काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यउपचारका क्रममा दुई दिनमा दुईपटक हेमोडायलासिस गरिएको छ। काठमाडौंको ग्रान्डी अस्पतालमा बुधबार भर्ना भएका प्रधानमन्त्री ओलीको सोही दिन डायलासिस गरिएको थियो। त्यो प्रभावकारी नभएपछि बिहीबार पुनः डायलासिस गरिएको छ। उनी बिहीबारै अस्पतालबाट डिस्चार्ज भएका छन्। उपचारमा संलग्न ग्रान्डीका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र ओलीकी निजी चिकित्सक डा. दिव्या स...
समाचार
सूर्य उपासनाको पर्व छठ सुरु………
लहान – ब्रतालुहरूले बिहीबार बिहान घर, नदी, खोला, इनार, नहर वा पोखरीमा स्नानपछि अरुवा चामलको भात, रहरको दाल र तरकारी (बर्जितबाहेक) समाविष्ट शुद्ध शाकाहारी भोजन ग्रहण गरी छठ सुरु गरेका छन्। पहिलो दिनको सो कार्यलाई ‘नहाय खाय’ विधि भनिन्छ। सो विधिपछि उनीहरू दोस्रो दिन शुक्रबार साँझसम्म उपवास बस्छन्। घरका ज्येष्ठ, स्वस्थ र सक्रिय महिला सदस्यले कठिन उपवाससहित चार दिन यो पर्व मनाउँछन्। यो पर्वमा परिवारका...
प्रहरीको गोली लागेर एक युवाको मृत्यु……….
कपिलवस्तु – कपिलवस्तुमा गोली लागेर एक जनाको मृत्यु भएको छ। कृष्णनगरमा प्रहरीको गोली लागेर सुरजकुमार पाण्डेको मृत्यु भएको हो। हिन्दू र मुस्लिम समूदायबीच भएको झडपले सो स्थान तनावग्रस्त बनेको छ। झडपलाई नियन्त्रणमा लिन गोली चलाउँदा हिन्दू समुदायका युवा पाण्डेको मृत्यु भएको स्थानीयले बताएका छन् । लक्ष्मी पूजा गरेपछि मूर्ति विसर्जन गर्ने क्रममा हिन्दू र मुस्लिम समुदायबीच बुधबार राति नै तनावको स्थिति सिर...
निवर्तमान सभामुखलाई अदालतमा पेस……..
काठमाडौं – बलात्कार प्रयास आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौँमा पेस गरिदैँछ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले महरालाई काठमाडौं जिल्ला अदालतमा पेस गर्ने बताए । उनका अनुसार निवर्तमान सभामुख महराको बिहीबार थुनछेक बहस सुरु हुँदैछ । कानूनका जानकारका अनुसार थुनछेक बहसपछि सम्भवतः बिहीबारै धरौटी वा तारेखमा छुट्ने वा पुर्पक्षको लागि थुनाम...
९० औं साहित्य श्रृंखला महाकवि लक्ष्मी प्रसाद देवकोटा विशेष
२७ अक्टुबर, हङकङ– महाकवि लक्ष्मी प्रसाद देवकोटाको १११ औं जन्मजयन्तीको अवसरमा देवकोटा तथा तिहार विशेष सृजना वाचन तथा देउसी भैलो खेल्दै ९० औं हङकङ साहित्यिक साझा श्रृंखला जोर्डन स्थित नयाँपेजको कार्यालयमा सम्पन्न भयो । साहित्य श्रृंखलाका संयोजक सुनिता गिरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको पहिलो चरणमा महाकवि लक्ष्मी प्रसाद देवकोटाको फोटोमा फूलमाला चढाइएको थियो । कार्यक्रम संचालक समेत रहेका श्र...
प्रधानमन्त्री ओली आईसीयूमा……..
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली सघन उपचार कक्ष (आईसीयू)मा भर्ना भएका छन्। ओली नियमित चेकजाँचका लागि आज विहान धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल पुगेका थिए। चेकजाँच पश्चात चिकित्सकले ओलीलाई आईसीयूमा भर्ना गरेको बालुवाटार स्रोतले जनाएको छ। ओलीलाई टाउको दुख्ने र ज्वरो आउने समस्या देखिएको छ। ओलीको उपचारमा निजी चिकित्सक दिव्या सिंह शाहको टिम खटिएको छ। यद्यपि प्रधानमन्त्रीका प्रेस सल्लाहकार ...
