१० नोभेम्बर, हङकङ– संखुवासभा समाज हङकङद्धारा एक आपसमा शुभकामना आदनप्रदान, विभिन्न जातिय भेषभूषा प्रदर्शनी, देउसी भैलो तथा नाँचगान गर्दै २०१९ को देउसी भैलो तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गर्यो । जोर्डनस्थित ब्लु ओसियन रेष्टुरेण्टमा आयोजित कार्यक्रममा समाजका उपाध्यक्ष सुशन गुरुङको श्वागत मन्तब्यसंगै कार्यक्रमका सभापति एवं समाजका अध्यक्ष टोपबहादुर याक्खा तथा प्रमुख अतिथि हङकङ नेपाली महास...
समाचार
सुनुवार समाज हङकङको देउसी कार्यक्रम सम्पन्न
९ नोभेम्बर, हङकङ– बलिहाङ तिवारको उपलक्ष्यमा सुनुवार समाज हङकङद्धारा देउसी तथा भेटघाट कार्यक्रम–२०१९ सम्पन्न गर्यो । जोर्डनस्थित बगैचा रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा आयोजित छोटो औपचारिक कार्यक्रमको उद्धघाटनसंगै कार्यक्रमका सभापति एवं समाजका उपाध्यक्ष राम सुनुवार, प्रमुख अतिथि किरात राई यायोक्खा हङकङका अध्यक्ष हरिचन्द्र राई तथा विशेष अतिथि किरात याक्खा छुम्मा हङकङका अध्यक्ष पूर्ण प्रसाद देवान, स...
भारतीय प्रधानमन्त्री मोदीलाई डा. गोविन्द केसीको खुलापत्र……..
काठमाडौं- चिकित्सा शिक्षाको सुधारको माग गर्दै सत्याग्रह गर्दै आइरहेका डा. गोविन्द केसीले अनशन स्थगित सँगै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुला पत्र लेखेका छन्। नौ दिनदेखि अनशनमा बसेका डा. केसीले मंगलबार अपरान्ह साढे ४ बजे आफ्नो अनशन स्थगित गर्दै पत्र लेखेका हुन्। डडेल्धुरा अस्पतालमा नौ दिनदेखि अनशन बसेका केसीले केहि दिन अघि भारतले सार्वजनिक गरेको नक्सामा नेपालको भूभाग आफ्नो भन्दै दाबी गरेपछि...
गोठालोको भरमा नेपाली भूमिको सुरक्षा………..
पाँचथर - चर्चित पर्यटकीय गन्तव्य सन्दकपुरमा भ्यु प्वाइन्ट, सडकको स्तरोन्नतिलगायत काम गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध ग-यो। इलाममा पर्ने दृश्यावलोकन गर्ने मुख्य ठाउँमा भारतीय सुरक्षा बलले अवरोध गरेको थियो। त्यतिमात्र होइन सीमाक्षेत्र वरपर नेपाली क्षेत्रमा गरिने निर्माणको काममा पनि एसएसबीले अवरोध गरिरहेको छ। सीमाक्षेत्रमा पर्ने इलाम र पाँचथरका विभिन्न ठाउँमा निर्माण सामग्री ल्याउन ...
डा.केसी ६ दिनदेखि आमरण अनशनमा ………..
डडेल्धुरा– ६ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीलाई डडेल्धुरा अस्पतालमा सारिएको छ। केसीको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बेलुकी उनलाई सत्याग्रह थालेको कोठाबाट अस्पतालमा सारिएको हो। सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल र जिल्ला प्रशासनको रोहबरमा डाक्टर केसीलाई अस्पताल भर्ना गरिएको छ। डा केसीले अस्पतालबाटै अनशन जारी राख्ने उनका भाई किशोर केसीले बताए। सात बुँदे माग राखी डा. केसीले कात्त...
हङकङका चार किरातहरु बीच धनुवाण प्रतियोगिता हुंदै
७ नोभेम्बर, हङकङ– हङकङका चार किरातहरुः राई, लिम्बु, याक्खा र सुनुवार बीच किरातहरुको पौराणिक हतियार धनुवाण (आर्चरी) प्रतियोगिता हुने भएको छ । १७ नोभेम्बर २०१९ आइतबारका दिन लाइन रक आर्चरी क्लब हङकङमा हुन गइरहेको ‘प्रथम यलम्बर धनुवाण प्रतियोगिता २०१९’ मा दुई दर्जन बढि किराती पुरुष र महिला खेलाडीहरुले प्रतिस्पर्धा गर्ने धनुवाण प्रतियोगिताका सह–संयोजक अभिव याक्खाले बताए । समय संगै ओझेलमा पर्दै गएको...
