१७ हजार हेक्टर धानबालीमा क्षति……….

नेपालगन्ज – करिब दुई सातादेखि सुरु भएको फौजी किराको प्रकोपले बाँकेमा १७ हजार हेक्टर धानबालीमा क्षति पुगेको छ। कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार जिल्लामा कुल ३६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा झण्डै ४७ प्रतिशत बालीमा फौजी किराले क्षति पु-याएको हो। गत असोज दोस्रो साताबाट देखा परेको फौजी किराको प्रकोप झन् बढ्दै गएको केन्द्र प्रमुख सागर ढकालले बताए। ‘फौजी किरा नियन्त्रणका लागि सब...

ओली–दाहाल विवादमा नेपाल मौन………

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी(नेकपा)भित्र दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सत्ता हस्तान्तरण वा पार्टीमा कार्यकारी अध्यक्षको विवाद भइरहँदा अर्का नेता माधवकुमार नेपाल भने मौन बसेका छन्। पार्टी एकताको बेला भएका समझदारी कार्यान्वयन हुनेमा शंका व्यक्त गर्दै पार्टीका अध्यक्ष दाहालले पार्टीका नेतासँग गुनासो गर्दा नेपाल भने मौन बसेका हुन्। उनले पार्टीका पछिल्ला गतिविधि र ओली दाहालबीच दे...

आलम छुट्ने डरले पीडित आतंकित………..

रौतहट - राजपुर बमकाण्डका पीडितहरू अहिले त्रासद जीवन बाँच्न बाध्य छन्। सो बमकाण्डका मुख्य आरोपित सांसद महम्मद आफताब आलम असोज २६ गते पक्राउ परेसँगै विभिन्नखाले धम्कीहरू आउन थालेको भन्दै पीडितहरूमा डरको स्थिति पैदा भएको हो। आलम थुनामुक्त भए आफूहरूलाई फेरि दुःख दिने डरले घटनाका पीडित, प्रहरीलाई बयान दिने र तिनका आफन्तहरू थर्कमान भएका हुन्। बमकाण्डमा मारिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंहका दाजु सत्ये...

फुलेन्देको बाउको ‘घरजम’ दमकमा प्रदर्शन

३ कार्तिक, दमक झापा । लिम्वु भाषाको चर्चित निर्देशक तथा कलाकार मौसम इम्वुङद्वारा निर्देशित नेपाली कथानक चलचित्र घरजम दमकको पाथिभरा हलमा भव्य प्रदर्शन भएको छ । पछिल्लो समयमा फुलेन्देको बाउको चरित्रमार्फत नेपाली दर्शक स्रोताहरुमाझँ ढुकढुकी बन्नु भएका फुलेन्देको बाउले उहाँको निर्देशन कलालाई तिखार्दै नेपाली कथानक चलचित्रको निर्देशन गरेका हुन् । लामो समय हङकङमा वसेर पनि नेपाली कला, संस्कृतिलाई अगाघ...

प्रदेश सरकारकै लगानीमा हेटौँडा–काठमाडौँ सुरुङमार्ग…….

हेटौंडा– बहुचर्चित हेटौँडा–काठमाडौँ सुरुङमार्ग प्रदेश नं ३ सरकार आफैँले निर्माण गर्ने भएको छ। प्रदेश सरकारले हेटौँडा काठमाडौँलाई सुरुङमार्गमार्फत जोड्ने तयारीलाई तीव्र पारेको छ। सुरुङमार्गलाई प्रदेश सरकारले आफ्नो पहिलो नीति तथा कार्यक्रममा नै गौैरवको आयोजनाको रुपमा अगाडि सारेको भए पनि निजी कम्पनीको केन्द्र सरकारसँगको सम्झौता अवधि बाँकी नै रहेका कारण पहिलो वर्ष प्रदेशले उक्त मार्ग निर्माण गर्ने आधा...

पार्टीका अर्का अध्यक्ष ओलीबाट ‘धोका’……….

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट ‘धोका’ भएको गुनासो सचिवालय सदस्यहरूसँग गर्न थालेका छन्। पार्टी एकताका बेला आलोपालो प्रधानमन्त्री बन्ने समझदरी भए पनि ओलीका गतिविधिबाट त्यो पालना नहुने महसुस दाहालले गरेका छन्। दाहालले केही दिनअघि सचिवालय सदस्य ईश्वर पोखरेललाई उनकै घरमा भेटेर एकताका बेला भएको समझदारी कार्यान्वयन हुन नसकेको गुनासो ...

