बलात्कार आरोपमा ‘सिद्दबाबा’ आइसीयूबाटै पक्राउ……….

इटहरी – बलात्कारको आरोपमा सिद्दबाबा भनिने कृष्णराज गिरी बिराट नर्सिङ होम बिराटनगरको आइसीयूबाट पक्राउ परेका छन्। सुनसरी सताराका गिरीलाई सोमबार बिहान पाँच बजे अस्पतालबाटै पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकार दिए। जिल्ला प्रहरी कार्यलय सुनसरीले उनीविरुद्ध बुधबार मुद्दा दायर गरेपछि शुक्रबार पक्राउ गर्न अदालतबाट अनुमति पाएको थियो। मुद्दा दायर भएपछि प्रहरीले उनको अनुसन्धान...

पश्चिमी वायुले घटायो राजधानीको प्रदूषण……….

काठमाडौं – पश्चिमी वायुले राजधानीको प्रदूषण घटाएको छ। केही दिनयता नेपाल प्रवेश गरेको यो वायुले गत साताको राजधानीको अस्वस्थकर वायु प्रदूषणको स्तरलाई स्वास्थ्यका लागि असर नपर्ने स्तरमा झारेको हो। पश्चिमी वायुले धुवाँ र धुलोलाई बढारेर उपत्यकाको मौसमलाई आइतबार सफा बनाइदिएको छ,’ मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले भनिन्। जाडो याममा बढ्दो प्रदूषण राजधानीको विशेषता नै हो। यो समय...

यसरी बनाइयो सागलाई भव्य ……….

काठमाडौं– दक्षिण एसियाली खेलकूद प्रतियोगिता (साग)को औपचारिक रुपमा उद्घाटन भएको छ। समारोहलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मन्तव्य व्यक्त गर्दै प्रतियोगिता सुरु भएको घोषणा गरिन्। उद्घाटन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रदास तिमल्सिना, उपराष्ट्रपनि नन्दबहादुर पुन, प्रधानन्याधीश चोलेन्द्र शमशेर जवरा, उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, खेलकुदमन्त्री जगत विश...

किन सरकारमै रहन चाहन्छन् उपेन्द्र यादव ?………..

काठमाडौं — गत बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गरे। केही मन्त्री थपिए भने केहीको जिम्मेवारी हेरफेर गरियो। सत्तारुढ नेकपाकै मन्त्रीहरुको जिम्मेवारी हेरफेरलाई स्वभाविकरुपमा लिइए पनि सत्ता साझेदार समाजवादी पार्टीका तर्फबाट सरकारमा सहभागी उपप्रधान एवम स्वास्थ्य मन्त्री उपेन्द्र यादवको पनि जिम्मेवारी हेरफेर गरियो। उनी स्वास्थ्य मन्त्रालयबाट कानुन मन्त्रालयमा पुगे। समाजवादी पा...

वन र बस्ती छियाछिया……….

ललितपुर – ठूलै प्राकृतिक विपत्तिले खियाएको पहाडझैं छ वरिपरिको जमिन। त्यही जमिन उधिन्न प्रयोग भइरहेका छन् ठूला डोजरलगायत उपकरण। त्यहाँ पुग्दा धुलो र चर्को ध्वनिले निसास्सिएझैं हुन्छ। उराठलाग्दो वातावरणीय परिवेशमा ठिंग उभिएका छन् तीनवटा घर। जस्तापाताले छाएका ती घर धुलाम्मे छन्। वरिपरि जमिन उधिन्न प्रयोग भएका उपकरण चल्दै गर्दा घर पनि बिस्तारै हल्लिएजस्तो महसुस हुन्छ। तीन घरको अगाडिपट्टि एउटा धारो छ। ...

पप्पु कन्सट्रक्सनलाई कालोसूचीमा राख्न सिफारिस…….

काठमाडौं – काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले पप्पु कन्सट्रक्सनले तीनकुनेको आर्क पुल सम्झौताअनुसार निर्माण नगरेको भन्दै ठेक्का तोडेर उसलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ। ठेकेदार कम्पनी पप्पुले तिनकुनेमा निर्माणाधीन आर्क ब्रिज अलपत्र पारेको भन्दै आयोजनाले एकतर्फी रुपमा ठेक्का तोडेर कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको हो। आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठले ठे...