बिचाैलियासँग धान किन्छ खाद्य संस्थान……….
काठमाडौं – नेपाल खाद्य संस्थानले किसानसँग सोझै धान खरिद नगरी दलालबाट महँगो मूल्यमा खरिद गर्ने गरेको खुलेको छ। धान खरिदमा दलाल र खाद्य संस्थानका कर्मचारीबीच मिलेमतो हुने गरेको राष्ट्रिय सतर्कता केन्द्रको विस्तृत अध्ययनले देखाएको छ। दलाललाई धान किन्ने अवसर दिन संस्थानले करिब ४ महिना समय नै दिने गरेको प्रतिवेदनमा उल्लेख छ। किसानलाई धानको उचित मूल्य प्राप्त होस् भन्ने उद्देश्यले आर्थिक वर्ष २०७५/७...
याक्खा छुम्मा हङकङको देउसीभैलोमा डोकनी लाक
३ नोभेम्बर, हङकङ– बलिहाङ तङनामको अवसरमा किरात याक्खा छुम्मा हङकङद्धारा डोकेनी लाक (डोकनी नाँच) सहित “देउसी भैलो तथा शुभकामना आदनप्रदान कार्यक्रम–२०१९” सम्पन्न गर्यो । स्थापनाकाल देखि नै याक्खा छुम्माले वार्षिक कार्यक्रमको रुपमा मनाउँदै आएको देउसीभैलो कार्यक्रममा किरात याक्खा जातीहरुले परापूर्वकालदेखि साङदाङराङमा अर्थात धनको देवीका रुपमा डोको भित्र महिला पसेर नाच्दै आइरहेको लोपोन्मुख डोकेनी लाक अर...
आलमलाई बयानको लागि अदालत लगियाे……….
राैतहट – अफताव आलमलाइ बयानको लागि अदालत लगिएकाे छ । आलममाथि प्रहरीले ३ वटा अभियोग लगाएर प्रहरीले ८ सय १८ पेजको प्रतिवेदनसहित जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरेका फायल साेमबार ४० पेजको अभियोग पत्रसहित आलमविरुद्ध मुद्दा दर्ता गरिएकाे छ। आलमविरुद्ध कर्तव्य ज्यान, ज्यान मर्ने उधोग र बम बिस्फोट गरी ३ मुद्दा चलाउने गरी अदालमा दायर भएको अभियोग पत्रमा उल्लेख छ। आज बिहानै गोला प्रथा द्वारा इजलाश नम्बर ४...
सातै प्रदेशका प्रमुखद्वारा शपथ ग्रहण………
काठमाडौं – सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान एक समारोहबीच सातै प्रदेश प्रमुखहरूलाई शपथ ग्रहण गराएकी हुन् । मन्त्रिपरिषद्को आइतबारको बैठकले सातै प्रदेश प्रमुखलाई बर्खास्त गरेको थियो । कांग्रेस सरकारका पालामा नियुक्त प्रदेश प्रमुख हटाएपछि सत्तारूढ दलको सिफारिसमा सोमबार प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’...
तुम्याहाङहरुबाट कमल तिगेलाको पिएच.डि. उपाधि अनुमोदन
१६ कार्तिक, काठमाडौ । त्रिभुवन विश्व विद्यालयबाट भखर्रै पिएच.डि. उपाधि प्राप्त गरेका छथर निवासी कमल प्रसाद तिगेलाले दश लिम्वुवान सत्र थुमको परम्परा अनुसार लिम्वु तुम्याहाङहरुबाट विधिवत रुपमा चौठोमा रक्सी (पुङ) राखी उपाधिलाई चुम्लुङहिम ललितपुरमा अनुमोदन गराए । लिम्वु समुदायमा तुम्याहाङ सर्वोच्च निकाय भएको र कुनै पनि उच्च निकायले उपाधि, विभुषण दिए पनि तुम्याहाङहरुले स्वीकार नगरेसम्म समुदायमा मान...
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका विद्यार्थी अन्दोलित ……….
भैरहवा– भैरहवामा अवस्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका विद्यार्थी अन्दोलित बनेका छन्। कलेजले अवैधानिक रूपमा लिएको पैसा फिर्ताको माग गर्दै बिहीबारदेखि अध्यननरत विद्यार्थीहरुले कलेजको मुख्य प्रवेशद्वारमा धर्ना बसी आन्दोलन गरेका हुन। सरकारले एक महिनाअघि त्रिभुवन विश्वविद्यालयले तोकेभन्दा बढी पैसा लिएको भए फिर्ता दिन निर्देशन गरे पनि, रकम फिर्ता गर्न मेडिकल कलेजले आनाकानी गरिरहेकोले आन्दोलन गरेक...
