हाम्रा व्यथा कसले सुन्ने ………
सुर्खेत – पूर्वी सुर्खेत धारापानीका कृपासिंह घर्ती अहिले ३१ वर्षका भए। उनी १३ वर्षको छँदा बुवा पुष्करलाई तत्कालीन विद्रोही नेकपा माओवादीले अपहरण ग-यो। त्यसयता उनको अत्तोपत्तो छैन्। कमाउने घरमुली माओवादी अपहरणमा परेपछि कृपासिंहका दुःखका दिन सुरु भए। ‘सानै उमेरमा पारिवारिक जिम्मेवारी आइलाग्यो, पढ्न पाइएन्,’ उनले भने, ‘त्योभन्दा ठूलो पीडा बुवाको सास वा लास नदेख्दा भइरहेको छ।’ २०५८ जेठ २८ गते मालारानी...
कम्युनिष्टलाई कसैले ढाल्नु पर्दैन आफै ढल्छन्…….
विराटनगर- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरूलाई कसैलै ढाल्नु नपर्ने (आफै ढल्ने) बताएका छन्। शुक्रबार नेकपा मोरङले विराटनगरमा आयोजना गरेको शुभकामना आदन–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीका सदस्यहरू अनुशासनमा नबसे विपक्षीहरूले ढाल्नै नपर्ने आफै ढल्ने बताएका हुन्। उनले सोभियत संघको उदाहरण दिँदै विश्वका ठूला देशमा कम्युन...
सीको रुटमा मात्रैै सडक टालटुल, अन्यत्र खाल्डैखाल्डा……..
काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमण आउने भएपछि सरकारले रातारात सडक कालोपत्रे ग¥यो। रंगरोगन गरेर काठमाडौं सिंगारियो। सडक विभागले भने विदेशी पाहुना आउँदा मात्रै सडक स्तरोन्नति गर्ने नभइ दैनिक टालटुल गर्ने बताएको थियो। तर, राष्ट्रपति सी हिँड्ने रुटमा मात्रै रातारात कालोपत्रे भयो, अन्त भएन। सी जाने रुटको तीनकुने, बानेश्वर, सुन्धारा, जमल, त्रिपुरेश्वर, सोल्टी होटललगायत सडकखण्डमा कालोपत्...
सर्वोच्चले उल्ट्यायो पुनरावेदनको फैसला………..
काठमाडौं – सर्वोच्च अदालतले पूजा बोहोरा सामूहिक बलात्कारमा परेको ठहर गर्दै दुईजनालाई दोषी प्रमाणित गरेको छ। यसअघि तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्ट्याउँदै उच्च अदालत न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुयालको संयुक्त इजलासले बिहीबार जबर्जस्ती करणी मुद्दामा बैतडीका सागर भट्ट र अम्मरराज अवस्थीलाई दोषी ठहर गरेको हो। सजाय निर्धारणका लागि दुवै दोषीलाई पेस गर्न पनि इजलासले आदेश द...
नेता हेलीमा सरर, जनता सडकमा आजित……….
दोलख - राजधानी काठमाडौंबाट एक सय ३२ किलोमिटरको दूरीमा रहेको सुन्दर पर्यटकीय जिल्ला दोलखामा केही वर्षअघिसम्म दैनिक सयौंले आउजाउ गर्थे। नेपाली पर्यटकको प्रमुख गन्तव्य बन्दै गइरहेको यो जिल्लामा आउने पर्यटकहरू पछिल्ला दिनमा घटेका छन्। यसको प्रमुख कारण हो, जिल्ला भित्रिने मुख्य मार्ग खाडीचौर–चरिकोट सडकको दुर्दशा। ठेकेदारको ढिलासुस्ती र लापरबाहीले अस्तव्यस्त बनेको सिन्धुपाल्चोकको खाडीचौर बजारदेखि दोलखाक...
मन्त्रीको स्वार्थमा काम नगर्दा उपसचिवको सरुवा……..
काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नियमविपरीत एक उपसचिवलाई काजमा तानेको छ । मन्त्री रघुवीर महासेठ र उनको सचिवालयको स्वार्थमा काम नगरेको भन्दै सडक विभागका कानुन उपसचिव शम्भुराज रेग्मीलाई मन्त्रालय तानिएको हो । मन्त्रालय स्रोतका अनुसार सचिव रेग्मीले मन्त्री तथा उनका सहयोगीले व्यक्तिगत लाभ हुनेगरी दिएको निर्देशन कार्यान्वयन गर्न अस्वीकार गरेका थिए । त्यस्तै, आगामी खरिद कारबाही मूल्यां...
















