काठमाडौं - नेपाल राष्ट्र बैंकले केही ढिलो गरी ल्याएको चालु आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको मर्जरलाई बाध्यकारी नबनाई इच्छुकलाई सहुलियतको व्यवस्था गरेको छ। यसअघि बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी बढाउने कार्यक्रम ल्याएका गभर्नर चिरञ्जीवी नेपालले अहिले बैंक तथा वित्तीय संस्थाको मर्जरलाई प्राथमिकता दिएको देखिन्छ। मौद्रिक नीतिले मर्जरमा जाने वित्तीय संस्थाका ला...
समाचार
सम्बोधन गर्ने बाहनामा आफ्नालाई रोजेको ठाउँ………
काठमाडौं - कर्मचारी समायोजन सम्पन्न भएको भन्दै समायोजन महाशाखा खारेज गरेको करिब ३ साता पछि गुनासो सम्बोधनको नाममा आफ्नालाई रोजेको ठाउँमा ल्याउन चलखेल सुरु भएको छ। सरकारका उच्च प्रशासक निकटलाई रोजेका निकायमा ल्याउन गुनासो सम्बोधनको नाममा चलखेल सुरु भएको हो। असार २० गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन महाशाखा विघटन गरी तत्कालिन महाशखाका प्रमुख केदार पनेरुलाई योजना शाखाको जिम्मेव...
दर्जनौं बस्ती जोखिममा………..
रौतहट - असार अन्तिम साता बाग्मती र लालबकैया नदीमा आएको बाढीले बगाएको तटबन्ध मर्मत नहुँदा रौतहटका दर्जनौं बस्तीका लाखौं नागरिक डरैडरमा बाँच्न बाँच्न बाध्य छन्। जिल्लाका दुई ठूला नदी बाग्मती र लालबकैयामा आएको बाढीले भत्काएको तटबन्ध अहिलेसम्म मर्मत नहुँदा सदरमुकाम गौरसहित करिब आधा दर्जन स्थानीय तहका दर्जनौं गाउँ बाढीको जोखिममा छन्। गत असार २७ गते बाग्मती र लालबकैया नदीमा आएको बाढी विभिन्न ११ स्थानमा ...
श्रेष्ठले किन दाबी गरे स्कूल विभाग………..
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेका बेला प्रमुख विभागको नेतृत्वमा विवाद उत्पन्न भएको छ। एक साताअघि नै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सचिवालय सदस्यलाई विभागीय प्रमुख टुंग्याउने क्रममा स्कुल विभाग विवादमा परेको हो। तत्कालीन एमाले र तत्कालीन माओवादीले विभाग बाँडफाँट गर्ने क्रममा विदेश विभागमा वरिष्ठ नेता माधवकुमार नेपाल, नीति अध्यय...
अठार सय ठेकेदारमाथि छानबिन…………
काठमाडौं - पेस्की लिएर पनि आयोजना निर्माण अघि नबढाउने एक हजार ८ सयभन्दा बढी कम्पनी÷ठेकेदारमाथि गृह मन्त्रालयले छानबिन थालेको छ। जलविद्युत्, सडक, पुललगायत आयोजना निर्माणबापत सरकारी निकायबाट ‘मोबिलाइजेसन पेस्की’ लिएर काम नगर्ने कम्पनी र ठेकेदारमाथि गृह मन्त्रालयले छानबिन थालेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगमा परेका उजुरीका आधारमा पेस्की लिएर काम नथाल्ने निर्माण कम्पनी र ठेकेदार पहि...
कूटनीतिक मर्यादा नाघेर ‘रअ’ प्रमुखसँग भेट……..
काठमाडौं - भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल काठमाडौं आई केही उच्च नेतालाई भेटेर फर्किएका छन्। करिब एक महिनाअघि उनले ‘रअ’ को नेतृत्व पाएका थिए। यो जिम्मेवारी पाएपछि पहिलोपटक आइतबार नेपाल आएका उनले सोदी दिन बेलुका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग काठमाडौंस्थित भारतीय दूतावासमा र सोमबार बिहान सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँ...
‘रअका’ प्रमुख ४० घण्टा काठमाडौंमा………..
