तरकारीको भाउ छुनै नसकिने………

काठमाडौं- यतिबेला बजारमा हरियो तरकारीको मूल्य ह्वात्तै बढेको छ। विगतको भन्दा ६० रुपैयाँको दरले तरकारीको मूल्य बढिरहेको छ। औसत भन्दा खुद्राको भाउ झनै बढेको छ। कालिमाटी तरकारी बजारमा पसेको बाढी, भारतीय तरकारी आउन कमी, विषादी चेकजाँच जस्ता विषयले तरकारीको बजार भाउ उकासिएको हो। बजारमा अहिले गोलभेडा, भिण्डी, तितेकरेला, परवर, काक्रो, घिरौला, भटमासकोशा, कागती, रायोको साग, अदुवा, चम्सुरको साग, न्यूरो लगाए...

याे काम हाम्रो सरकारले गर्नुपर्ने होइन??…………

राैतहट - राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सांसद राजेन्द्र महतोले मधेसलाई प्राकृतिक विपदबाट जोगाउन चुरेको दोहन पूर्णरूपले बन्द गर्नुपर्ने बताएका छन्। प्रदेश २ को बाढी प्रभावित जिल्लाको निरीक्षणपछि रौतहटमा आयोजित छलफल कार्यक्रममा संसद महतोले चुरे दोहनकै कारण बर्सेनि मधेस बाढीको चपेटामा पर्दै आएको बताए। उनले भने, ‘चुरे विनाश गर्ने अमानवीय क्रियाकलाप तुरून्त बन्द हुनु जरूरी छ।’ ...

विप्लव समूहका पोलिटब्युरो सदस्य पक्राउ……….

काठमाडौं - प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले अधिकतम २० लाख रुपैयाँसम्म चन्दा असुल गर्न तयार पारेको गोप्य दस्तावेज प्रहरीले बरामद गरेको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको सो समूहले राष्ट्रिय गौरवका आयोजना, ठूला, मझौला तथा साना उद्योग, चल्तीका शैक्षिक संस्था, विकास निर्माणसम्बन्धी अन्य आयोजनालगायतबाट चन्दा असुल गर्न तयार पारेको गोप्य सूची प्रहरीले बरामद गरेको हो । सो समूहका प...

छोरीमाथिको बलात्कारमा आमाकै सहयोग…………

धनुषा - धनुषाकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ। भंगहा नागरपालिकी एक आमाले आफैंले जन्म दिएकी १२ वर्षीया बालिका छोरीमा बलात्कार गर्न स्थानीय ४० वर्षीय सीताराम महतोलाई साथ दिएको घटना बाहिरिएसँगै सबैको होस उडेको छ। रोजगारीको प्रलोभन देखाई आफ्नै आमाले जनकपुर लाने भनी भारतको दिल्ली पु¥याएर आफूले समेत अनैतिक सम्बन्ध राख्दै आएका सीतारामसँग यौन...

नेकपामा स्कुल विभागमा अझै विवाद………..

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जका टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकले ७७ जिल्ला इन्चार्ज र सहइन्चार्जका साथै छ महानगरपालिकाका इन्चार्जको टुंगो लगाएको हो। पार्टी एकीकरण भएको एक वर्षपछि टुंगो लागेको जिल्ला इन्चार्जमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष हावी देखिएको छ। तत्कालीन एमालेको भागमा परेका ५० इन्चार्जमध्ये ...

नेकपामा को को भए जिल्ला इन्चार्ज ? ………

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले ७७ जिल्ला र ६ महानगरको इन्चार्ज र सह इन्चार्जको टुंगो लगाएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठकले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको सहमति अनुसार ७७ वटै जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता पाएका ६ वटा महानगरपालिकाको पार्टी इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको हो। सबै जिल्ला र महानगरपालिकाको पार्टी ...

नेकपाको स्कूल विभागमा रस्साकस्सी……….