प्रधानमन्त्रीको राष्ट्रवाद कालापानीमा लम्पसार……..

दाङ- नेपाली कांग्रेसका शीर्ष नेताहरुले बर्तमान सरकारको धर्मराएको ‘समृद्धी’ को नारा लिपुलेकमा लम्पसार परेको बताएका छन्। जिल्लाको क्षेत्र नम्बर ३ (ख) मा पर्ने तुलसीपुर ६ श्रीगाउँमा सोमवार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै कांग्रेस शीर्ष नेताहरुले विभिन्न ‘काण्डै काण्ड’ले धर्मराएको समृद्धीको नारा लिपुलेकमा पुगेर समाप्त भैसकेको बताए। पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको र...

प्रतिवेदन गुपचुप राखी फेरि छानबिन समिति………

काठमाडौं – वीर अस्पतालको गुठीको नाममा रहको दुई सय रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएकोे ठहरसहित २०६७ सालमा तयार भएको प्रतिवेदन गुपचुप राखी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले अर्को समिति गठन गरेको छ। तत्कालीन सहसचिव दुर्गा मानन्धरको नेतृत्वमा गठित वीर अस्पताल गुठी जग्गा छानबिन समितिले बुझाएको प्रतिवेदनमा अस्पताल गुठीको नाममा मुलुकभर रहेको करिब १४ हजार रोपनीमध्ये काठमाडौं उपत्यकाभि...

९१ औं साहित्य श्रृंखलामा गीता अधिकारीका गजलहरु

२४ नोभेम्बर, हङकङ– साहित्यकार दीपक सुवेदीको ‘नेपाली डायस्पोरा र अन्य सिर्जना’ पुस्तक विमोचनका साथै कवि तथा साहित्यकार गीता अधिकारीद्धारा आधा दर्जन बढि गजलहरु वाचन गर्दै ९१ औं हङकङ साहित्यिक साझा श्रृंखला जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न भयो । साहित्य श्रृंखलाका संयोजक सुनिता गिरीको अध्यक्षतामा सम्पन्न पहिलो चरणको कार्यक्रममा हङकङ, यु.के. लगायतका देशहरुमा बसेर कलम चलाई रहेका साहित्यकारहरु...

दरबारमार्गको जग्गा भाडा कानुनविपरीत………

काठमाडौं – दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा प्रचलित कानुनविपरीत भाडामा दिएको देखिएको छ। यति होल्डिङ्सको भगिनी संस्था थामसेर्कु डेभलपर प्रालिलाई तीस वर्षका लागि उक्त जग्गा भाडामा दिँदा बोलपत्रको समय अवधि सकिएपछि गरिएको सम्झौता कानुनविपरीत हुन गएको हो। महालेखा परीक्षकको कार्यालयले समेत ट्रस्ट र थामसेर्कुबीचको भाडा सम्झौता कानुनविपरीत भएको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। ट्रस्टको कार्यालयले दरब...

राष्ट्रपतिको रोहबरमा दाहाललाई कार्यकारी अध्यक्ष………..

काठमाडौं - पार्टी एकीकरण भएको डेढ वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच कार्यविभाजन भएको छ। अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सरकार र पार्टी एकएकजनाले सञ्चालन गर्नेगरी कार्यविभाजन भएको हो। कार्यविभाजनअनुसार सरकारको नेतृत्व पाँच वर्षसम्म केपी शर्मा ओलीले नै गर्ने भएका छन्। अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भने कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारी...

दायाँबायाँ गर्न छुट छैन………..

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कुराभन्दा परिणाममुखी काम चाहिएको बताएका छन्। मन्त्रिमण्डल पुनर्गठनपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब मलाई परिणाम चाहिन्छ, एक मिनेट दायाँबायाँ हुनुहुँदैन। देशका लागि समय खर्चिनुस्।’ ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। प्रधानमन्त्री ओलीले चिनियाँं राष्ट्रपति सी चिनफिङ आउँदाका...