले चिकित्सा शिक्षालाई विश्वविद्यालय मातहतबाट हटाउँदै समन्वयको जिम्मा शिक्षा मन्त्रालयलाई दिएको छ भने चिकित्सा शिक्षा आयोगको नियमन, नेतृत्व र निर्देशनमा गुणस्तर कायम गर्ने व्यवस्था गरेको छ। यससँगै विश्वविद्यालयले दिँदै आएको सम्बन्धन विश्वविद्यालय अनुदान आयोगको पूर्वस्वीकृतिमा मात्रै दिने व्यवस्था सो नीतिमा गरिएको छ। नीतिको बुँदा नम्बर १०.१७.१ मा उल्लेख भएअनुसा...
मेला वजारको जीवन्त झझल्को चासोक तङ्नाम (भिडियो सहित)
२७ मंसिर,काठमाडौ । सिरवन्दी, कण्ठमा च्याट्टै सजिएर चासोक मेला भर्न लतितपुर सानो हात्तिवनमा देखिइन् लिम्वु समुदायकी सेलिब्रेटि प्रविन पन्धाक । युवा र वुढापाकाहरुसंग फोटो खिचाउन व्यस्त थिइन् । कोही भने सोल्टीनिसंग आज धाच नाच्ने भन्दै जिस्काउदै थिए । काठमाडौ मै हुर्केकी पढेकी उनी लिम्वुनीपनले भरिपूर्ण, रुपले छपक्कै मात्र नभई बौद्धिकताले सजिएकी प्रविनले ठठ्याउली पाराले सोल्टीहरुलाई जवाफ फर्काउदै थिइन...
स्वर्ण जित्ने खेलाडीलाई ९ लाख दिने सरकारको घोषणा……..
काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकूद(साग)मा स्वर्ण जित्ने प्रत्येक खेलाडीलाई ९ लाख रुपैयाँ दिने सरकारले घोषणा गरेको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको सम्मान कार्यक्रममा उक्त प्याकेजको घोषणा गरेका हुन्। त्यस्तै सरकारले रजत पदक जित्नेलाई ६ लाख र कास्य पदक जित्नेलाई ३ लाख दिने भएको छ। यता दुई भन्दा बढी स्वर्ण जित्ने खेलाडीले भने ११ लाख पाउने छन्। ग...
अनुसन्धानको सुई दिलीपतिरै………….
काठमाडौं – कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या भएको १६ महिनापछि पनि अनुसन्धानको सुई पुरानै आरोपी दिलपसिंह विष्टवरिपरि घुमिरहेको छ। निर्मला पन्त बलात्कार तथा हत्या प्रकरण घाँटीमा बिझेको काँडासरह अनुभूति भइरहेका बेला प्रहरीले पछिल्लो पटक अनुसन्धानको सुई विष्टतर्फ घुमाएको हो। केही दिनअघि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख डिआइजी निरजकुमार शाहीलाई लिएर प्र...
खरिदमा मनमौजी, शासन छ, छैन सुशासन………..
काठमाडौं - २०७२ सालको भूकम्पयता काठमाडौं उपत्यकामा कुनै महामारी वा प्राकृतिक प्रकोप आएको छैन तर काठमाडौं महानगरपालिकाले अनावृष्टि, अतिवृष्टि, बाढीपहिरो, महामारी तथा आपत्कालीन परिस्थिति सिर्जना भएको भन्दै नियम मिचेर बु्रमर किन्यो। सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रतिवेदन २०७६ ले औंल्याए अनुसार २०७४ फागुन २५ मा बसेको काठमाडौं महानगरपालिकाको १३औं नगर कार्यपालिका बैठकले सार्वजनिक खरिद ऐनको विशेष परि...
मन्त्रीज्यू ! सवा दुई अर्ब भुक्तानी कहिले ?………..
काठमाडौं - उखु क्रसिङ गर्ने सिजन सुरु हुँदा गत वर्ष उखु बिक्री गरेबापतको करिब सवा दुई अर्ब रुपैयाँ भुक्तानी नपाएपछि किसानले सरकारसँग गुहार मागेका छन्। चिनी उद्योगीले उधारो उखुको भुक्तानी र सरकारले अनुदान रकम नदिएपछि किसानले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई भेटेर ‘भुक्तानी कहिले पाउँछौं’ भन्दै प्रश्न गरेका हुन्। उनीहरुले तत्काल भुक्तानीको व्यवस्था मिलाउन पनि आग्रह गरे। किसानका अगु...
शक्ति–केन्द्र सञ्जालमा सिद्धबाबा………..
इटहरी – बलात्कार गरेको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको सञ्जाल–सम्पर्क तथा पहुँच देशी–विदेशी शक्ति–केन्द्रसम्म रहेको पाइएको छ। गिरीले आफूलाई आयुर्वेद, गौपालन, विज्ञान, धर्म–दर्शनका ज्ञाता र विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि गरेकोे बताएर विभिन्न धार्मिक तथा आध्यात्मिक गतिविधि गर्दै आएका छन्। यी गतिविधि गर्दा उनले राष्ट्रपति, राजनीतिक दलका शीर्षनेता, मन्त्री, सुरक्षा निक...
महिला भलिबलले मन जित्यो, खेल जितेन……….
काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग)को औपचारिक उद्घाटन हुनुभन्दा पाँच दिन अघि महिला तथा पुरुष भलिबलको प्रतिस्पर्धा सुरु भएको थियो। प्रतिस्पर्धा सुरु हुनुअघि नेपाली महिला भलिबल टोली उच्च आत्मविश्वासका साथ मैदान उत्रिएको थियो। कारण, तीन साता अघि बंगलादेशमा सम्पन्न सेन्ट्रल जोन महिला भलिबलमा च्याम्पियन हुनु। यता पुरुष भलिबलमा भने सो आत्मविश्वास देखिएन। र, एउटै खेलमा विजयी नभई समूह चरणबाटै बाहि...
