काठमाडौं– भारतीय खुफिया एजेन्सी ‘रिसर्च एण्ड एनालाईसिस बिंग’ (रअ) का प्रमुख सामन्त गोयल शनिबार साँझ ३ दिने नेपाल भ्रमणका सिलसिलामा काठमाडौं आए। गत असार ११ गते आइपीएस अधिकारीबाट (रअ) को प्रमुखमा नियुक्त भएपछि गोयल ३ सदस्यीय टोलीको नेतृत्व गर्दै पहिलोपटक नेपाल आएका हुन्। उनको साथमा थिए, शशीभूषण सिंह तमोर (रअका उपप्रमुख तथा दक्षिण एसिया–चीन विशेषज्ञ), अरुण कुमार जैन (नेपालका लागि रअको पूर्वप्रमुख)। श...
के गर्दैछ पानीजहाज कार्यालय ?……….
काठमाडौं- नेपालमा पानीजहाजको चर्चा हुन थालेको पूर्वराजा ज्ञानेन्द्र शाह अधिराजकुमार भएकै समयदेखि हो। पछिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि समुन्द्र नै नभएको नेपालमा पानी जहाज कार्यालय पनि खुल्यो। पानीजहाजको सिधा सम्वन्ध देशको आर्थिक विकास र समृद्धिसँग जोडेर एकथरीले गर्छन् भने अर्काथरीले 'हावादारी' भन्ने गर्छन् । यसका आफ्नै बहस छन्। भूपरिवेष्ठित नेपाल समुन्द्रदेखि कौंसौ टाढा छ। तरपनि देशम...
पहिरो जाँदा ६ जनाको मृत्यु, पाँच बेपत्ता………..
गुल्मी-सोमबार साझँदेखि परेको अविरल वर्षाका कारण पहिरो जादाँ गुल्मीमा ६ जनाको मृत्यु भएको छ। यस्तै ५ जना हराईरहेका छन्। जिल्लाको सत्यवती गाउँपालिका ४ लिम्घाका स्थानीय छविकला विक,धन बहादुर विक र पम्फा विकको घर पहिरोले पुर्दा ४ जनाको शव देखिएको स्थानीय ठग प्रसाद ज्ञवालीले जानकारी दिए। राति घरमा सुतीरहेको अवस्था माथिबाट पहिरोले तीन घरहरु बगाएर करि ५० मिटर तल पर्याएको छ। पानी परिरहेकाले उद्वार ...
तटबन्धका नाममा अनियमितता………
सुर्खेत - कर्णाली प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयमातहतको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले लेकबेसी नगरपालिका–३ र ४ मा पर्ने कागते खोला तटबन्धका लागि टिपिओटी निर्माण सेवासँग जेठ २ गते सम्झौता ग¥यो। सम्झौताअनुसार असार मसान्तभित्र चार सय १३ जाली राखेर एक सय ७१ मिटर लम्बाइको तटबन्ध निर्माण गर्नुपर्ने थियो। निर्माण कम्पनीले खोलामा तीन सय ३९ वटामात्रै जाली भरेर २० लाख ६४ हजार एक सय चार र...
सरकारविरुद्ध सडकमा उत्रिनुपर्ने बेला आयो……….
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकारविरुद्ध सडकमा उत्रिनुपर्ने अवस्था आएको बताएका छन्। बिपी कोइराला स्मृति दिवसका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा सभापति देउवाले ओली नेतृत्वको लगातार तानाशाही बन्दै गएको दाबी गरे। देउवाले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानवअधिकार आयोगसम्बन्धी विधेयक हुँदै दूरसञ्चार ऐनसम्म आइपुग्दा सरकार अलोकतान्त्रिक र ताना...
मधेस डुबानको एउटै कारण ‘चुरे दोहन’………
सिरहा– ‘हेलिकप्टरबाट हेर्दा चुरे क्षेत्रको खोला सुख्खा छ। मधेसमा बाढी उफानमा छ। बाढी प्रभावित प्रदेश २ का जिल्लाहरुको हवाई अवलोकपछि बुधबार जनकपुरमा उप प्रधानमन्त्री उपेन्द्र यादवले प्राविधिक टोलीसमक्ष कौतुहलता व्यक्त गरे। ‘जलवायु परिवर्तनको प्रभावले छोटो समयमा अध्याधिक वर्षा हुनु र वर्षाको पानी छोटो समयमै बगेर चुरेबाट नदी हुँदै मधेस झर्नु’ यसको कारण हो कमलानदी नियन्त्रण आयोजना जनकपुरका प्रमुख मनोह...