आफताब जेल नगएसम्म छोराको किरिया गर्दिनँ………….

रौतहट - रौतहटको राजपुरमा १२ वर्षअघि भएको बम काण्डमा मारिएका छोराको श्रीनारायण सिंहले अहिलेसम्म काजकिरिया गरेका छैनन्। अब पनि न्याय नपाएसम्म काजकिरिया नगर्ने उनको अडान छ। राजपुर बम काण्डमा उनका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंह मारिएका थिए। ‘छोराको मृत्यु भएको थाहा छ तर कानुनले अहिलेसम्म लास देखाएको छैन। कसरी काजकिरिया गर्ने’ आँखाभरि आँसु पार्दै श्रीनारायणले भने, ‘छोरो मरेको हो भने न्याय पाउनुप-...

निसानामा गरिब र बेरोजगार युवा……….

बर्दिया - राजापुर नगरपालिका–५ का लक्ष्मण थारुले एक वर्षअघि स्थानीय एक सहकारीबाट ब्रोइलर कुखुरा पालन गर्ने भनी एक लाख ऋण लिए। त्यही पैसाले केही कुखुरा किनेर व्यवसाय पनि थाले। त्यत्तिकैमा भारतीय नेटवर्किङ बिजनेस कम्पनी ओरियन्सको एजेन्ट भएर काम गरेमा छोटो समयमै लाखौ रुपैयाँ कमाउन सकिने सपना उनलाई देखाइयो। उनी ओरियन्सको सदस्य बन्न ९६ हजार रुपैयाँ बोकेर भारतको लखिमपुर हानिए। कुखुरा पाल्न सहकारीबाट लिएक...

विपन्नलाई प्रलोभनमा पारेर मिर्गौला प्रत्यारोपण……..

काठमाडौं - रामेछापका कञ्चन लामा (नाम परिवर्तन) को परिवार आर्थिक रुपमा निकै विपन्न छ। गाउँमा उत्पादित वस्तुले परिवारको छाक टर्दैन। कमजोर आर्थिक अवस्थाले बिहानबेलुकी हातमुख जोर्न मुस्किल पर्छ। असोज १६ गते त्यही विपन्न परिवारको घरमा एउटा टोली छि-यो। त्यसमा छिमेकी शंकरलाल लामासहित ६ जना थिए। उमेश लामा (नाम परिवर्तन) को मिर्गौलाले काम गर्न छाडेपछि उनीहरु मिर्गौला खोज्दै विपन्न लामाको घर पुगेका थिए। कुर...

खै कहाँ छ द्रुत विकास ?……….

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आँखा खोलेर हेरेमात्र सरकारले गरेको विकास देखिने दाबी गरे पनि वास्तविकता त्यस्तो छैन। मुलुकका निर्माणाधीन विकास आयोजना पुरानै लयमा अघि बढिरहेका छन्। दुईतिहाइको बलियो सरकार गठन भएपछि सर्वसाधारणको जस्तो आशा थियो, त्यसअनुसार सरकारले द्रुत गतिमा काम गर्न सकेको छैन। पहिलेदेखि नै निर्माणाधीन आयोजनाको गति ओली सरकारका पालामा झनै घटेको छ। विगत तीन वर्षको तुलनामा यो ...

कानुन बनाउने नै कठघरामा………

काठमाडौं - प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरासहित पाँचजना सांसद पक्राउ गरेका छन्। महरासहित पाँच सांसदमाथि विभिन्न आरोपसँगै प्रहरीले नियन्त्रण गरेसँगै निलम्बित हुने सांसदको संख्या पाँच पुगेको हो। २ सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा एक सांसदको निधन र पाँचजना निलम्बनमा परेपछि सदस्य संख्या २ सय ६९ मा सीमित भएको छ। सांसदसमेत रहेका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटन...

तालिम केन्द्रभित्रै प्रशिक्षार्थी महिला प्रहरी बलात्कृत……….

नेपालगन्ज– जनतालाई शान्ति, सुरक्षा प्रदान गर्न प्रहरी संगठनमा भर्ना हुन आएकी एक महिला प्रहरी प्रशिक्षार्थी तालिम केन्द्रभित्रै बलात्कृत भएकी छन्। कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा प्रहरी जवान पदको तालिम लिईरहेकी महिला प्रशिक्षार्थी बलात्कृत भएकी हुन्। सोही तालिम केन्द्रमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) बमबहादुर रानाले तीन दिनअघि ब्यारेकभित्रै बलात्कार गरेको पीडितले बताएकी छन्। प्र...