काठमाडौं– सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्दैछ। आज दिउँसो बस्ने सचिवालय बैठकले एकता प्रक्रियाको बाँकी काम टुंग्याउने बताइएको छ। आजको बैठकले इञ्चार्ज र सहइञ्चार्ज, विभागलगायत टुंगो लगाउन सक्ने बताइएको छ। सचिवालय बैठक बस्नुअघि नेकपाको स्कूल विभागमा पूर्वएमाले र पूर्वमाओवादीको रस्साकस्सी परेको छ। जसमा पूर्वमाआवादीबाट प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र पूर्वएमालेबाट रक्षामन्त्रीस...

विकटताको नाममा मनपरी………

डोल्पा - काठमाडौं बौद्धबाट से–फोक्सुन्डो ताल भ्रमणमा निस्किएको थियो देवेन्द्र बस्नेतसहित १३ जनाको टोली। रिजर्भ गरेको टिकटबाट उड्न नपाएपछि बस्नेतसहितको टोलीले नेपालगन्जबाट डोल्पासम्म गाडीको यात्रा गर्ने निर्णय ग¥यो। दुई दिनको गाडी यात्रा गर्दै टोली डोल्पा पुग्यो। डोल्पाको सुलिगारसम्म पुग्दा एउटा ठूलो युद्धबाट ज्यान जोगाएर आएको महसुस गरेको बताउँदै थिए उक्त टोलीका सदस्य सागर अधिकारी। गाडी चढेर डोल्पा...

जिल्लामा निलम्बनको जानकारी छैन……….

जनकपुर - महोत्तरीको लक्ष्मीनारायण मठमटिहानीका मानमहन्त जगन्नाथ दास वैष्णवलाई मठमन्दिरको जग्गा बिक्री गरेको आरोपमा गुठी संस्थानले निलम्बन गरे पनि त्यसको जानकारी जिल्लामा पठाएको छैन। उनलाई निलम्बन गरिएको औपचारिक जानकारी मठमन्दिरमा नदिनुले संस्थानको नेतृत्वमाथि प्रश्न उठेको छ। निलम्बन गरेको जानकारी नदिनुले संस्थान महन्तलाई कारबाही प्रक्रिया अघि बढ्न नदिई संरक्षण गर्ने प्रयासमा रहेको आशंका सर्वसाधारण्...

वीरगन्जमा हजारौं ट्रक सामान अड्कियो………..

वीरगंज–देशको प्रमुख नाका वीरगन्जमा याततायत तथा ढुवानी हड्तालका कारण हजारौं ट्रक माल समान रोकिएको छ। राजधानीसँगै देशको विभिन्न भागमा लैजानुपर्ने समान सुक्खा बन्दरगाह, आइसिपी र साबिक भन्सारमा अड्किएका हुन। त्यसैैगरी वीरगन्जका उद्योगहरुमा तयार भएका मालसमान पनि निकासी हुन नपाएको उद्योगीहरुले बताएका छन्। ढुवानी व्यवसाय सम्बद्ध संघ संघसंस्थाहरुले यो आन्दोलन घोषणा गरेका होइनन्, ढुवानी व्यवसायीहरु स्वतः स...

असुरक्षा भए सैनिक मुख्यालयमा डेरा सार…………

काठमाडौं – नेकपा (क्रान्तिकारी–माओवादी) का नेता एवं देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई सैनिक मुख्यालमा बस्न सुझाव दिएका छन्। काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा गजुरेलले भने, ‘बालुवाटारको हेडक्वार्टर सुरक्षित नभए प्रधानमन्त्री ओली भद्रकालीस्थित सेनाको हेडक्वार्टरमा गएर बसे हुन्छ तर राजनीतिक पार्टीमाथि प्रतिबन्ध लगाउने काम गर...

ओली–गौतम सम्बन्ध नजिकिँदै…………

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पार्टी अध्यक्ष केपी शर्मा ओली र वामदेव गौतमको सम्बन्ध नजिकिन थालेको छ। गत पुुुसमा सम्पन्न स्थायी कमिटीको बैठकमा गौतमले फरक मत राखेपछि बिग्रेको सम्बन्ध बिस्तारै सुधार हुँदै आएको हो। गत असार २८ गते ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा गौतमको जन्मदिनसमेत मनाएका थिए। ‘फागुन २८ मा गौतमको जन्मदिन रहेछ, त्यसदिन प्रधानमन्त्रीज्यूले उहाँको जन्मदिन सँगै मनाउ...